कथाः लुटिएको विश्वास

अरुणिमा

–अर्जुन दुङमेन

सातदोबाटो पौडीपोखरी नजिक दुर्योधनको खाजाघर थियो । उसलाई भेट्नका लागि बेलाबेला जाने गर्थे । एउटै जिल्लाबासी थियौं । तर नेपालमा हाम्रो चिनजान थिएन । परदेशमा रहँदा पराइभूमिमा हाम्रो चिनजान भाथ्यो । घरदेश फर्केरपनि अति बिस्वासिलो । ऊ मेरो मिलनसार साथी । तरपनि उसले मलाई एकदिन मात्र होइन, बेलाबेला मन दुखाउने गरिरहन्थ्यो । कहिलेकाँही मेरो बिबिध कार्यमा हौसला र उर्जापनि दिन्थ्यो । मलाई लाग्थ्यो नजिक सम्झनेले नै त आँशुपनि दिन्छ र हाँसोपनि । यसरी विश्वासले गाढापन लिदै गयो । हामीबीच जे–जे भएपनि उप्रति कहिले नराम्रो ठानिनँ । दुर्योधनको हङ्गीजङ्गी स्वभाव मलाई मनपथ्र्याे । कुरागर्दा खेरी चाहिँ कहिलेकाँही थपथाप गथ्र्यो । त्यो उसको बानी मलाई पटक्कै मन नपर्ने । ‘भएको यथार्थ कुरा मात्र गर्नुपर्छ । जानेको बुझेको पक्कापक्कि कुरामात्र गर्नुपर्छ ।’– भनेर म बेलाबेला सम्झाउँथें । एकदिन साँझपख उसको खाजाघर पुगें । उसको दिदीकी सासुआमा क्यान्सर पीडित बिरामीरहेको सुनायो । बिरामी आमा पाटन अस्पतालको बेडमा रहेछिन् । बेडभर्ना भएको दुईतीन दिन भइसकेको रहेछ । चिकित्सकको चेकजाँज र सल्लाह अनुसार रगत अभाव भएको कुरा सुनायो । बिरामी आमालाई बेलुकीको खाना खुवाउन जानेबेला भाथ्यो । हामी दुबैभाइ अस्पताल जाने निर्णय ग¥यौ । मैले मेरो गाडी खडा गरें । दिदीले उसलाई पन्ध्रसय रुपैयाँ दिइन् । खशीको मुटुकलेजो, शुप लगेर खुवाइदिन भनि अह्राइन् । मैले गाडी बढाएँ । साँझको बेला धेरैको अफिसवर्क सकेर घर फर्किने समय थियो । बिभिन्न बिद्यालय, कजेकका बिद्यार्थीहरुको पनि पढाई सकेर घर फर्कने समय थियो । पाँच देखि छ बजेबीचको समय हुनुपर्छ । हामी सातदोबाटो चोंकमा पुगेर एकछिन् ट्राफिक जाममा फस्यौं । त्यहाँबाट उम्किएपछि मैले गाडी निकै छिटो बढाएँ ।

छोटो दुरीको बाटोमा ड्राइभिङ गर्दै सम्झिरहें । मन खेलाइरहें— ‘मानवताको नाताले, साथीको दिदी मेरी नि दिदी । दिदीकी सासुआमा, मेरो–हाम्रो नि सासुआमा हुन् । साह्रै सिकिस्तै हुनुहुन्छ होला ! पुरेर उहाँलाई के भनि सहानुभूति दिनु ! निको हुनुहुन्छ कि हुनुहुन्न होला !’

अस्पताल पुग्यौं । आमा उमेरले पाको हुनुहुन्थ्यो । मैले बाटोभरी सोंचेजस्तो सिकिस्त बिरामी चाहिँ हुनुहुन्नथ्यो । देखेर अलि मन ढुक्क भयो । आमाको मुहार उज्यालो थियो । बिरामी बेड नजिक रहेको आप्mनो कवोर्डमा राखिएका फलफुलहरु यताउति मिलाउँदै हुनुहुन्थ्यो । मन केहि हलुँगो भयो । हामी पुरेर दर्शन ग¥यौं । चिकित्सक डक्टरले दिएको रिपोर्ट अनुसार साथीले आमालाई सुनायो— ‘आमा, अरु ठिकैछ अरे ! ब्लडको अलि कमी छ अरे ।’ आमाले मुन्टो हल्लाइन् । ए ऽऽ भन्दै सहमति जनाइन् ।

