लाटोकोसेरो संरक्षणका लागि अध्ययन

एविसि खबर
अछाम, १७ जेठ । सुदूरपश्चिममा लाटोकोसेरो अर्थात् हुचिलको संरक्षणका लागि अध्ययन गरिने भएको छ । अध्ययनको सुरुआत अछाम जिल्लाबाट गरिने छ । लाटेकोसेराको अवस्थाका बारेमा अध्ययन गर्ने र त्यसको अवस्थाका बारेमा पत्ता लगाएर संरक्षण गरिने छ । पहिलेको तुलनामा सुदूरपश्चिममा हुचिलको संख्या घट्दो अवस्थामा रहेकाले हुचिल संरक्षणका लागि प्रकृतिका साथी नामक संस्थाले अध्ययन गर्ने भएको हो ।

नेपालमा पाइने २२ प्रजातिका हुचिलमध्ये सुदूर पश्चिममा करिब १२ प्रजातिका पाइने गरेको र त्यसको हालको अवस्थाका बारेमा कुनै यकिन संख्या र तथ्याङ्कका बारेमा कुनै पनि जानकारी नभएकाले अध्ययन गर्ने लागिएको लाटेकोसेरोको अनुसन्धान गरिरहनुभएका सुमन आचार्यले बताए । नेपालमा पाइने प्रजातिका हुचिलमध्येमा आठ प्रजातिका अति दुर्लभ मानिन्छ ।

हुचिलको संरक्षणमा लाग्न उक्त संस्थाले सुदूरपश्चिममा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ । संस्थाले अछाम जिल्ला वन कार्यालय, जिल्ला भूसंरक्षण, जिल्ला कृषि विकास र जिल्ला पशुसेवा कार्यालयसँग समन्वय गरेर संरक्षणका कामको थालनी गरिने जनाएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment