रुङमाहाङ बान्तावा परिवारद्वारा आइजिपी दुर्जकुमारलाई अभिनन्दित (भिडियो सहित)

समाचार

एविसि खबर

काठमाडौं, १३ जेठ । प्रवासमा रहेका रुङमाङ बान्तावा वातोङ समिति युकेले आफ्नो कुल वंशबाट समग्र किरात राईहरुको शिर उच्चो पारेका भन्दै सशस्त्र प्रहरकिा महानिरिक्षक दुर्जकुमार राईले सम्मान गरेको छ । रुङमाहाङ वान्तवा राईपरिवार भित्र मात्र नभइ समग्र राई समुदायबाट नै हाल सम्मको विशेष स्थानमा पुग्न सफल भएकोमा राइलई सम्मा नगरिएको आयोजक समितिका संयोजक भुमिराज राईले जानकारी दिएका छन् ।

राईलाई बुधबार राजधानीको इन्दे्रनी फुडल्याण्डमा आयोजित एक विशेष समारोहबीच ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रमका संयोजक भुमिराज राईकाअनुसार उनलाई आफनो कुल वंशबाट पहिलो पल्ट आइजिपी भएको र एक्लो प्रयासले सम्रग राई जातिकै शिर उँचो पारेकाले सम्मान गरिएको हो । यसैबीच, कार्यक्रम संयोजक राईले किराँत माङखिम निर्माणका लागि १ लाख १० हजार १ सय १५ रुपैँया सहयोग हस्तान्तरण गरे ।

सोही अवसरमा आईजिपी राईको बाल्यकालदेखि आइजिपीसम्मको जीवन यात्राको बृत्रचित्र र शब्दचित्र प्रस्तुत गरिएको थियो । सम्मान ग्रहण गर्दै आइजिपी राईले आफु दुर्गम गाउँबाट निक्कै संघर्ष गरेर आजको अवस्थासम्म आइपुगेको उल्लेख गर्दै जोसँग इच्छाशक्ति, दृढ संकल्प र लगनशिलता छ, उसैले एकदिन सफलता प्राप्त गर्ने बताए । आफु त्यही भोजपुरको दुर्गम ठाउँमा भैसी चराउँदै गाउँकै शिक्षा लिएर आइजिपी भएको भन्दै राईले विदेश पलायन हुनुभन्दा नेपालमै केही राम्रो काम गर्न सुझाए ।

कार्यक्रममा गायक, संगीतकार, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विशेष सहभागिता रहेको थियो ।

भिडियो हेर्न तल जानुहोस

Facebook Comments

Leave a Reply