नवल परासीबाट ६ महिलाको उद्धार

समाचार

एविसि खबर
नवलपरासी, २५ जेठ । नेपाली भूमि हुँदै भारतबाट कतार जान लागेका छ महिलालाई सोमबार नवलपरासीबाट उद्धार गरिएको छ । भारतको दिल्ली हुँदै कतार लैजाने भन्दै रामु भनिने एक व्यक्तिको आश्वासनका आधारमा भारत जान लागेका अवस्थामा सोमबार माइती नेपालको टोलीले महेशपुर नाकाबाट उनीहरूलाई उद्धार गरेको हो ।

उद्धार गरिएकामा चितवन, सिन्धुली, धादिङ र तनहुँका एक एक एक तथा नवलपरासीका दुई महिला रहेको माइती नेपाल आवधिक गृहका प्रमुख माया क्षेत्रीले जानकारी दिए । छ जनामध्ये नवलपरासीका दुई जनालाई परिवारका साथमा घर पठाइएको र अन्य चार जनालाई पनि परामर्श दिएर आफन्तको जिम्मा लगाउने तयारी भइरहेको माइती नेपालले जनाएको छ ।

नेपाल भारत सीमा क्षेत्र हुँदै दैनिकजसो महिला बेचिन भारत पुग्ने गरेका छन् । दलालले विभिन्न बहानामा बेच्न लैजाने गरेको तथ्याङ्कले देखाएको छ ।

Facebook Comments

Leave a Reply