लघुकथा : सरकारी जागिर

अरुणिमा

लेखक : चिरञ्जीवी ढकाल

५ वर्षमा २५ चोटी लोकसेवा ÷ निगम ÷ बैँक ÷ संस्थान आदिको परीक्षा दिइयो, कहिल्यै पास भईएन ।

मैले सरकारी जागिर खाने आश मारेको थिएँ, २६ औँ पटकमा कताबाट फ्याट्ट, न्याय सेवा‬को ‎डिठ्ठा पदको‬ लिखितमा नाम निस्केछ । आगनका डिलाँ गएर सात फन्को नाचेँ । यसपछि अन्तर्वार्ताको दिन पोखरा, लोकसेवाको कार्यालय गएँ ।

अन्तर्वार्तामा उपसचिव आएका रहेछन् ।

अन्र्तवार्ता सुरु भो ।

उनले सोधे, घर कता हो ?

मैले भनेँ, स्याङ्जा ।

उनले फेरी सोधे , सुन्तला हुने ठाउँको रहेछौ, कसैलाइ ‎सुन्तला, दिनुप¥यो, भने‬ के भनेर दिन्छौ ?

म बोलेँ, यी लिनुस् सुन्तला…….।

उनले भने, यसरी हैन, डिठ्ठा हुन खोज्ने मान्छे, ‪‎कानुनको भाषामा‬ भन !

त्यस पछि मैले जवाफ सुरू गरेँ

स्याङ्जा जिल्ला सेतीदोभान –३ निवासी, म तिलकरामको नाति, बुद्धिसागरको छोरा, चिरञ्जीवी

आगे, राजिखुशी भई पूर्ण इच्छा राखी, पूर्ण होस हवासमा रही, कोही कसैको डरधम्की तथा दबाबमा नआईकन,

यो फल जसलाई सुन्तला भनिन्छ । जसमाथि मेरो सम्पूर्ण स्वामित्वरहेक छ । आगे ऐ.. ऐ. ऐ. निवासी, बलबहादुरको नाति, कलबहादुरको छोरा, दलबहादुरलाई, पूर्वाेक्त फल सुन्तला ‪ बोक्रा, रस गुदी‬ र ‎बियोसमेत‬ प्रदान गदै आगे, यो कुराको अधिकार पनि बिनाशर्त सुम्पिन्छु कि, तपाईं ऐ.ऐ.ऐ. को सन्तान दरसन्तान, यो फल सुन्तलालाई ‪‎काटेर‬ खान, ३‎छोडाएर‬ खान, ‎फ्रिजमा‬ राख्न, ‎चुसेर‬ खान या‎ जुस‬ बनाएर खान या नखानसमेत स्वतन्त्र हुनुहुन्छ । आगे तपसिलको अधिकार पनि तपाईँमा निहित रहनेछ कि, पूर्वाेक्त फल सुन्तला, बोक्रा, गुदी, रस तथा बियो सहित‬ या ‪‎रहित‬, अन्य कुनै पनि व्यक्तिलाई आफुखुशी दान, बक्सिस, भेटी दिन र नदिन सक्नुहुनेछ । आगे, साथमा, म घोषणा गर्दछु कि । आजभन्दा पहिला, यस ‎सुन्तलामाथि‬ रहेका, सम्पूर्ण ‎अंशवन्डा‬, ‪३‎वादविवाद‬ तथा ‪३‎मुद्दा मामिलाहरूको‬ जवाफदेही ऐऐऐ म हुनेछु, आगे, आज उप्रान्त यो सुन्तलासँग मेरो कुनै पनि प्रकारको प्रत्यक्ष र अप्रत्यक्ष सम्बन्ध रहने छैन, भनी ऐ.ऐ.ऐ. निवासी फलाना फलाना ५ जना साक्षी राखी सहिछाप गरिदिञाँ, पछि इच्छापत्र फेरबलदल वा जालसाजी भए, कानुन बमोजिम सहुँला बुझाउँला ।

………………

जवाफ सकेर यसे उपसचिवलाई हेरेको । उपसचिव अघि नै बेहोस् भैसकेका रहेछन् । सुब्बा र अधिकृतहरूले गन्हाउने जुत्ता सुँघाएर होसमा ल्याए,

……………….

‪पछि ‎रिजल्ट‬ आयो, तर मेरो ‪‎नाम निस्केन‬ ।

मेरो ‎उग्रक्षमता‬ देखेर डराएछन् क्यारे !

त्यसैले अहिले खाडीमा १२ घन्टे डिउटी गर्दै छु ।

साभार : फेसबुक पेजबाट

Facebook Comments

Leave a Reply