गोहीको ३५ वटा बच्चा जन्मिए

एविसि खबर

बर्दिया, ३१ जेठ । लोपन्मुख गोही प्रजनन केन्द्र बर्दिया रािष्ट्रय निकुञ्जमा ३५ वटा घडियाल गोहीका बच्चा जन्मिएका छन् । प्रजनन केन्द्रको स्थापना भएको ३४ वर्षपछि पहिलो पटक बच्चा जन्मिएको हो ।

पैँतिस वटा बच्चा बर्दिया राष्ट्रिय निकुञ्जमा जन्मिएको निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिएका छन् । बबई नदीबाट गोहीको अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा राखेर बच्चा उत्पादन गर्ने काम प्रभावकारी नभएपछि प्रजनन केन्द्रमा अन्डा ल्याउन छोडिए पछि प्रजनन केन्द्रभित्रकै गोहीले अन्डा पारेका हुन् ।

लामो समय पछिको सफलताले निकुञ्जका संरक्षणकर्मी खुसी भएको थापाले बताए । गोहीका बच्चा हुर्काउन चुनौतीसमेत रहेको उनको भनाइ छ । घडियालका बच्चाले साना ताजा माछा खाने भएकाले पनि यिनको आहाराको जोहो गर्न कठिनाइ हुने छ । जन्मिएका बच्चामध्ये मुस्किलले ४÷५ वटा बच्चा बाँच्न सक्ने भएकाले पनि बच्चालाई कठिन हुने थापाले बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment