धुवाँ सँगै विलाय वरिष्ठ संगीतकार अम्बर गुरुङ (भिडियो सहित)

कला

एविसि खबर
काठमाडौं, २४ जेठ । नेपाली संगीतको मियो बनेर चम्किरहने नाम अम्बर गुरुङको पार्थिव शरिर धुवाँ सँगै बिलाएको छ । ७९ वर्षको उमेर संगीतकार गुरुङको काठमाडौंंमा बौद्व परम्पराका साथ् पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपाली सुगम संगीतका प्रणेता गुरुङलाई सरकारले राजकीय सम्मान सहित अनितम सलामी सहित मंगलबार श्रद्वाञ्जली दिएको छ ।

भारतको दार्जीलिङमा वि.सं. १९९४मा जन्मेका अम्बरले नेपाली संगीतमा करिब ५७ वर्ष विताएका थिए । देशमा भएका विभिन्न राजनीतिक घटनाक्रमम सँगै आएका परिवर्तनहरुमा समेत उतिकै अविचलित र अविछिन्न संगीत सृजनमा रहेका गुरुङले विभिन्न कालजयी गीतहरुमा संगीत गरेका छन् । मुलुक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्दा उनले नया नेपाली राष्ट्रिय गान ‘सयौं थुङगा फुलका हामी एउटै माला नेपाली’ संगीत भरेका थिए । उनको यो संगीत नेपालीहरुको सबैभन्दा उच्चो र सम्मान गर्न लायक रहेको नै छ ।

उनै अग्रणी स्रष्ठा नेपाली सांगीतिक फाँटका प्रसिद्धी कमाएका व्यक्ति हुन । उनका समकालिन गीत संगीतका सहयात्रीहरु नारायण गोपाल, फत्येमान, कालिप्रसाद बच्चु कैलाशहरु मध्येका एक उनी १९९४ सालमा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट भारतको दार्जिलिङको लालढिकीमा जन्मेका थिए । सेनाको जागीरे परिवारमा जन्मेका उनको पुख्र्यौली घर नेपालको गोरखा जिल्लाको रिसिङ हो ।

गुरुङको तीन छोरा र एक छोरी छन् । किशोर, राजु तथा शरदमणि र एक छोरी अलकाका पिता गुरुङले आई. ए. सम्म मात्र अध्ययन गरेका थिए । उनी ०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सँगीत निर्देशकसमेत रहिसकेका छन् । गायन तथा सँगीत सुरुवात वि.सं. २०१६ माघ कलकत्तावाट दुई गीत इ म अम्बर हुँ’ र ‘सम्हालेर राख’ बाट गीतिलेखन प्रारम्भ गरेका उनले कोलकातामा पहिलोपटक सन् १९६१ मा अगमसिंह गिरीको गीत ‘नौ लाख तारा उदाए’ पहिलो पटक रेकर्ड गराएका थिए । एक हप्तामै पाँच सय प्रति बिक्री भएको यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो । पछि यही गीत नेपालीले धेरै मन पराए ।

तत्कालिन समय राजा महेन्द्रले यही गीत मन पराएर अम्बरलाई उनको जन्मोत्सवको उपलक्ष्यमा नेपाल बोलाउँथे । उनी वि.सं. २०२५ सालमा नेपाल आए । वि.सं. २०२६ सालमा (दोस्रोपटक) नेपाल आएका बेला पनि राजा महेन्द्रले फेरि एकेडेमीमा बस्न प्रस्ताव दोहो¥याएपछि गुरुङ नेपाल आएर बसेका उनले वि.सं. ०२६मा सँगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका थिए । सँगीत प्रमुख, सँगीतसंयोजक र सँगीत निर्देशक भएर वि.सं. २०५४मा अवकाश पाएका उनले लक्ष्मीप्रसाद देवकोटाको गीतिनाटक कुन्जिनी, मुनामदनमा सँगीतांकन गरेका छन् । उनले सत्यमोहन जोशीका चार नाटकलगायत माधवप्रसाद घिमिरेको मालती मंगलेमा समेत सँगीत दिएका छन् । उनले चलचित्र मनको बाँध, जीवनरेखामा पृष्ठसँगीत र पाश्र्व सँगीत दिएका छन् । त्यस्तै आदिकवि भानुभक्त वृतचित्र वृतचित्रमा पाश्र्वसँगीतमा स्वर दिएका छन् ।

उनको काठमाडौं स्थित ग्रयाण्डि अस्पतालमा निधन भएको हो ।

भिडियो हेर्न तल जानुहोस

Facebook Comments

Leave a Reply