भोजपुरमा बेपत्ता तथा सत्य निरुपणमा १ सय ३८ उजुरी

एविसि खबर
भोजपुर, ३२ जेठ । भोजपुरमा बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा १ सय ३८ वटा उजुरी परेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा १ सय २८ वटा उजुरी परेका छन् भने बेपत्ता छानबिन आयोगमा १० जनाको उजुरी परेको स्थानीय शान्ति समिति भोजपुरका सचिव टेकबहादुर श्रेष्ठले जानकारी दिए ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिने म्याद भने असार २ गतेसम्म रहेको छ । बेपत्ता छानबिन आयोगको म्याद भने असार मसान्तसम्म थप भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा मृत्यु, अङ्गभङ्ग, सम्पत्ति क्षति, विस्थापित, यौनजन्य हिंसा, जग्गा कब्जालगायत विभिन्न दर्जन बढी शीर्षकमा उजुरी दिन सकिने छ । भोजपुरमा घाइते अपाङ्गको उजुरी बढी आएको स्थानीय शान्ति समितिका सचिव श्रेष्ठको भनाइ छ ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment