अवैज्ञानिक हिन्दुवादी र विकासकाे तगाराे

बलदिप प्रभाकर चाम्लिङ
हिन्दुहरूको आरध्य देवता महादेव हिमालय पर्वतमाथि साँढे बाहन छेउमा राखेर अर्धनग्न अवस्थामा बसेको, सर्पको माला लगाएको र हातमा त्रिशुल लिएको मुद्रामा बसेको देखाइन्छ ।

महादेवको यस्तो मुद्रासन भनेको हिन्दुअवधारणा हो । यहाँ सामान्य प्रकृतिको नियम पनि ख्याल गरिएको छैन ।

क० कोही नाङ्गै रहन सक्छ, हिमालको ठण्डीमा ?

ख० तराईमा हुने चिल्लो साँढे हिमालमा हुन्छ कहीँ रु हिमालमा रहने प्राणीको त प्रशस्त भुत्ला हुन्छ । साँढेको ठाउँमा चौरी भएको भए स्वभाविक हुन्थ्यो ।

ग० सर्प कहिँ हिमालय भेगमा बाँच्न सक्छ रु हिमालय पर्वत सर्पको बासस्थान होइन ।

घ० महादेवको त्रिशुल फलामको हो । संसारमा फलाम प्रयोग भएको समय भनेको ईपू १२ औ शताब्दी भएको पुरातात्विक विज्ञानले पष्टी गरिसकेको छ । हिन्दुहरूको महादेव सत्य युगको हो । सत्ययुग भनेको लाखौं वर्ष अगाडि हुन आउछ । फलाम नै आविष्कार नभएको युगमा कसरी महादेवले त्रिशुल प्रयोग गर्यो त रु फलाम आविष्कार भएपछिको अवधारणा हो, त्रिशुलधारी महादेवको । त्यसकारण महादेव सबैभन्दा पहिलेको देवता तथा हिन्दुधर्म आदिम सनातन धर्म हुनै सक्दैन ।

संसारमा घट्ना(परिघट्नाहरू प्राकृतिक नियमको वशमा रहन्छ। प्रकृतिभन्दा बाहिर कोही पनि रहन सक्दैन । बुद्धले पनि प्रकृतिको नियमलाई मान्दथे ।

अन्धविश्वासी कट्टरपन्थीको विचारलाई मान्ने हो भने पनि त्यो महादेवलाई पो प्रकृति नियम अपवाद भो रे । तर सर्प र साँढेलाई कसरी त्यो सम्भव हुन्छ रु

यस्ता धर्मको संस्कृतिमा विकास भएको समाज अनुदार, कट्टरपुरातनवादी, विभेदकारी र अन्धविश्वासी हुनु स्वभाविक हो । हरेक राजनीतिक तथा सामाजिक परिवर्तनहरू संस्थागत नहुनुको मूख्य कारण यस्ता प्रवृति भएकाहरू नेतृत्व तहमा रहनु हो । उनीहरूले विज्ञान र प्रविधिलाई अंकमाल गर्नसक्दैन ।उनीहरू कर्मयोगी नभएर भाग्यवादी हुन्छ । प्रचण्ड र बाबुरामजस्ताहरूले भैसी पूजा गर्नु र मनकामनामा कालो बोको बली चढाउनु र उता शशांक कोइरालाहरू पछाडि फर्कने प्रयास गर्नु कुनै अनौठो होइन ।

विकासले त विज्ञान र प्रविधि खोज्छ, धार्मिक कर्मकाण्ड होइन । तसर्थ हिन्दुजातीय सङ्कीर्णवाद यो नेपालको विकासको तगारो हो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment