एनसेल प्रकरणमा २ जना पक्राउ

समाज

एविसि खबर
म्याग्दी, ३१ जेठ । एनसेल प्रकरणमा विप्लव नेतृत्व माओवादीका दुइ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी गरेको घटनाका विषयमा छानबिन गर्न प्रहरीले माओवादीका दुई जना नेतालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर)लाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो । पसलमा काम गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीका अर्का नेता गोपाल शर्माले बताए । शर्मालाई पनि आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छोडेको थियो ।

एनसेलको टावरमा आगजनी भएको घटनाको छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए । बेनी नगरपालिका–४ बन्चरेडिलस्थित एनसेलको टावरमा शनिबार साँझ आगजनी भएको थियो । आगजनीबाट जेनेरेटरमा क्षति पुगेको थियो ।

Facebook Comments

Leave a Reply