साकेलामय काठमाडौं

समाज

एविसि खबर
काठमाडौं,२४ जेठ । किरात समुदायको महत्वपूर्ण उभौली पर्वको अवसरमा देशव्यापी साकेला शिलि प्रर्दशन भइरहेका छन् । देश तथा विदेशमा रहेका किरात राई समुदायमा यो पर्वको अवसरमा विभिन्न स्थान मिति र समयमा कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

11

भर्खरै काठमाडौंको टुडिखेलमा साकेला प्रदर्शनी भव्यताका साथ मनाइएको छ । भने विभिन्न भाषिक समुदायको प्रतिनिधीत्वका साथ टुँडिखेल साकेलामयी बनेको थियो । किरात राई यायोक्खा काठमाडौंको आयोजनामा भएको कार्यक्रममा किरात राई यायोक्खाका उपाध्याक्ष दिवस राईले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा किरात धर्म संस्कार र संस्कृतिमाथी प्रत्यक्ष हस्तक्षेप गर्दै धार्मिक आस्थामा चोट पु¥याउँदै आएका ठग एन्जलहरुलाई कुनै हालमा नछाडिने चेतावनी समेत दिएका छन् । कार्यक्रममा खोजकर्ता तथा पत्रकार भद्रगोल किराती( मनोज कुमार राईलाई सम्मान समेत गरिएको थियो ।

22

यस सँगै किरात राईहरुको मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ विभिन्न ठाउँहरुमा साकेला शिलिको आयोजना हुने् भएको छ । यसै क्रममा आगामी जेष्ठ २९ गते काठमाडौंको बौद्व, ४ गते कोटेश्वर, ६ किर्तिपुर लगायतको ठाउँमा साकेला नाचिने खबरहरु प्राप्त भएका छन् ।

44

फोटो : तेजमाया मुरह

Facebook Comments

Leave a Reply