आन्दोलनरत मधेशी मोर्चाको मागप्रति तीन दल सकरात्मक मोर्चाका नेता महन्ठसँग आज वार्ता

राजनीति

असोज १४, काठमाडौ
संविधान घोषणाप्रति असन्तुष्ट मधेशी मोर्चाको मागप्रति तीन दलका नेताहरु सकरात्मक देखिएका छन् । विहिवार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको तीन दलको वैठकले आन्दोलनकारी दलहरुको मागको सम्वन्धमा गंभीर रुपमा छलफल गरी अगाडि बढ्ने निर्णय गरेको छ । Sequence 01.Still001
पटकपटक वार्तामा वोलाइए पनि नआए पछि सरकारमा रहेका दलहरु नेपाली कांग्रेस र नेकपा एमाले तथा एमाओवादीले मोर्चासँग गंभीर रुपमा वार्ता गर्ने सहमति जनाएको हो । मधेशी मोर्चा नाकावन्दीसहित आन्दोनमा उत्रिएपछि प्रमूख तीन दल उनीहरुको मागप्रति सकरात्मक देखिएका हुन् ।
विहानको छलफल पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मोर्चाको मागवारे छलफल भएको बताए ।
एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले मोर्चासँगको अनौपचारिक वार्ता र देशको आवश्यक्ताको आधारमा कसरी बढने भन्ने सम्वन्धमा गंभीर छलफल भएको बताएका थिए ।

Facebook Comments

One thought on “आन्दोलनरत मधेशी मोर्चाको मागप्रति तीन दल सकरात्मक मोर्चाका नेता महन्ठसँग आज वार्ता

  • संविधान घोषणाप्रति असन्तुष्ट मधेशी मोर्चाको मागप्रति तीन दलका नेताहरु सकरात्मक

Leave a Reply