अमेरिकाबाटै म्युजिक भिडियो अभिनय गर्दै रिमा

कला

एविसि खबर
काठमाडौं, १६ जेठ । जन्मस्थान काठमाडौंै भए पनि लामो समयदेखि अमेरिका बस्दै आएकी रिमा कटवाल नेपाली म्युजिक भिडियोमा उदाउँदै गरेकी नयाँ नाम हो । अमेरिकाको मेरील्यान्ड बस्दै आएकी रिमालाई यो क्षेत्रमा सानैदेखि लाग्ने रुचि भए पनि पढाइ र परिवारका कारणले पछि परेकी थिइन् । पछिल्लो समयमा परिवारको सर्पोट र पढाइको कामसमेत सकिन लागेकाले यो क्षेत्रमा आउने मौका मिलेको उनले बताएकी छन् ।

उनले मोडलिङ गर्नेबाहेक सगरमाथा टेलिभिजन अमेरिकामा केही वर्षदेखि होस्टसमेत गर्दै आएकी छन् । उनको सिनियर लिबिङमा डाइरेक्टरको पदमा जागिरसमेत रहेको उनले जानकारी दिइन् । उनको परिवारले सर्पोट गरेपछि पनि सबै बसेर हेर्न मिल्ने खालको मात्र म्युजिक भिडियोमा मात्र काम गर्ने सोच रहेको उनको भनाइ छ ।

विगत ३ वर्षदेखि मोडलिङ क्षेत्रमा लागिरहेकी रिमाले नेपाल बाहिर भए पनि यस क्षेत्रमा लागेर नेपालको कला क्षेत्रमा केही योगदान गर्ने पक्षमा रहेको बताइन् । उनले चर्चित गायक यम बरालको ‘तिम्रो मुस्कान’ बोलको गीतमा मोडलिङ यात्रा सुरु गरेकी हुन् । यो गीतको म्युजिक भिडियो पनि चाँडै नि रिलिज हुने तयारीमा छ । साथै चर्चित गायिका अञ्जु पन्तको ‘सपना सधँै’ बोलको गीतमा पनि उनले अभिनय गरिसकेकी छन् । अब उनको नयाँ म्युजिक भिडियो गायक विकी श्रेष्ठसँग हुने बताएकी छिन् । सो गीतको छायांकन पनि अमेरिकामा गरिनेछ ।

Facebook Comments

Leave a Reply