भूकम्पपीडितको धर्ना

एविसि खबर
सिन्धुपाल्चोक, ३० जेठ । सरकारले अन्तिम क्षति सर्भेक्षण गर्ने क्रममा आफ्नो नाम छुटाएको जनाउँदै करिब पाँच सय पीडितले आइतबार सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय र पुनःनिर्माण कार्यालयको सम्पर्क कार्यालयमा धर्ना दिएका छन् ।

बाडेगाउँ, नवलपुर, कुन्चोक, भोटसिपा, सिपापोखरे र सिम्पाल काभ्रे गाविसका गरी करिब ५०० बासिन्दाले सरकारले खटाएका प्राविधिकले पीडितको लगत सङ्कलन गर्ने क्रममा आफूहरूको नाम छुटाएकाले नाम समावेश गर्नका लागि माग गर्दै धर्ना दिएको बाडेगाउँ–३ का शेखरनाथ लामिछानेले जानकारी दिए ।

उनका अनुसार अहिले पीडित पक्षबाट १५ तथा प्राधिकरण सम्पर्क कार्यालय र जिप्रकाका प्रतिनिधिबीच सोही विषयमा छलफल भइरहेको छ । उनीहरूले प्रजिअमार्फत प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । आफूहरूको नाम पीडितका सूचीमा समावेश नगर्दासम्म विरोधको कार्यक्रम जारी रहने पीडितले बताएका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment