नेपालको झिँगा चीनतर्फ तस्करी, प्रतिकेजी १ लाख

आस्विन १४, २०७२ काठमाडौ ।
हो, नेपालका झिँगा पनि तस्करी भइरहेको छ । तस्करी बजारमा झिँगाको मूल्य प्रतिकिलो १ लाख रुपैंया पर्न जान्छ ।
तस्करी हुने झिँंगा घरका नभएर बनका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीले झिँगा तस्करहरुको खोजी गर्दै छ । पछिल्लो समय नेपालबाट चीनको खास्सा तर्फ झिँगाको तस्करी भइरहेको सूचना आएपछि सिआईबीले कारोवारीको खोजी गरिरहेको छ ।gadfly
ठूला र हरिया, बन झिंगा कुहाएर तिब्बतमा बनाइने रक्सीको माग चिन तथा युरोपेली बजारमा अध्याधिक रहेको बताईन्छ । त्यस्ता रक्सी बनाउन नेपालका जंगलको झिँगा समातेर तस्करी भइरहेको छ ।
तस्करले नेपालका जंगल चहारेर वन झिंगा जम्मा पारिन्छन र खासातर्फ पठाउँछन्, जहाँ त्यसको सरदर मूल्य प्रतिकिलो १ लाख रुपैया बताईएनि बन झिँगाको अभावको कारण यसको मुल्य अझै चर्किँदै गएको छ । वनझिंगा नेपालबाट खासा तर्फ तस्करी भइरहेको सूचना पाएपछि सिआईबीले अहिलेसम्म बरामद गर्न सकेको छैन ।
तराई र महाभारत शृंखलाका घना जंगलमा पाइने वनझिंगा कुहिएका फलफुल तथा मानिसको दिसा वरपर रहन रुचाउँछन् । वनझिंगा जिउँदै पक्रन झुलभित्र मह राखदेर जंगलमा टासिन्छ ।
जडिवुटी तथा वन्यजन्तुको तस्करीका वारदात सार्वजनिक भएपनि यी वाहेक पनि नेपालमा अन्य जीवजन्तुको पनि लुकीछिपी कारोवार तथा तस्करी भैरहेका छन् ।
नेपालबाट चीन, चीन स्वसासित तिब्बत, भियतनाम, जापान, युरोप, अमेरिका, अरेवियन मुलुकहरुमा अनेक थरीका जीव जन्तुको कारोवार भैरहेको प्रहरी कारवाहीले देखाएको छ

Facebook Comments

Related posts

Leave a Comment