कलाकार संघले ग¥यो सम्मान

कला

एविसि खबर
काठमाडौं , २५ जेठ । किरात राई कलाकार संघले आफ्नो स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रका स्रष्टा सर्जकहरुलाई सम्मान तथ पुरस्कार वितरण गरेको छ । संघको ११औ स्थापना दिवस पारेर ललितपुरको जिविस हलमा आयोजित कार्यक्रममा किरात राई सास्कृतिक सम्मान २०७२ द्वारा चतुरभक्त राई नगद १० हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको छ । यसै गरी वर्ष भरिको उत्कृष्ट कृति साँस्कृतिक भिडियो संग्रह ‘थिबिया’लाई हर्कजंग छलिसोभा कला पुरस्कार २०७२ ले १०हजार रुपैयाँ सहित सम्मान पत्रले गायीका जानुका राईलाई सम्मानीत गरेको छ ।

यसैगरी किरात संगीत पुरस्कार २०७२ बाट आभा मुकारुङ ११ हजार १ सय ११ रुपैयाँ, किरात राई प्रतिभा पुरस्कार २०७२ बाट मेलिना राई नगद १२ हजार रुपैयाँ , नरमाया सबिर्मान राई भिडियो निर्देशन पुरस्कार भुपेन्द्र राईलाई नगद १५ हजार ५ सय ५५ ले सम्मान गरिएको छ ।

साथै सोहि कार्यक्रममा यलम्बर संगीत प्रतियोगितामा अन्तिम १० जनाको प्रतिस्पर्धाका प्रथम नम्रता राईले ११ हजार १ सय ११रुपैयाँ सहित पुरस्कार प्राप्त गरेकी छने । दोस्रो हुने मुस्कान मुकारुंग राईले नगद ७ हजार ७ सय ७७ र तेस्रो एगिन राईले नगद ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेका छन् । उत्कृस्ट दर्शक छनोटमा परेका राजेश पुमा राई नगद ३ हजार ३ सय ३३ रुपैयाँ हात पारेका छन् ।

प्रतेक सहभागीलाई नगत १ हजार रुपैयाँ सहित सहभागिताको प्रमाण पत्र तथा अन्य विभिन्न साँस्कृतिक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

Facebook Comments

Leave a Reply