पार्वती राईको छैठौं एल्वम ‘रिसिया’

एविसि खबर

काठमाडौं, ३१ जेठ । चर्चित गायीका पार्वती राईको छैठौँ एकल एल्वम रिसियाको बजारमा आएको छ । ११ वटा गीतको कलेक्सनमा रहेको एलवम रिसियाको काठमाडौंमा बरिष्ठ कवि तथा गीतकार भुपाल किराती र प्राज्ञ संस्कृतिकर्मी कलाकार नारद हार्ताम्छालीको सांस्कृतिक अभियन्ता जनक राई र सङ्गीतकार मण्डल साम्पाङबाट संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

Risiya-Bimochan-Snap-1रिसियामा  समाविष्ट  भूपाल राई, पेशल राई, नाकिमा, आरडिएस राई रोविन, जानुका राई, भावना परिस्कृत सुनुवार, लालसुन्दर राईको शब्द र भरत लामा, जीतेन राई, विनोद खम्बु, तारा प्रकाश लिम्बु, विक्रम राईको सङ्गीत रहेको छ भने चाँद सिंह, कुमार थापा, पविधन खालिङ, लाहाङ सुब्बा, चन्दु गोर्खाली, उदयराज पौडेल र आमोस तामाङको सङ्गीत संयोजन रहेको छ । युगल गीतहरुमा रेवत राई, दौलत राई र विनोद राईले साथ दिएका छन् ।

विशेष अतिथि भूपाल राईले पार्वती सधैं सत्ताबाट टाढा बस्ने प्रतिपक्षी कलाकार भएको बताउँदै थपे– ‘पार्वती राई विशुद्ध गायिका मात्रै नभएर सांस्कृतिक अभियन्ता पनि हुन् ।’ अतिथि वक्ता नारदमणि हार्तम्छालीले एल्बमबारे बोल्दै रिसियाको अर्थ र महत्व अझै विशिष्ट भएको तर गायिकाको प्रयास सराहनीय रहेको बताए ।

Risiya-Bimochan-bhupal

पार्वतीले विमोचित एल्बममा समाविष्ट तीन वटा गीत प्रस्तुत गर्दा गायनमा रेवत राई र दौलत राई, हार्मोनियममा मण्डल साम्पाङ, गिटारमा राजकुमार समाल, बाँसुरीमा पावल थुलुङ र तबलमा यम कुमार समालले साथ दिएका थिए । विमोचनको आयोजना र एल्बमको प्रबद्र्धन अलग आर्ट हबले गरेको हो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment