खोटाङमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु

संगीता राई
खाोटाङ, २१ जेठ । खोटाङको सदरमुकाम दिक्तेलमा ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ सुरु भएको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ सुरु भएको हो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका पाँचवटै विकास क्षेत्र, विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी र विश्वविद्यालय तथा भारत र भुटानगरि १२ टोलीका करिब ३०० खेलाडी सहभागी छन् । जिल्लामा दुई वर्षअघिको तयारीपछि पहिलो पटक सितोरियो करातेको ऐतिहाँसिक प्रतियोगिता भएको हो ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको औपचारिक उद्घाटन व्यवस्थापिका सांसद् सरस्वती बजिमयले गरेकी छन् । प्रतियोगिता उद्घाटन हुनुअघि विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित निकालिने ¥यालीले बजार परिक्रमा गरेको थियो ।

प्रतियोगितामा करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहेकाले प्रतियोगितालाई महत्वकासाथ हेरिएको छ । भौगोलिक, आर्थिक लगायतका हिसाबले दिक्तेलमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न चूनौतीपूर्ण भएपनि खेलाडीको उत्साहजनक उपस्थिति रहेको छ ।

प्रतियोगितामा देश तथा विदेशका १८ टोलीको प्रतिष्पर्धा हुने भनिएपनि वर्षादका कारण आयोजक सहित १२ टोलीको सहभागिता रहेको जनाइएको छ । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने समूहले क्रमशः ५० हजार, ३० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट निर्णायक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई ५÷५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितोरियो कराते सङ्घ खोटाङले चन्दा उठाएरै प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिता सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको संयोजकत्वमा जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि सदस्य रहनेगरि मुल आयोजक समिति गठन गरिएको छ । गत वर्ष सञ्चालन गर्ने भनिएको प्रतियोगिता भूकम्प, नाकान्दी र आर्थिक समस्या लगायतका कारण निर्धारित मितिभन्दा पछि सरेको हो ।

७६ पदक संख्याका लागि प्रतिस्पर्धा गराइने प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदक रहेको छ । प्रतियोगितामा पुरुष र महिला एकल काता तथा पुरुष र महिला समूह कातामा तीन÷तीन जनाको हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ४५, ५०, ५५, ६५, ६७, ७५, ८४ र ८४ केजी भन्दामाथि तथा महिलातर्फ ४०, ४५, ५०, ५५, ६१, ६८ र ६८ केजीभन्दा माथि प्रतिस्पर्धा गराइने सङ्घका उपाध्यक्ष मिलन कसजुले जानकारी दिए ।

Facebook Comments

Related posts

Leave a Comment