भयवाद सिद्धान्तका प्रवर्तक देश सुब्बा काठमाडौंमा

एविसि खबर

काठमाडौं, २८ जेठ । युवाहरूको संगठन ‘विमर्श युथ फाउण्डेशन’ तथा चैतत्य इन्टिच्युट अफ मेनेज्मेन्ट बानेश्वरको निमन्त्रणामा भयवाद सिद्धान्तका प्रवर्तक देश सुब्बा आफूले प्रतिपादित गरेको सिद्धान्तका बारेमा काठमाडौंमा छलफल हुने भएको छ । हङकङका बसेर निरन्तर यसै सिद्धान्तको विकासमा लागेका सुब्बाले नेपाल बाहिर निकै ख्याति, सम्मान र पुरस्कार प्राप्त गरिसक्दा पनि उनको भयवादबारे नेपालमा त्यति विमर्श नभएको भन्दै छलफलको आयोजना गरिएको हो ।

उनले आफ्नो शैद्वान्तिक बहसलाई नपालभित्र पनि छलफल हुनुपर्ने आवश्यकतालाई बोध गर्दै यस कार्यक्रमको आयोजना गरिएको हो । भयवाद मानव जीवनलाई हेर्ने एक नवीन, मनोवैज्ञानिक सिद्धान्त हो, जसको तर्क छ, मान्छेको हरेका गतिविधि भयबाटै सञ्चालित छ, भयकै कारणले क्रियान्वत छ । उक्त भयवाद पुस्तकलाइ अमेरिकाको क्यालिफोर्नियाबाट प्रदान गरिने ‘दि नेशनल इन्डि एक्सेलेन्स अवार्ड (२०१५ “ र अमेरिकाकै लस एन्जलबाट दिइने इन्टरनेशनल बुक अवार्डमा फाइलिस्ट अवार्ड २०१५ प्रदान गरेको थियो ! उक्त फिलोसोफी अफ फियरिजम लाइ अमेरिकाको एक्सलिबिरिसले अङ्ग्रेजि भाशामा प्रकाशन गरेको थियो ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment