चाबाहिलमा नयाँ सर्टिङ सुटिङ सेन्टर

एविसि खबर
काठमाडौं १९ जेठ । काठमाडौंको चाबाहिलमा हलेसी सर्टिङ सुटिङ एण्ड टेलरिङ सेन्टर खुलेको छ । सर्टिङ सुटिङमा नयाँ आयाम थप्दै सुरुभएको टेलरिङ सेन्टरको कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले बुधबार रिवन काटेर उदघाटन गरेका छन ।

टेलरको उद्घाटन गर्दै सांसद थापाले हलेसी टेलरले सर्टिङ सुटिङ एण्ड टेलरिङमा नयाँ आयाम थप्ने विश्वास गर्दै व्यवसायिक रुपमा सफलहोस भन्ने शुभकामना दिएका छन् । चाबाहिल मै स्मार्ट टेलरिङ सेन्टर चलाउँदै आएका संचालक सुविन्द्र गीरीको दोस्रो टेलरिङ सेन्टर हो । संचालक गीरीले आफुहरुले यस अघि विद्यालय तथा कलेजको पोशाकहरु सिलाइको राम्रो डिजाइन गर्दै भन्दै अब व्यवसायलाई आधुनिकी करण गर्न अझ सक्रियता पूर्वक लाग्ने बताएका छन् । उनले आफ्नो सेन्टरमा स्पेशल शुट तथा दौरा सुरुवाल जस्ता कपडाहरु सिलाईने तथा अन्य जुनसुकै किसिमका ड्रेस मेकिङ गर्ने बताएका छन् ।

उद्घाटन अफरका लागि उनले आउने एक हप्ता सम्मकालागि २५ प्रतिशत छुट र बाँकी १५ दिनसमम १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको जनाएका छन् । गीरीले सर्टिङ सुटिङ आजको आवश्यक भएका कारण ग्राहकको सुविधालाई मध्यनजर राख्दै एउटै ठाउमा सर्टिङ सुटिङ अन्तर्गतका सबै प्रकारका सुविधा उपलब्ध गराउने बताएका छन् । यसका साथै नेपाली पोशाकहरु दौरा सुरुवाल टोपी सबै सेवा उपलब्ध गराइने पनि उनको भनाइ रहेको छ । यरी एकै स्थानमा बहु सुविधा उपलब्ध गराउदा व्यपार व्यवसायलाई सर्पोट हुने तथा ग्राहकहरुलाई पनि सुविधा पुग्ने गिरीले बताए ।

टेलरिङ सेन्टरको उद्घाटन गर्न पुगेका सांसद थापाले भने आर्थिक पत्रकार फरक प्रश्नमा वर्तमान बजेटका बारेमा अर्थमन्त्रीको आलोचना गरेका छन् । उनले अर्थमन्त्री आर्थिक अनुशासन पालना नगरेको भन्दै बाहिरतीर हो भने नैतिक रुपमा अर्थमन्त्रीले राजिनामा दिनु पर्ने अवस्था हो । तर हामीले त्यसलाई आगामी दिनमा गल्ति सच्याउनका लागि पहल गरिएको बताएका छन् । युवा नेता थापाले बजेट भाषण गर्दा आर्थिक अनुशासन पालना नगरेको भन्दै अर्थमन्त्री विष्णु पौडेलले राजिनामा दिनु पर्ने बताएका हन् । बुधबार राजधानीको चावहिलमा हलेसी टेलरको उदघाटन समारोहमा थापाले अहिले सरकारले ल्याएको बजेट आर्थिक अनुशासुनलाई ख्याल नगरी अपारदर्शी र हचुवाका भरमा सार्वजनिक गरिएका कारण त्यसले पछाडिका दिनहरुमा नकरात्मक प्रभाव पर्ने उल्लेख गरे । जनतालाई भडकाउने र सरकारले एकलौटी तरिकाले सन्काहा प्रबृतिले बजेट ल्याएको थापा भनाइ छ ।

थापाका अनुसार बजेट घोषणा गर्नु पूर्व देशको आम्दानी, आम्दानीका श्रोत र देशको अवस्थाका बारेमा मूल्याङकन गरेरमात्र बजेट ल्याउनु पर्नेमा सरकारले त्यस तर्पm कुनै पनि विचार रिसर्च नगरी हावादारी तरिकाबाट बजेट ल्याएको र त्यसले भोली जनताबाट आन्तरिक कर उठाउनु पर्ने अवस्था आउन सक्ने बताए । यो सरकारले जनताको न्युनतम आर्थिक स्थायित्वलाई ख्याल नगरी हावादारी तरिकाले बजेट ल्याएको थापाको आरोप छ ।

बजेट भाषण हुनु पूर्व नै बजेट चुहावट गरेर सरकारले अपारदर्शी काम गरेको भन्ने सवालमा त्यसको छानवीनका लागि नेपाली कांग्रेसले सदन अवरोध समेत गरेको जानकारी गराउदै थापाले ‘हामीले संसदको ध्यानाकर्षण गराएका छौ, जसका कारण बजेट चुहावटका बारेमा छानवीनका लागि संसदीय समिति गठन भएको छ । त्यसले छानवीन गर्ने छ ।’ अन्य देशहरुमा हेर्ने हो भने आर्थिक अनुशासनको पालना नभएको खण्डमा अर्थमन्त्रीले राजिनामा दिने प्रावधान भएका कारण अर्थमन्त्रीले बजेट चुहावट र आर्थिक अपारदर्शीता तथा आर्थिक अनुशासन पालना नगरेको कारण राजिनामा दिनु पर्ने उनको भनाइ छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment