इलाममा ब्लड बैंक

एविसि खबर
इलाम, ३१ जेठ । इलामको सदरमुकाम इलामबजारमा ब्लड बैंक सञ्चालन हुने भएको छ । नेपाल रेडक्रस सोसाइटीमार्फत पा“च वर्षअघि निर्मित भवनमा ब्लड बैंक सञ्चालन हुन लागेको हो । जिल्लामा आकस्मिक रक्तसञ्चार सेवामार्फत अभाव टारिँदै आएको छ ।

जिल्ला अस्पतालको क्षमता वृद्धिस“गै व्यवस्थित ब्लड बैंकको आवश्यकता भएको हो । विभिन्न दाताबाट रकम सङ्कलन गर्दै रेडक्रसले ब्लड बैंकका लागि भवन निर्माण गरेको छ । २८ लाख २६ हजार रुपैयाँको लागतमा नारायणस्थानमा भवन निर्माण भएर पनि लामो समयसम्म सेवा सञ्चालन नहुँदा उपचार सेवा प्रभावित हु“दै आएको थियो ।

कतिपय दाताले कबोलेको रकम नदिँदा सेवा प्रदान गर्न ढिलो भएको रेडक्रसले जनाएको छ । “दाताले कबोलेको रकम नदिँदा निकै कठिन भएको छ”, रेडक्रसका सदस्य रतन चौधरीले भने – “तर पनि आवश्यकता बढ्दै गएकाले चा“डै सञ्चालनको तयारीमा छौँ ।”

Facebook Comments

सम्बन्धित

Leave a Comment