ओखलढुंका सासंदले मागे १० लाख

एविसि खबर

काठमाडौँ, २० जेठ । व्यवस्थापिका–संसद्को बिहिबारको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या र तिनको समाधानका लागि सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । यस क्रममा ओखलढुङगा सासंदद्वय रामहरि खतिवडा र हर्कबोल राईले ओखलढुङ्गामा बुधबार भएको ट्र्याक्टर दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई १० लाख रुपैयाँ दिन माग गरेका छन् । साथै भूकम्पपीडितले अझै राहत रकम नपाएकाले तत्काल त्यसको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले हालैको ठूलो बाढीबाट काभ्रेका विभिन्न क्षेत्रका साथै बनेपासमेत प्रभावित भएको बताउँदै उक्त जिल्लामा नदी व्यवस्थापनमा सघाउन सरकारसँग आग्रह गरे ।

सांसद रामहरि सुवेदीले पुनःनिर्माणका काम प्रभावकारी बनाउन र अनुदान रकम पाउन छुटेका, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नाम छुटेकालाई अनुदान एवम् राहत प्रदानको सूचीमा समावेश गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै सांसद प्रेम सुवालले केही व्यक्तिले मध्यपुरथिमि नगरपालिका भएर बग्ने मनहरा खोला आफ्नो स्वार्थ बमोजिम फर्काउने प्रयास गरेकाले कारबाहीको माग गर्दै घरबास नहुँदा भूकम्पपीडितको बिचल्ली भएको दुःखेसो गरे । त्यसअघि सांसद डिम्पलकुमारी झाले मधेस केन्द्रित एवम् आदिवासी जनजाति दल सम्बद्ध सांसदले बिहिबारको सदनको बैठक बहिष्कार गर्ने घोषणा गर्नुभयो । उहाँको उक्त घोषणासँग सम्बद्ध दलका सांसद बैठक कक्षबाट बाहिरिएका थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment