घर खर्च कटौती गरेर पत्रिका चलाइरहेका छौँ

गोपाल छाङछा
सम्पादक
छहरा साप्तहिक

यहाँको पत्रकारितामा प्रवेश कहिलेदेखि भयो ?
मैले समान्य कविता लेखनबाट पत्रकारिताको सुरुवात गरेको थिए । बेलाबेलामा लेख पनि लेख्ने गर्थे । छहरा साहित्यिक पत्रिकामार्फत २०३५ बाट पत्रकारिता गर्ने सुरु गरे । पहिले त रहरले पत्रकारिता गरियो २०३९ देखि भने साप्ताहिक पत्रिकामा व्यावसायिक रुपमा नै पत्रकारिता गरियो ।

तत्कालिन शाही नेपाल वायुसेवा निगममा नोकरी हुँदाहँुदै तपाइले त्यो नोकरी छाडेर किन पत्रकारितामा लाग्नुभयो ?
जागिर अरुको मातहतमा रहेर गर्नु पथ्र्याे तर पत्रकारितामा त्यस्तो थिएन । अरुको समयमा पत्रकारिताको दबदबा पनि थियो । त्यस्तैगरी साथीहरुको लहैलहैमा लागेर पनि पत्रकारितामा लागेको हो । साथीहरुले यस्तो जागिर के खाने ? भनेर भन्यो पत्रकार भएमा ठुला मानिस सँग हात मिलाउन पाइन्छ भन्नेजस्ता कुरा गर्थे । त्यो रहेनछ । त्यो समयमा बाहुन, क्षेत्री साथीहरु जागिर नापाएर पत्रकारितामा लागेका रहेछन । त्यो मलाई थाहै भएन उनीहरुले उचालेर म पनि यस्तो जागिर के खानु भनेर छाडिदिए कहिलेकाही जागिर नछाडेको भए हुने रहेछ जस्तो लाग्छ । राजीनामा दिएको बेला पनि जीएमले राजीनामा नदेऊ भनेको त थियो तर मानिन । यदि मैले त्यो जागिर नछाडेको भए अहिलेसम्म एउटा घर भने बस्थ्यो होला । तर अहिले जस्तो सुरुमा काठमाडौमा आउदा थिए अहिले पनि त्यहि अवस्थामा छु ।

तपाइ विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहन्छ । तपाईको अनुभव कस्तो छ , बताइदिनुस न ?
मैले व्यक्तिगत रुपमा समाजका लागि धेरै योगदान पु¥याएजस्तो लाग्छ । तर, समाजले नबुझनु अर्कै कुरा हो । त्यसबेलाको नम्बर एक संस्था शाही नेपाल वायुसेवा निगमकै सहायक अधिकृतको जागिर छाडेर यो क्षेत्रमा आएँ त्यसपछि म कुनै पनि राजनीतिक दलसँग र आबद्ध नभएर जातिय संघ संस्था, हाम्रो, भाषा, धर्म, संस्कार, संस्कृतिप्रति मात्र प्रतिबद्धता जाहेर गरेर अहिलेसम्म यहा आएको छु । धर्मनिरपेक्षता, जातिय सदभाव र समानुपातिक प्रतिनिधिको माग २०३५ देखि मैले उठाउदै आएको छु तर एमाओावदीले उठाएको भनेको २०५२ देखि मात्र हो त्यो कुरा समाजले बुझ्नुप¥यो नि त । मैले यतिको वर्षदेखि यो सवाललाई उठाँए पनि आज किन ओझेल छ त ? यो कुरा तपाईहरुले पनि उठाउनुप¥यो नि ।

भनेपछि तपाइ पत्रकारिता गरेकोमा सन्तुष्टि हुनुहुन्न ?
२०३५ देखि निरन्तर रुपमा पत्रकारिता नै गरिरहेको छु । पञ्चायतकालमा पत्रकारिता गर्दा सन्तुष्ट मिल्थ्यो । त्यो बेला भनेको र लेखेको कुराको प्रभाव तुरुन्तै पथ्र्याे कि त मुद्दा लाग्थ्यो कि त सम्झाइ बुझाइ गर्ने गथ्र्याे अहिले त जे गरे पनि केही प्रतिक्रिया नै आउदैन पञ्चायतको समयमा कोही कसैले भ्रष्टाचार ग¥यो भनेर समाचार छापियो भने त्यसमा कि त खण्डन गर्नुपथ्र्याे कि त त्यसमा मुद्दा चल्थ्यो । अहिले त जस्तो समाचार प्रकाशन गरे पनि केही प्रभाव नै नपर्ने अवस्था छ । २०४७ देखि यता त अदालतमा भएको मुद्दाको पनि सुनुवाइ पनि नहुने यस्तो भएको देख्दा के दिनमा पत्रकारिता क्षेत्रमा लागिएछ भन्ने लाग्छ । अहिले पछिल्लो चरणमा २०४७ देखि यता कालो धनलाई सेतोमा परिणाम गर्न मिडियामा सञ्चालन गरेको पनि देखिन्छ । यसो हुँदा हामीजस्ता साना पुँजीमा मिडिया चलाउनेलाई गाह्रो भएको छ ।

तपाइहरुले लेख्नुभएको सामाचार र विश्लेषणको कमजोरीका कारणले पनि त साप्ताहिक पत्रिकालाई नपत्याएको होला कि ? यसमा के भन्नुहुन्छ ?
भुकम्पपीडिको नाममा अर्बाेै भ्रष्टाचार भएको समाचार प्रकाशन हुँदा पनि कोही केही बोल्दैनन मैले आफुखुसी लेखेको समाचार होइन । महालेखा परीक्षकको कार्यलयले निकालेको प्रतिवेदनका आधारमा लेखिएको हो तर यहा त प्रधानमन्त्री पनि चुप, सबैजना चुप रहन्छन । यहा त जस्ले जे गर्दा पनि हुने र जसले जे लेख्दा पनि हुनेजस्तो देखिएको छ, पछिल्लो चरणमा ।

 यस्तो अवस्थामा पनि पत्रिकालाई कसरी टिकाइराख्नु भएको छ ?
श्रीमतीको सुन बेचेर, घर खर्च कटौती गरेर पनि यो पत्रिका चलाईराखेको छु । यदि म पत्रकारितामा नलागेको भए अहिलेसम्ममा काठमाडौमा एक दुइ घर बनाइसक्थे होला । तर अहिले त गुमाउने काममात्र भएको छ । अहिले आएर हाम्रो पत्रिका क वर्गमा परेको छ । र प्रेस काउन्सिलबाट २६ हजारजस्तो महिनामा आउँछ यसले गर्दा अहिले सजिलो नै भएको छ । पत्रिका चलाउन अन्य थप खर्चका लागि अलि अलि विज्ञापन आउने गर्छ यसैले धानेको छु । कहिलेकाही सथीहरुले पनि सहयोग गर्छन । तर समस्यामा चाहि छौ नि पत्रिका बजारमा भएन भने आफैलाई मोरल डाउन भए जत्तिकै लाग्छ । त्यसैले पनि अगाडि बढाइरहेको छु । म बाचुन्जेल यही पेसामा रहिरहन्छु ।
अहिले बजारको अवस्था पनि त्यस्तै छ । साप्ताहिक अखबारको प्रभावकारिता पनि खासै देखिदैन, यस्तो अवस्थामा पनि पत्रिका निरन्तर प्रकाशन गरिरहनुभएको छ । यसको रहस्यचाहि के हो?
मेरो उद्देश्य भनेको माओवादीले समानुपतिक, स्वशासन , आत्मनिर्णयको अधिकार, धर्मनिरपेक्षतालगायतका कुरा २०५२ मा उठाएको थियो । मैले अघि नै पनि भनिसके यो सवाल छहराले पैले नै उठाएको थियो । यी सवाल पुरा हुने अवस्थामा छ तर पु्र्ण रुपमा सम्बोधन हुन पनि सकेको छैन । धर्मनिरपेक्ष भएपनि राष्ट्रिय जनावरका रुपमा भने गाईलाई नै मानेको छ । यो पुर्णरुपमा धर्मनिरपेक्ष भएको भने होइन । समाबेशिताको कुरा पनि लिखित रुपमा मात्र आएको छ व्यहोरामा भने कुनै प्रकारको समावेशिता भएको देखिँदैन । यस्ता मुद्दा मेरो आफ्नो आत्मसन्तुष्टिका लागि छहराको हरेक अंकमा उठाइरहेको छु । तपाइले भन्नु भएजस्तो साप्ताहिक अखबारको प्रभावकारिता नै हुदै नभएको भन्ने पनि होइन । सोचे जस्तो नभएको होला तर हाम्रो यसखालको अभियानले समाज परिवर्तन र आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउने कुरामा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको छ । जस्तो लाग्छ जसले गर्दा नै विभिन्न समस्या भोग्दै भए पनि जसो तसो अखबारलाई टिकाइराखेकै छु ।

तपाइले पत्रकारिता गर्नुभएको चार दशक पुग्नै लागेको, यसको निरन्तरता चलिरहेको छ । आदिवासी जनजातिको मुद्दालाई सशक्त रुपमा किन अगाडि लैजानु सक्नु भएन ?
तपाई हाम्रो कमजोरी पनि हो । त्यस्तै गरी हाम्रा मानिस शिक्षित कमै छन । कतिपय अवस्थामा त खुट्टा तान्ने काम पनि हुने गर्छ । मैले पत्रिकामा जनजाति भनेका आची खाने सुँगुँर भनेर लेखेको थिएँ कुनै समयमा । त्यो समयमा धेरैले मलाई लेख्न नहुने कुरा लेख्यो घेरा हाल्न आइपुगे तर कतिपय साथीहरुले भने मैले भन्न खोजेको कुरा बुझेछन । मैले आफ जनजाति भएर आफैलाई गाली गरेको होइन । मैले त हामी आदिवासी जनजाति भएर एकरुपता हुनुपर्छ । भन्ने हो मैले त हामी जुन पार्टीमा भएपनि आफ्नो मुद्दामा एकरुपता भएर अगाडि बढ्न सक्नुपर्छ भन्न खोेजेको मात्र हो हामी पर्टीको झोले भएका छौ । यही कारणले हाम्रो मुद्दा सफल हुन नसकेको हो ।

तपाईएकजना आदिवासी जनजाति समुदायकाट यस क्षेत्रमा आउनुभएको व्यक्ति हुनुहुन्छ, आदिवासी जनजातिको सवाललाई मात्र उठाएर त व्यवसायिक पत्रकारिता गर्न नसकिने त तपाइबाट नै देखियो नि होइन ?
हामी आफु संगठित भएसम्म र सरकारले हाम्रो महत्व नबुझेसम्म हाम्रो व्यवसायिक पत्रकारिता अगाडि बढ्न सकिने अवस्था छैन । हामी संगठित भयौै भने के अहिले हामी कान्तिपुरलाई टप्न सक्दैनौ र ? हाम्रा नयाँ पुस्ता यति क्षमतावान छन त्यो हामीलाई थाहा छ तर हामीमा एकता छैन सरकारले पनि अहिलेसम्म हामीलाई दोस्रो दर्जाकै नागरिकका रुपमा व्यवहार गरिरहेको छ । जसले गर्दा हामीले चाहेर पनि व्यावसायिक हुन सकिरहेको छैनौ ।

पत्रकारिता गरेर धेरै कुरा गुमाउनुभएको कुरा तपाइले गर्नुभयो पत्रकारिता गरेर केही त उपलब्धी पनि पा्रप्त गर्नु भएको होला नि ?
ठाँउ ठाउँबाट सम्मान पाएको छु । यसले गर्दा पत्रकारिता गर्न हौसला पनि मिलेको छ त्यस्तै विभिन्न जातिय संघसंस्थाले पनि सम्मान गरिरहेको हुन्छ र भर्खरै बेलायतबाट पनि मलाइ सम्मान गरेको छ । भन्ने नै हो भने मैले नेपालबाट भए त्यो सम्मान पाउँदिनथे होला किन भने नेपालमा सम्मान पाउनका लागि कुनै न कुनै पार्टीमा लागेको हुनुपर्छ । विशुद्ध रुपमा जातिय संघ संस्थाले मात्र मलाई सम्मान गरेको छ । अहिले सम्म काठमाडौँमा विश्व आदिवासी दिवस मनाउनेक्रममा मैले सम्मान पाएको थिए त्यसपछि फाटपुट सम्मान पाउन थाले अहिले आएर पैसा कमाउन नसके पनि सम्मान त पाएको छु जस्तो लाग्छ । जे जस्तो भए पनि छहरालाई माया गरिदिनुभएको छ त्यसैमा खुसी छु ।

