हुनेखानेको हातमा साइकल

समाज

एविसि खबर
जनकपुर, १७ जेठ । तराई–मधेसका विपन्न एवं दलित समूदायका छात्राहरूलाई बाँड्न उपलब्ध गराएको साइकल हुनेखाने र पहुँच भएका उपल्लो वर्गकै छोरीहरूले पाएको गुनासो आएको छ । भारतीय दूतावासले २८ लाख ४० हजार रुपैयाँमा खरिद गरी वितरणको लागि जिविसलाई जिम्मा दिएको थियो । ५ सय थान साइकल आइतबार वितरण गर्दा हुने खाने तथा पहुँचवालाकालागि बाँडिएको सर्वसाधरणले गुनासो गर।ेका छन् ।

दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंहले जिविसद्वारा तयार पारिएको नामावली अनुसार जिविस परिसरबाटै उक्त साइकल वितरण गरेका हुन् ।
लक्षित वर्गका छात्राहरूलाई वितरण गर्ने उद्देश्यले आएको साइकल हुनेखाने वर्गकै हातमा गएको भन्दै साइकल वितरण कार्यक्रममा सहभागी रहेका अधिकांशले विरोध गरेका थिए । दलित र अति विपन्न समुदायका छात्राहरूलाई विद्यालय जान सहज होस् भनेर भारतीय दूतावासले दिएको साइकल यहाँ कर्मचारी र माथिल्लो निकायमा पहुँच भएकाहरूकै छोरीहरूले पाएका छन् । रामसपाकी केन्द्रीय सदस्य मुन्नी दासले चर्को स्वरमा विरोध गरिन् ।

दूतावास र जिविसबीच बढीभन्दा बढी दलित र अन्य जातका भए पनि अति विपन्न परिवार जो साइकल खरिद गर्न सक्दैनन्, त्यस्तामध्येका जेहेन्दार छात्राहरूलाई वितरण गर्ने सम्झौता भएको थियो । तर, जिविसले दलित, जनजाति र मुस्लिमलाई २० प्रतिशतको दरले तथा ४० प्रतिशत साइकल जेहेन्दार छात्रालाई दिने मापदण्ड तोकेर वितरण गरेका छन् । यहाँ जेहेन्दारको नाउँमा अधिकांश सम्पन्न परिवारकै बच्चालाई वितरण गरिएको आरोप उनीहरूको थियो ।

Facebook Comments

Leave a Reply