देउबा र ज्ञानेन्द्र विरुद्व आयोगमा उजुरी

एविसि खबर
काठमाडौं, २४ जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्री देउवाले सत्ता र शक्तिको चरम दुरपयोग गरेर तत्कालिन समयमा मानव अधिकारको उलंघन गरेको आरोप लगाईएको छ ।

उनीहरु विरुद्ध १० वर्षे द्वन्द्वका क्रममा घटेका घटनाको छानबिन गर्न माग गर्दै आइतबार उदयपुर जिल्लाबाट उजुरी परेको हो । पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा शाही सनेना पठाई माओवादीका नाममा गम्भीर मानवअधिकार उल्लंघन हुने गरी कुटपिट गरी आफूलगायत धेरैलाई घाइते र अंगभंग बनाएको प्रमाणसहित नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष राजन किराँतीले उजरी दर्ता गराएका हुन् ।

स्थानीय शान्ति समितिको कार्यालय उदयपुरमार्फत आइतबार ज्ञानेन्द्र र सभापति देउवालाई कारबाहीको माग गर्दै आयोगमा उजुरी पठाइएको किराँतीले बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment