साकेला सिली प्रतियोगितामा राई विद्यार्थी पहिलो

समाचार

एविसि खबर

काठमाडौं, १६ जेठ । किरात राई यायोक्खा भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरमा भव्यताका साथ साकेला सिलि प्रदर्शन तथा प्रतियोगीता सकिएको छ । प्रदर्शन सँगै सिली प्रतियोगितामा किरात राई विद्यार्थी संघ उपत्यका कार्यसमिति पहिलो स्थान हात पारेको छ ।

त्यसैगरी किरात राई यायोक्खा मनोहरा इकाई समिति भक्तपुर, किरात राई चम्लिङ खाम्बातिम भक्तपुर क्रमस दोस्रो र तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमस १०, ६ र ५ हजार बराबरको पुरस्कार तथा सहभागि अन्य चार वटा टोलीलाई २ हजारको दरले सान्वना पुरस्कार प्रदान गरिएको केन्द्रीय उपमहासचिव समेत रहेका भीम राईले जानकारी दिएका छन् ।

प्रतियोगिताहुनु अघि किरात राई यायोक्खा भक्तपुरका अध्यक्ष भीमबहादुर राईको सभापतित्वमा शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो । सभामा यायोक्खा केन्द्रीय महासचिव जिबन हाताचो राईको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रतियोगिता पश्चात भब्य रुपमा सकेला नाच भएको थियो । प्रतियोगितामा आएका सम्पूर्ण नाचहरुको भिडियो रेकर्ड राखिएको र उक्त रेकर्डबाट सिलीको अनुसन्धान गरिने यायोक्खा भक्तपुरले जनाएको छ ।

sakela-2

Facebook Comments

Leave a Reply