भवनका लागि जग्गादान

समाचार

एविसि खबर

पाँचथर, २० जेठ । पाँचथरको दक्षिणी गाविस सराङडाँडा–८ सप्तमीबजारमा निर्माण हुने सामुदायिक भवन र सप्तमीबजार व्यवस्थापन समितिको कार्यालय निर्माणका लागि स्थानीय दुई समाजसेवीले एक रोपनी तीन आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।

सराङडाँडा–९ स्थायी घर भई अहिले सप्तमीबजारमा व्यवसाय गर्दै आएका धनबहादुर वान्तवा (लिच्छिबुङ कान्छा)ले ६ लाख रुपैयाँ बराबरको एक रोपनी र इलामको फुयातप्पा–७ स्थायी घर भई अहिले सप्तमीबजारमा व्यवसाय गर्ने चन्द्रप्रकाश थापाले तीन लाख रुपैयाँ बराबरको तीन आना जग्गा निःशुल्क प्रदान गरेका हुन ।

अब चाँडै जिविस, गाविस, सांसद विकास कोष र सहरी विकास मन्त्रालयको पहलमा आफ्नै भवन बनाउन दाताहरुले सहयोग गरेको सप्तमीबजार व्यवस्थापन समितिका अध्यक्ष गङ्गा आङदेम्बेले जानकारी दिए । जग्गादातालाई पछि एक कार्यक्रमको आयोजना गरी सम्मानसमेत गरिने उनको भनाइ रहेको थियो ।

Facebook Comments

Leave a Reply