साथीले पन्ध्रसय रुपैयाँ देखाउदै पुनः भन्यो— ‘आमा ! यो दिदीले दिएको पैसा हो । पाँचसयको खशीको शुप हजुरलाई अहिले खुवाउनु र एकहजार ब्लडबैंकमा जम्मा गर्नु । अनि, ब्लड ल्याइदिनू भन्नु भा’छ ।’ आमाले सहमति दिनुभएन ! ‘नाइ नाइ ऽऽ म शुप खादिनँ । ब्लड पनि अहिले पर्दैन । भोलिसम्म हेरौंला । बरु खै, त्यो पैसा यता ल्याऊ’— आमाले स्वास्थ्यको होइन, पैसाको मोह देखाउनु भयो । त्यो पनि अस्पतालको बेडमा । अझ बुढेसकालमा । मैले अड्कल गरें— ‘आमा अरु निक्कै बाँच्नु हुनेछ ।’ आमाको ईच्छा र चाहना बमोजिम हामीले त्यो पैसा उहाँको हातमा थम्याइदिएर पौडीपोखरी फर्कियौं । आएर बृत्तान्त कुरा दिदीलाई सुनायौं । तरपनि आमाको शरिरमा क्यान्सरले गहिरोरुपमा जरो गाडीसकेको थियो । आमालाई ठिक नहुने कुराले दिदी चिन्तित हुनुहुन्थ्यो ।

अर्को दुईदिन पछि दिउँसोको समय थियो । सूर्यदेव बिस्तारै मलिन हुँदैथिए । मेरो मोबाइलको घन्टी बज्यो । घरबस्दा म पुस्तक ¥याकको माथिल्लो भागमा मोबाइल राख्ने गर्छु । झिकेर हेरें । दुर्योधनको फोनकल रहेछ । उठाएँ ।

‘भिम कहाँ छौ तिमी ? के गर्दैछौ ? समय मिल्छ भने पशुपति आर्यघाट जाऔं है ? दिदीकी सासुआमा बित्नुभयो ।’– यहिंकुरा मोवाइलमा फटाफट भन्यो । यस्तो आवस्थामा मैले फोनमार्फत नै किन, के भयो, कसरी भनेर प्रश्न गरिरहन उचित लागेन । ओके ! भनेर सहमति जनाएँ । दुर्योधन र पूर्णदाइ कोटेश्वर चोंक आउँनुभयो । म पनि त्यहाँ पुगें । भेट गरेर दुईटा बाइकमा हामी तीनजना आर्यघाटतर्फ लाग्यौ ।

हामी आर्यघाट पुग्यौं । आमालाई चितामाथि राखिएको थियो । दिदीको जेठाजु जेठा रहेछन् भोला दवाडी शर्मा । हिन्दू परम्परा अनुसार त्यत्तिखेर उनि सेतो भेषमा खडा थिए । एउटा सेटो कपडाको गम्छा बेरेका । माथितिर आङ्मा एउटा पुरानो जनैमात्र थियो । दिदी लगायत केहि महिलाहरु समूह–समूहमा दुखित भई रुँदैथिए । मलामीहरुको भिड्थ्यो । भिड्बाट ब्राम्हणले आफ्नो कार्य अनुरुप भोलालाई अह्राए । आफ्नी आमाको अन्तिम दाहसंस्कार हुँदैथियो । भोलाको आँखामा न आँशु थियो न’त खुसी ! लाग्थ्योकी उनि कुनै शोकमा होइन, केहि चिजको हत्तारमा थिए । अन्तिमतः उनले आफ्नी आमालाई दागबत्ति दिए । मलामी लगायत हामी सबैले एकएक टुक्रा काठको दाउरा जल्दै गरेको चितामाथि अर्पण ग¥यौं ।

चिता जलिरहेको थियो । दुर्योधन र म अलि वर उभियौं । एकछिन् दुःखका कुराकानी हुँदा सोधें– ‘हैन ! अस्पतालमा हेर्नजाँदा आमा त ठिक हुनुहुन्छ जस्तो लाग्थ्यो । कसरी यस्तो हुनपुग्यो दुर्याेधन ?’

‘उहाँ जाति हुनुहुन्छ भनेर अपरेसन पनि ग¥यौं । अपरेसन सक्सेस् भयो । तर बृद्ध भएको कारण उहाँले दुखाई सहन सक्नु भएन ।’– दुर्याेधनले भन्यो । त्यो भन्दा धेरै सोध्न मन लागेन ।

पशुपतिनाथ मन्दिर परिसर भित्रै किरियापुत्रीघर छ । जहाँ जुठोमा परेकाले किरियापुत्री बस्ने गर्छन् । सोही किरियापुत्री भवनको एउटा कोठाभित्र दिदीको परिवार बसेका थिए । जुन कोठा बाहिर भुइँमा हामी सुतेका थियौं । एउटा मानवता र गहिरो सद्धभाव थियो हामीमा । त्यहिँ मानवताले गर्दा हामीलाई धुलोफुलोको भुँईमा सुताएको थियो । जेठअसारको दिन । निक्कै गर्मी अनुभव हुँदैथ्यो । रातभरि मच्छडले कानमा गीत गाउँथ्यो । हिन्दूहरुको ठुलो नाम कहलिएको शिव मन्दिर ‘पशुपतिनाथ’ । पशुपतिलाई दाहिने आडलिएर बहन्छ बागमति नदी । बिसम्भार देखिने बागमति नदी दुषित छ । दिनकादिन कयौं मानवमृतशव यहिँ नदिको किनारमा जलाईन्छ । जलेर नष्ट भएका र भईनसकेका काठदाउरा, कोइला यहिँ नदिमा पखालेर झारिन्छन् । यीनै कारणले गर्दा बागमति दुषित हुनु सामान्य लाग्छ । दुषित हावापानी नजिकै रहेकाले रातभर कानकानमा मच्छडले गीत गाउँनु पनि सामान्य नै मान्नुप¥यो । मच्छड पनि सानो बच्चा जस्तो जिस्किरहने । आफु नजिक आएर जिस्किने, चल्ने । कुट्न खोज्यो, करायो एकछिन पर भाग्ने । रातभर यो क्रम चलिरह्यो । राजधानीको बसाई हो । कोही अफिस जानुपर्ने । कसैले आफ्नो पसलमा बस्नुपर्ने । बाँच्नलाई यी हरेक कामकाज भ्याउँनैपर्छ । त्यसपछि सामाजिक मनोभाव हुनेले सकेसम्म सामाजिक कार्यमा पनि जुट्नुपर्छ यहाँ । यस्तै कामले थकित ज्यान भुइँमा सुत्दापनि बिहान उज्यालो हुनेबेलातिर एकछिन् मज्जाले निदाएछौं ।

दुर्योधन र रामेछापका एकजना तामाङ सोल्टी मज्जाले घुर्दैथिए । म झस्केर ब्यूँझिएँ । साथीहरुलाई हल्लाएर उठाएँ । छर्लङ्ग उज्यालो भइसकेको थियो । अनगन्ति परिवार बस्ने भवन हो त्यो । जो यस्तै दुःखमा परेको बेला बस्ने गर्छन् । यसो यताउति मेरो निदौरे आँखा घुमाएँ । कोहि दाँतब्रस गर्दैथिए । कोहि चर्पी जानेआउँने गर्दैथिए । कोहि पानी थाप्दैथिए । कोहि आ–आफ्नो भेट्न आएका आफन्तसँग कौशीमा बसेर कुरा गर्दैथिए । कतिपय केटाकेटी वरिपरि फूलबारीतिर छिहिलिँदैंथिए । बाँदरहरु वरिपरि घुम्दै फ्याँकिएका फलफुल दार्दैथिए । कुनैले बच्चालाई दुध चुसाउँदै थिए । हामी सुतेको कौशी अथवा प्रत्येक कोठा अगाडि एउटा–एउटा बस्ने चौतारो जस्तो बनाईएकाछन् । मज्जाले अढेस लागेर बस्न मिल्ने फलामेरड्का सिटहरुछन् । हाम्रो नजिकै एकजना किरियापुत्री बसेका ब्यक्ति त्यहिँ सिटमा बसेका थिए । सेतो सुतीको कपडाले शरिर ढाकेको । जुठोमा परेका मान्छे हुन् भनेर प्रष्ट्रै चिनिन्थ्यो । तर निदौरो आँखाले ठम्याउँन सकिनँ । को हुन् उनि ! हुनपनि त्यो भन्दा अगाडि त्यो ब्यक्तिलाई कहिल्यै देखेको थिइनँ । देखेको थिएँ त एकदिन अगाडि देखेको थिएँ, दागबत्ति दिने बेलामा रहेछ । उहिँ भोला दवाडी शर्मा । उहाँ मेरो जेठो भिनाजु हुन् भनि पछि मलाई दुर्योधनले चिनायो ।

भोला सिटको भित्तोमा मज्जाले अढेस लागेर हामीलाई नै नियाल्दै थियो । एउटा सिग्रेट सल्काएर दाहिने हातको औंलामा च्यापेको थियो । जुकाले जस्तो ओठमुख च्वालाक्क–च्वालाक्क पार्दै थियो । घरिघरि सिग्रेटको धुँवा फुस्स–फुस्स उडाउँदै थिए । मानौं त्यो मान्छे जुठोमा परेको नभएर कुनै योजनामा कल्पिदैं थियो । एउटा छुट्टै आनन्दमा डुबिरहेथ्यो । हामी लक्का जवानहरुलाई देखेर केहि योजना बुन्दैथियो । लाग्थ्योकी, उनि एउटा ठुला उद्योगपति हुन् । यी जवानहरु धुलोफुलोमा लडेको देखेर सोच्दैथिए होलान्– ‘उनको कम्पनीमा सबैलाई एउटा–एउटा पदियदायित्व दिएर काम लगाऊँ । राम्रो राम्रो नोकरी दिलाउँ । एकएकओटा बिभागको बिभागिय प्रमुख बनाइदिऊँ !’ दुर्योधनले मेरो भिनाजु हो भनेर सम्झाएपछि मलाई त्यस्तो याद आयो । तर मलाई कुनै त्यस्तो बिभागिय प्रमुखको लालच भने पटक्कै थिएन । म अल्रेडी खाडीमुलुकमा भएपनि अमेरिकन कम्पनीमा एक प्रशासकिय अधिकृतको जिम्मेवार पदवहन गरेर नेपाल फर्केको हुँ ।

मलाई त्यस्तो लाग्नु उसको भिनाजु गजक्क परिबसेकोले होइन । डन्जस्तो सिग्रेट तनाईले पनि होइन । दुर्योधनको परापूर्व अभिब्यक्ति गराईले हो । दुर्याेधन र म बिदेशमा सँगै बस्थ्यौ । सँगै कामगर्न जान्थ्यौ । सम्भवतः समय मिलेसम्म सँगै लञ्चडिनर खान्थ्यौ । बिहान देखि बेलुकी साँझसम्म बाह्रघण्टा अफिस ड्युटी गथ्र्यौ । बेलुकीको डिनरपछि रेसिडेन्स् गएर नुहाउँथ्यौ । त्यसपछि राति दशएघार बजेसम्म गफ गथ्र्यौ । कुनैबेला धेरै अबेरसम्म गफ गरिन्थ्यो । अब सुतौ भोलि काममा जान सकिँदैन भनेर छुट्न खोज्थ्यौ । बाहिर निस्केर सुत्नअघि ट्वाइलेट जान्थ्यौ । बाहिर हेर्दा झिलीमिली चन्द्र उदाएको हुन्थ्यो । चन्द्रमा हेर्दै लिभिङ्कन्टेनर बाहिर बसेर पुनः गफ गथ्र्यौ । यसरी रातको बाह्रएक बज्थ्यो । अनि सुत्थ्यौ । बिहान पाँचबजे उठेर कुनै हालतमा छ बजे ड्यूटी पुग्नै पथ्र्यौ । एक मिनेट ढिलो अफिस पुगियो भने ‘बोस’ले भन्थ्यो– ‘हेइ मिष्टर राई ! सि वाच् इन् दि वाल् ।’

यसरी गाली सहनुपथ्र्यो । राति अबेरसम्म बात मार्नुले गर्दा । दुर्योधनले बेलाबेलामा आफ्नो दिदीभिनाजुको कुरा सुनाउँथ्यो–

‘मेरो दिदीभिनाजु काठमाडौंमा जमिएर बजेका रैथानेहुन् । काठमाडौंमा घरथर भएका हुनेखानेछन् । यहिँ जेठा भिनाजु सबैभन्दा बढि कमाउँछन् । करोडौं रुपैयाँ पर्ने कार चढेर मात्र हिड्छन् । काठमाडौंमा कसैलाई टेर्दैनन् । यताउति हिँड्डुल गर्दापनि सबैले सलाम ठोक्छन् ।’

दुर्योधनको यी कुराहरुले म’माथि सकारात्मक प्रभाव जमाएको थियो । उसको दिदी भिनाजु र भिनाजुका खलकहरुप्रति मैले हेर्ने दृष्टिकोण सकारात्मक थियो । तर धनिमनि छन्, जस्लाई सधंै सेवा गर्नुपर्छ भन्ने म चाहान्नँ । त्यस्तो चाप्लुसी पनि गर्न आउँदैन । उहाँहरुलाई दिदी भिनाजुको नाताले सम्मान गर्नुपर्छ । त्यो आफ्नो ठाउँमा छ । सेवा नै गर्नुपर्छ भने बरु गरिव, असहायको सेवा गर्नु लाखौंगुणा उपयुक्त मान्छु म । भिनाजुको त्यो स्तरको कुराकानी मैले पहिल्यै दुर्योधनबाट सुनेको थिएँ । उहाँको र मेरो स्तर के मिल्ला र ! यस्तैकुरा सम्झेर ती सिग्रेटको मज्जा लिइरहेका भिनाजुलाई मैले खासै प्रायोरिटी दिइनँ । उनि धनीमनि मान्छे । ठुला मान्छे । म आफु जे–जस्तो भएतापनि समाजिककार्य र समाजसेवा रुचाउँछु । उहाँसँग मेरो कुरा नमिल्ला । हाम्रो पारिवारिक तथा आर्थिक स्ट्याण्डर्ड मिल्दैन । के कुरा गर्नु ! यस्तैकुरा मनमा खेलाएँ । उहाँसँग गहिरिएर कुरा पनि गर्न रुचाइनँ ।

पछिल्लो एकसमयको कुरा हो । तिनचार महिना बितिसकेको थियो । म तराईघरबाट कार्तिक ७ गते काठमाडौं आइपुगें । साथी भनेपछि दुर्योधनलाई नै किन मैले यतिधेरै सम्झिनु पर्ने ! सोहिदिन भोलि भेटगरुँ है भनेर हामीबीच कुराकानी भयो । मिति २०७२ साल कार्तिक ८ गते दुर्योधन र मेरो भेट भयो । अति मिल्ने साथीसँग भेटौं भेटौं लागिरहन्थ्यो मनभरि । फोनकल भएको भोलिपल्ट भेट भयौं । बिहानको खाना सँगै खायौ । बेलुकीको खाना सुरजकोमा खायौं । सुरजकी श्रीमती स्वभावदारीछिन् । उनले मिठो खाना बनाएर दिइन् । खाना खाएर हामी सबै सोफामा आनन्दले बसेका थियौं । हामी सबैको आँखा टेलिभिजनतिर केन्द्रीत थियो । साथीभाइबीचको गफ पनि चलिरहेकै थियो । सुरजले कुरा गर्र्नेक्रममा भन्यो– ‘पर्सी पूर्णिमाको दिन हो । बडादशैंको अन्तिम दिन । पर्सी बेलुकी पनि तपाईंहरु दुवैजना यहिँ आउँनुहोस् है । यो सालको अन्तिम दिनको दशैं मनाउँनुपर्छ ।’

हामी एकछिन हेराहेर ग¥यौं । दुवैजनाले सहमति जनाइहाल्न पनि सकेनौं । हुँदैन, भ्याइदैन भन्नपनि सकेनौं । ‘सोचौंला नि त !’ भनेर यो कुरालाई बिट मा¥यौ । हामी दुवैजना सुरजको कुरामा मनमनै सहमति चाहिँ थियौ । भोलि भेट्ने कुरा राख्दै रातिको भोजनपान पछि हामी बिदा भयौं । भोलिपल्ट बिहान चियापानको सुरमा दुर्योधनसँग गफिदंैथ्यौं । हामीबीच कुरा निस्कियो । आज रमाइलो गर्नुपर्छ । तर के गरेर रमाइलो गर्ने त ! अन्तिमतः सिनेमा हेर्न जाने कुरामा दुबै सहमत भयौ । साङ्गठनिकरुपमा सँगै संलग्न साथी रमिता । उनलाई पनि सिनेमा हेर्नजान फोनकलमार्फत अनुरोध गरें । रमितालाई म आफ्नो बहिनी सरह मान्छु । उनले पनि मलाई ‘दा’नै भनेर भन्ने गर्छिन् । उनले मेरो वचनलाई नकार्न सकिनन् । रमिताले साथी भयो भने आउँछु दा भन्ने कुरा गरिन् । केहिबेरमा फोनकल आयो । रमिताले फोनमा भनिन्– ‘हुन्छ, हवस् दा,, एकजना बहिनीलाई भनेको छु । उनिसँग आउँछु ।’ उनि रञ्जनासँग आइन् । हामी चारजना ग्वार्कोमा भेट भयौं । गुणसिनेमामा छि¥यौ । नेपाली चलचित्र ‘परदेशी’ चलिरहेको थियो । थुप्रै हिन्दी सिनेमाहरु पनि चलिरहेका थिए । म हिन्दी सिनेमा मन पराउँने भएपनि नेपाली सिनेमा नै बढि मन पराउँछु । नेपाली सिनेमा हेर्न सबैलाई मञ्जुर गराएँ । आफु स्वयंमले परदेश भोगेकोले निकै मनमा प्रभाव जमायो परदेशीले । दुर्योधनलाई पनि सोहि भएको बुभेंm । रञ्जनाले मलाई सेतो टिस्युपेपर हातमा लगाइदिइन् । जुन टिस्युको राम्रो सदुपयोग गरें । सिनेमा एकतमासले अघि बढिरहेथ्यो । हेर्दाहेर्दै टुङ्गिएछ । गायक तथा नायक प्रशान्तको अभिनयले मनमा मज्जाले प्रभाव जमायो । हामी हलबाट बाहिरिदैं एकापसमा कुरा भयो– ‘सिनेमा ब्यबहारिक र सामाजिक रहेछ । राम्रो लाग्यो । आजको पूर्णिमा रमाइलो भयो ।’

गुणसिनेमाको बाहिर उभिएर कहाँ जाने या छुट्ने हामी चारजनाबीच छलफल भयो । ‘आज हामीलाई पनि दशैं मनाउँन दिदीले बोलाउँनु भा’छ । सबैजना उतै रोशनी दिदीकोमा जाऔं न दा’– रमिताले अनुरोध गरिन् । म साथी भनेपछि मरिहत्ते गर्ने मान्छे । यता दुर्योधनलाई एक्लै जाऊ कसरी भन्नु ! रमिताले पनि भनिन्– ‘सबैजना जाऔं न त !’ त्यो दिनको अर्को अविष्मरणिय क्षण– ‘दुईपाङ्ग्रे गाडीमा अटिनअटि हामी चारजनाको सवार । रोशनी दिदीको घरसम्म ।’

मलाई थाहा थियो । दिदी एकदमै मिजासिली हुनुहुन्छ । उहाँको घरमा मैले अघिपछि पनि डिनर गरेको थिएँ । उहाँको घरमा पुग्दा खुव खुसीहुनुहुन्छ । म मेरी कुनै दिदीलाई सम्झँदा उनिमा फरक पाउदिनँ । पूर्णिमाको दिन उहाँकोमा पुग्दा अत्यन्तै हाँसोखुसी देखें । बस्न भन्नुभयो । खुसीसाथ सोफामा दुर्योधनसँग बस्यौ । रमिता, रञ्जना र रोशनी दिदी सबैजना किचेनभित्र छिर्नुभयो । छिनभरमै पालैपालो भित्रबाट खानेकुराका बिभिन्न परिकारहरु ल्याइदिन थाल्नु भयो । साथमा चिसो कोकाकोला, फ्यान्टा, माउन्टेनड्यु पनि ल्याउनुभयो । हामी त्यत्ति भोको त थिएनौं । तरपनि दिनमा सिनेमाको रमाइलो, बेलुकी खानपानको रमाइलो गरौं भन्नेमा लाग्यौं । रोजीरोजी परिकारहरु टिप्न शुरु ग¥यौं । उहाँहरुले आ–आफ्नो लागि पनि खाने परिकारहरु ल्याउँनु भयो । सबैजना भोजनको रमाइलोमा थियौं । दुःखसुखका गफहरु साथमा छँदैथियो ।

दुर्योधनले गोजी छाम्यो । भाइब्रेसनमा रहेको मोवाइलमा फोन आएछ । फोन उठायो । ‘हस् हुन्छ, हुन्छ ऽऽ अब म यहाँबाट हिंडे । अस्तिकै ठाउँमा होइन त ? ल, ल,, एकछिन् पर्खिदैं गर्नुहोस् । म आइपुगिहाल्छु ।’– यतिकुरा गरेको सुने । यसको मतलब मैले बुझ्नुप¥यो अब ऊ हिड्ने भयो । आफै जाउ भन्नपनि मनले मानेन । मिल्ने साथी हो । दिदीको घरबाट रिङ्रोडमा निस्किन हिडेर करिव पन्ध्र मिनेट जति लाग्छ । आफ्नो गाडी दिएर पठाउँ भने म आफु भरै लुखुरलुखुर हिड्नुपर्ने हुन्छ । सोचे र दुर्योधनलाई भने– ‘ल हुन्छ त, म पनि जान्छु ! सँगै जाउँला ।’ दिदी नमिठो मान्दै हुनुहुन्थ्यो । रमिता र रञ्जना पनि नजानुहोस् दा । भरैभरै जानुहोला नि भन्दैथिए । हामी बिदा भएरै छाड्यौ । त्यहाँबाट बिदालिई हिड्यौं । बाटोभरी दुर्योधनले सोध्यो– ‘तिम्रो एकाउण्टमा कति पैसा छ ? बाहपन्ध्र लाख रुपैयाँ छ ?’

‘छैन, छैन । के को पैसा म सँग हुन ?’– मैले भने ।

उसको सोचाई ब्यापारिक भइसकेको रहेछ । फेरी सोध्यो– ‘अमेरिका जानलाई जम्मा गरेको रकम त होला नि ? त्यहिँ पैसा आज लगानी गरिराख । आजको भोलि पैसा फिर्ता आउँछ । त्यसमा पनि लगानी गरेबापत तिमीलाई पुरै सहयोग मिल्छ । पैसा एकरातको लागि लगानी हो ।’

‘हैट ! दुर्योधन म’सँग त्यत्रो पैसा छैन । म ब्यवसायमा पोहोर साल पनि डुबे । पराहारको साल पनि बिदेशी कम्पनीको नाममा डुबेको छु । मेरो सबै यी घटना तिमीलाई चन्द्रसूर्य जस्तो छर्लङ्गै छ !’

मैले गाडी चलाइरहेको थिएँ ।

‘हैन, कहाँ त्यस्तो नानाभाँतीको कम्पनीको कुरा गरेको भिम ? यो काम त्यस्तो होइन, जहाँ तिम्रो पैसा डुब्यो । यो त एउटा बिशाल प्रोजेक्ट हो ।’

‘कस्तो हो त त्यो ?’

‘अब हामी पुग्छौ । तिमीले भेटीहाल्छौ नि मान्छे । अनि थाहा हुन्छ । त्यसपछि तिमीलाई विश्वास लाग्छ ।’

बिजिनेस ब्यापारको कुरा गर्दै यतायता र उताउता भन्दै उसले बाटोको ईसारा गरिरहेको थियो । मेरो गाडी चलाई निरन्तर थियो । हामी पुग्यौ । त्यो ठाउँ सातदोबाटो महानगरीय प्रहरी परिसरको पछाडिको गल्लि । को होला, कस्तो होला भन्दै बुझ्नलाई म पनि आत्तुर थिएँ ।

कटराइजको फुस्रो पाईन्ट, ध्यूकलरको हाफ टि–सर्ट, अलिकति चुचो उठेको फुस्रो चुच्चेटोपी (पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाएको जस्तो) लगाएको अधबैंशे मान्छे ठिङ्ग उभिरहेथ्यो । हातमा सानो कालो ब्याग झुण्डाएको । ओकिलको जस्तो । उहिँ ललितपुर निवासी जेठा भिनाजु पो रहेछन्, भोला दवाडी शर्मा । जिब्रो च्वालाक्क–च्वालाक्क पार्दै भने– ‘ल हेर त हेर ऽऽ भेट्नै पर्ने मान्छेसँग भेट भयो ।’