तपाइको कामले सम्मान गर्दै विभिन्न्न जातीय संघ संस्थाले सम्मान गरेको पाइन्छ तर पनि तपाई प्रत्यक्ष रुपमा आदिवासी जनजातिको आन्दोलन र संघ संस्थामा देखिनुहुन्न त ?
त्यसो त होइन मेरो मान्यता के हो भने जहाँ बसेर भए पनि आदिवासी जनजाति उत्थानका लागि जति सकिन्छ सहयोग तथा योगदान पु¥याउदै जाने मान्यताअुनसार यो पत्रिका मार्फत आफले जानेको र बुझेको जति सक्छु गर्दै आएको छु अर्काे कुरा हाम्रो संघ संस्थामा पनि राजनीति घुसिसकेको छ । घिनौला राजनितिसग त म दश हात पर छु उदाहरणको लागि नेपाल आदिवसी जनजाति महासंघ हेर्नुस त ? यो भन्दा अगाडि एमालेको क्यापचरमा रहेको थियो भने अहिले कांग्रसको छ । भोलि एमाओवादीको होला । त्यस्तो ठाउँमा किन जाने ? हामी जस्ताका कदर पनि हुदैन र महत्व पनि छैन त्यही भएर जागँर मरेर आउछ । तसर्थ जान्नु एकचोटि म किरात राइ यायोख्खाको स्थापनाकालमा केन्द्रीय सदस्य भएको थिए यसो हेरेको त्यही पनि राजनीतिकरण । म एक्लै मेरो कुनै कुरा सुनुवाइ नहुने त्यहाँ ।

यहाले जातीय संघ संस्थामा पनि राजनीतिकरण हुने गरेको प्रसंग उठाउनुभयो । यो त स्वभाविक होइन र ? के कुनै पनि व्यक्ति वा संस्था राजनीतिक आस्था, विचारबाट निरपेक्ष बस्न सक्छ र ?
होइन हाम्रो छाता संगठन भनेको त निरपेक्ष नै हुनपर्ने हो । त्यतिमात्र होइन त्यसमा कुनै एउटा जातिको मात्र नभए्र हरेक धर्म संस्कृतिको उत्थान, संरक्षण, जगेर्ना गर्ने गरी विशुद्ध त्यतातिर नै लाग्नुपर्ने हो । तर त्यहा पनि पार्टीको नेताले यसो गर है भनेपछि त्यसै गर्ने । अहिले यायोक्खामा पनि हेर्नुस कांग्रेस आएको छ । कांग्रेसको बाहेक त्यहा कसैको दाल गल्दैन । किन जुधिरहनु भनेर आफ्नो ठाउबाट जे सहयोग गर्न सकिन्छ त्यो गर्दै जाने भन्ने हो त्यही भएर म बाहिर त्यति खुलेर जान्न ।

 यहाँले जुन ढंगले पत्रिकामार्फत जुन सवाललाई उठाउदै आउनुभएको छ । त्यस किसिमले स्थापित हुन नसक्नुमा तपाई आफनो व्यक्तिगत र संस्थागत मार्केटिङ गर्न नसकेजस्तो लाग्छ । कि लाग्दैन?
त्यो त लाग्छ । मैले अघि नै पनि भने गोपाल छाङछालाई सहयोग गरौ भन्ने भन्दा पनि यो कसरी टिकिरहेको छ ? यसले फड्को पो मार्ने हो कि? भनेर खुट्टा तान्ने प्रवृत्ति छ । त्यतिमात्र होइन हाम्रै जनजातिको पत्रिका पसलमा पनि छहरा पढ्ने बहानामा झुन्डयाएर राखेको पत्रिकामाथि अरुले देख्छ भनेर अर्काे पत्रिकाले छोपिदिने पनि मैलै पाएँ त्यस्तै अर्काे कु्रा ५,६ वर्ष अगाडि माओवादी त्यसबेला सत्तामा थियो छहारालाई लेखेको कुरालाई साम्प्रादायिक विखण्डन ल्याउदैन , साम्प्रादायिक सदभाव कायम नै गर्छ भन्ने समाचारलाई तत्व थपेर पेन्डिङमा राखिदियो र ख मा भएको पत्रिकालाई ग मा झार्ने काम ग¥यो । हामीले उठाएको सवाललाई लिएर उसले राज्यसत्ता कब्जा गरेको छ । अनि म त्यही सवाललाई उठाउदै आएको मान्छेलाई आह्रालो झार्ने ? भनेर झगडा गरेपछि मात्र माथी नै राखे अहिले पनि त्यो प्रवृत्ति हाबी छ । धर्मनिरपेक्ष भनिन्छ तर गाइलाई राष्ट्रिय जनावर बनाउछ । संघीयता दिएको छ तर नाम खोई ? सिमाकंनको विवाद कायम नै छ । अरुले जेसुकै भनोस् यो चाहि बाहुनहरुको हथ्कन्डा नै हो

