सरस्वती थालिन नया काम

एविसि खबर
काठमाडौं, ३० जेठ । नेपाली संगीतमा साधनारत गायीका सरस्वती लामा भुजेलले एका एक अर्को सामाजीक क्षेत्रमा उदायकी छन् । उनले आफ्नो एलबम उत्तरपुर्व ल्याएसँगै प्रतिवद्वता गरेकी वृद्वाश्रम निर्माण तथा उत्तरपूर्व संगीत सिनेमाको उद्घाटन गर्दै उनले नया कामको सुरुवात गरेकी हुन् ।
आफ्ना पुरानो संगीत गुरु निरास मगर र हाल साधनारत रहेका संगीत कक्षाका गुरु गुरुदेव कामदलाई साँचि राखेर उनले नया कामको सुरुवात गरेकी हुन् ।

s1
सरस्वतीको प्रतिमामा धुप तथा दियो बालेर उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथिद्वय गुरुदेव कामद र निर्माता निर्देशक आकाश अधिकारीले संयुक्त रुपमा गरेका थिए ।
चलचित्र क्षेत्रमा एकताका निकै चर्चामा रहेका नायक तथा निर्माता आकाश अधिकारी अधिवक्ता सञ्जयराज अधिकारीले कामको सुरुवात राम्रो भएको भन्दै यसलाई निरन्तरताको कामना गरेका थिए । गुरुदेव कामदले भने आसिरवचन प्रदान गर्दै यस्तो अभियानको सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
काठमाडौंको चुच्चेपाटीमा उत्तरपूर्व संगीत सिनेमा तथा उपकार बृद्धा आश्रमको उद्घाटन कार्यक्रमा अधिकारीलाई निमन्त्रणा गरिएको थियो । उक्त कार्यक्रमा विशिष्ट अतिथिको रुपमा उनी त्यहा पुगेका थिए । उनको आगमनले उपस्थित सबैलाई रोचक हौसला बनाएको देखिन्थ्यो । कार्यक्रमको आकर्षण नै बनेर उनी त्यहा आउदा दर्शहरु निकै खुसी हुनुका साथै अधिकारीसंग सेल्फी पनि खिच्नेको लर्को लागेको देखियो ।

संगीतकार गुरुदेव कामदको प्रमुख आतिथ्यमा उक्त उत्तरपूर्व संगीत सिनेमा तथा उपकार बृद्धा आश्रमको उद्घाटन गरिएको छ । कार्यक्रमा आरजे भिजे नरेश भट्टराइ निरश मगर अधिवक्त संञ्जयराज अधिकारी, समाजसेवी डि. बि. लामा, गायिका सरस्वती लामा भुजेल, गायिका मलती राइ लगायत थुप्रै कलाकारहरुको उपस्थिति रहेको थियो ।

s3

बृद्धबृद्धाहरुलाई सेवाभावले सहयोग गर्ने उद्देश्यले ललितपुरको लामाटारमा उपकार बृद्धाआश्रम खोल्ने तयारीका साथ कार्यालयको स्थापना गरिएको उत्तरपूर्व संगीत सिनेमा तथा उपकार बृद्धा आश्रमका सञ्चालक अधिवक्ता संजयराज अधिकारीले जानकारी दिएका छन् । त्यसैगरीसंगीत, गायक तथा नृत्यका कक्षाहरु सञ्चालन गरी दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले उत्तरपूर्व सिनमा कल्चर सेन्टर स्थापना गरिएको सञ्चालिका तथा गायिका सरस्वती लामा भुजेलले बताएकी छन ।
कार्यक्रममा प्रमुख अतिथिद्वय गुरुदेव कामद नायक तथा निर्माता आकाश अधिकारीद्वारा गायिका सरस्वती लामा भुजेल तथा अधिवक्ता सञ्जयराज अधिकारी लगायत आश्रम संचालन समितिका पदाधिकारीहरुलाई खादा ओडाएर सम्मान समेत गरिएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment