पाइरेसी वापतको क्षतिपुर्ती भुवनले पाए

कला

एविसि खबर
काठमाडौं, २४ जेठ । नेपालमा पहिलो पटक चलचित्र पाइरेसीमा परेको भन्दै उजुरी परेको आधारमा अभिनेता भुवन केसीले क्षतिपुर्तीं प्राप्त गरेका छन् । केसीले आपनो चलचित्र ड्रिम्सको पाइरेसी भएको भन्दै प्रहरीमा उजुरी दिए लगतै उनलाई चलचित्र पाइरेसी भए बापत २५ लाख क्षतीपुर्ती प्राप्त भएको छ ।

ड्रिम्स हाइलाईट्स नेपालका दुई कर्मचारीबाट पाइरेसी भएको कुरा प्रमाणित भएपछि उनले सो क्षतीपुर्ती पाएका हुन् । ड्रिम्स पाइरेसी भए लगत्तै निर्माता भुवन केसीले १ करोड क्षतिपुर्ती पाउँ भनेर अदालतमा मुद्दा दायर गरेका थिए ।

पाइरेसीमा संलग्न ब्यक्ति बिधान गुरुङ र उनैका साथी चन्द्र नागाजुलाई प्रहरी हिरासतमा राखेको छ । जसमा बिधान गुरुङ हाइलाईट्स नेपालकै कर्मचारी हुन् । हाइलाइट्सले ड्रिम्सको युट्युव र भिसिडी राइट्स १४ लाखमा किनेको थियो ।

Facebook Comments

Leave a Reply