पछिल्लो चरणमा आदिवासी जनजाति समुदायबाट पनि पत्रकारितामा लाग्नेको संस्था वृद्धि भएको पाइन्छ । तर यहाको कुरा सुन्दा पत्रकारिताले अवस्था त्यति सकारात्मक पनि छैन । भविष्यचाहि कस्तो देख्नुहुन्छ ?
आज मुलुकको राजनितिक अवस्था जे छ योचाहि आजभन्दा १०,१५ वर्ष अगाडि आएको भए हामीले निर्क ठुलो फड्को मारिसक्ने थियौ तर पनि अब अहिले पनि हामी निकै अगाडी पनि बढिसकेको छौ त्यसैले यिनीहरुले केही गर्न सक्दैन । फोनिजको नै कुरा गर्ने हो भने पनि हामी अहिले देशव्यपी भइसकेकाछौ फोनिजमा अहिले म सक्रिय नभए पनि फोनिज स्थापनाको सुरुवातक्रममा छहराकै कार्यालयमा बसेर फोनिजको गठन भएको थियो जुन बेला म सल्लाहकार को रुपमा बसेको थिए । त्यो पनि भाइहरुले बिर्सिदिनुु भएन कति साथीहरुलाई म फोनिजमा छैन जस्तो लागेको होला तर अन्तरआत्मामा म फोनिजिमा छु आदिवासी जनजातिको सवालमा प्रतिबद्ध भएर लाग्न जरुरी छ तर कसैको झोले भएर हिडयौ भने हामी पनि काम लाग्दैनौ ।

अहिले नया संविधान जारी भएको छ । यो संविधानमाथि सहमति असहमति आफ्नो ठाउमा होला तर आदिवासी जनजातिलाइ अधिकार दिलाउनका लागि आदिवसी जनजाति पत्रकारको भुमिकाचाही कस्तो हुनुपर्ला ?
अवश्य पनि पत्रकार भनेको यो समाजको सबैभन्दा सचेत वर्ग हो । संविधानमा जुन विवादित विषय छन त्यसलाई केलाउनुपर्छ लेखेर हुन्छ कि सडकमा गएर हुन्छ धर्ना दिएर हुन्छ त्यो गर्नैपर्छ जस्तो धर्मनिरपेक्षताको सवाल पनि अधुरै छ, संघीयता पनि हामीले भनेजस्तो छैन आत्मनिर्भरको अधिकार र स्वयत्तत्ता त झन छदै छैन अर्काे कुरा २० ५२ देखि एमाओवादीले उठाउदै आएको सवाललाइ पनि उसले बिर्सदै गएको छ । अन्तरिम संविधान २०६३ ले आदिवासी जनजातिको सवाललाई जसरी सम्बोधन गरेको थियो त्यति पनि यो नयाँ संविधान छैन अहिले मधेसीले जुन किसिमले माग उठाएको छ । त्यो जायज छ तर आदिवासी जनजातिले पनि उठाएन सक्नुपथ्र्याे । मलाई त यस्तो पो लाग्न थालिसक्यो के आदिवासी जनजाति सबै बिकिसक्यो कि क्या हो ? यसबारे आदिवासी जनजाति पत्रकारले जनता र आदिवासी जनजाति अगुवालाई सचेत बनाउनुप¥यो ।
सभार: फोनिज राष्ट्रिय भेला , २०७३ बाट

Facebook Comments

सम्बन्धित

Leave a Comment