धरहरा बनाउन २५ लाख सहयोग

एविस खबर
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैनिक श्रीमती संघले धरहराको नवनिर्माण गर्न सहयोग स्वरुप २५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीलाई संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीले प्रधानमन्त्री निवास बालुवाटारमा धरहरा पुनःनिर्माण कोषमा रहने गरी २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

सोही अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनलाई सङ्घले भूकम्पपीडित आवास व्यवस्थाका लागि १४ लाख रुपैयाँ उपलब्ध गराएको थियो । भूकम्पबाट क्षति भई पुनःस्थापना गर्नुपर्ने सामुदायिक विद्यालय छनोटको प्रक्रियामा रहेको हुँदा छनोट कार्य सम्पन्न हुनासाथ विद्यालय निर्माणका लागिसमेत संघले आर्थिक सहयोग प्रदान गर्ने लक्ष्य लिएको छ ।

भूकम्पबाट क्षति भएको ऐतिहासिक भीमसेन स्तम्भ, सामुदायिक विद्यालय भवनको पुनःनिर्माण तथा सङ्घको कल्याणकारी राहतका कार्यक्रमलाई कोष व्यवस्थापन गर्न भारतीय एवम् नेपाली कलाकारको सहभागितामा ‘अमर पक्षी’ साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment