निःशुल्क प्लास्टिक शल्यक्रिया शिविर सम्पन्न

यौन / स्वास्थ्य

एविसि खबर
भक्तपुर, ३० जेठ । मध्यपुर नगरपालिकाद्वारा सञ्चालित कोरिया नेपाल मैत्री अस्पताल मध्यपुरथिमिमा चारदिने निःशुल्क प्लास्टिक शल्यक्रिया शिविर सम्पन्न भएको छ । दक्षिण कोरियाको रोज क्लब संस्थाको सहकार्यमा सञ्चालित शिविरमा १ सय ५१ जनाको शल्यक्रिया गरिएको कोरिया नेपाल मैत्री अस्पतालका निर्देशक डा डिके रोशनले सञ्चारकर्मीलाई जानकारी दिए ।

शिविरमा शरीरका विभिन्न भागमा आगाले पोलेको, खुँडे भएको, आँखा टाँसिएकोे, छ औँला भएको, ढाडमा मासु पलाएको, पुराना घाउ रहेको, जलेको आदि र घाउ लगायत विभिन्न अङ्गको निःशुल्क शल्यक्रिया गरिएको थियो । रोज क्लवका डा मु ह्युन पेलका नेतृत्वमा सात शल्यचिकित्सक सहित २५ जनाको टोलीले चार दिनका अवधिमा शिविरमा आएका सम्पूर्ण बिरामीको स्वास्थ्य जाँच तथा प्लास्टिक शल्यक्रिया गरेका थिए । प्लास्टिक सर्जरी गर्नका लागि आउनेको सङ्ख्या अत्यधिक रहेकाले यस पटक बाँकी भएकाको अर्को पटकको शिविरमा शल्यक्रिया गरिने अस्पतालका डा मजेशप्रताप मल्लले जानकारी दिए ।

Facebook Comments

Leave a Reply