‘भिमले पैसा लगानी गर्छ भिनाजु । तर उसलाई पचास लाख रुपैयाँ दिनुपर्छ । उसको पनि बिदेश जानलाई जोहो गरेको पैसा हो । उसलाई पनि अहिले हेल्प चाहिएको छ ।’– दुर्योधनले भन्यो । म हेरीरहें । सुनीरहें । दुर्योधनको कुराले बाटोमा भोकले लडेको भिकारीलाई चिउरा र दालमुड दिएजस्तो भयो मलाई । प्यासले भौतारिएको हरिणलाई जङ्गलमा कतै पानी जमेको पोखरी भेट्टाए भैंm भयो । मनमनै पीडितलाई राहत मिले जस्तो भयो । स्टुडैण्ट विजामा अमेरिका जानका लागि मलाई ‘सोइङ्ब्यालेन्स’ डिपोजिट गर्ने पैसा नभएर छट्पटाइरहेको थिएँ ।

तैपनि, ‘पैसा के को लागि लगानी गर्नुपर्ने हो ? के मा लगानी गर्नुपर्ने हो ?’– सोधें ।

‘भिनाजु, भिमलाई स्पष्ट भनिदिनु त !’– दुर्योधनले भिनाजुलाई भन्यो ।

‘मैले पाउँनुपर्ने ३८ करोड ३५ लाख रुपैयाँ अड्किएको छ । त्यो मेरो कमिशनको पैसा हो । कसैसँग लुटेर कमाई गरेको पैसा होइन । मेरो टुप्पीबाट पसिना चुहाएर दुःखगरी कमाई गरेको पैसा हो । त्यो पाउँनु पर्ने पैसाको सरकारी राजस्व तिर्नेपैसा नभएकोले नेपाल राष्ट्र बैंकमा अड्किएर बसेको छ । त्यहिँ राजस्व चुक्त गर्र्ने पैसा चाहिएको हो । आज राजस्व बुझाएपछि भोलि तुरुन्तै पैसा लिन सकिन्छ । त्यसपछि मेरो पनि गाँठो फुकिन्छ । तपाईँ सालोहरुलाई पनि म ब्यापार गर्न पुग्ने रकम दिन्छु ।’– भिनाजु भोलाले भने ।

झमक्क रात प¥यो । भोलि भेट गरेर काम गरुँला भन्दै भिनाजुसँग छुट्यौ । ‘केहि पैसा लगानी गर्न सकेदेखि मलाई पनि पुग्दो पैसा आउँने रहेछ ।’– मनमा नानाथरी खेल्न शुरु ग¥यो । हामी मानिस लोभी जात हौं । लोभ शुरु भयो मेरो मनमा । हुन त हामी उन्नतिशिल, प्रगतिशिल मानवप्रजाती हौं । लोभ नगरी पनि उन्नति हुन सक्दैन जीवनमा । एउटा ब्यवसायीे या उद्योगपतिले आज कमाएको भन्दा भोलि अझ बढि कमाउन चाहान्छ । तर यो कमाई साँच्ची नै हुने हो वा नहुने । केहि पत्तो पाउँन सकिनँ । विश्वास नगरुँ भने मेरो परदेश देखिको साथी दुर्योधन । भिनाजु सानोतिनो कारोबार नगर्ने मान्छे भनेर मेरो कानमा गुञ्जिएको छ । उहिँबेला करोडौको कारमा सवार हुन्छ भनेर भन्ने गथ्र्यो । यीनै कुराहरुले मनमा विश्वास जम्यो । जीवनमा केहि आशा पलायो । एकातिर हर्षको पल शुरुवात भयो ।

दुर्योधनको म’सँग चिनजान हुनु भन्दा पहिलेको अर्को साथी रहेछ । उनिहरुसँगै सिंगापुरमा बसेको साथी रहेछन् । स्याङ्जाका भरत गुरुङ । उसलाई पनि यो ब्यवसायबारे सुनाएको रहेछन् सालो–भिनाजुले । ब्यबसाय सुनाएर लालायित पारी चौधलाख रुपैयाँ रकम लगानी गरीसकेका रहेछन् भरतले । दुर्योधनले पनि भन्छ– ‘मैले चौधलाख रुपैयाँ लगानी गरिसकेको छु । अब थोरै रकमले नपुगेको हो ।’ तरपनि यी दुवैजनाले लगानी गरेको पैसा मेरो आँखाले देखिनँ । कत्तिखेर, कहिले भिनाजुलाई बुझाए । मलाई थाहापत्तो भएन । त्यो कारोबार अगाडि नै भइसकेको हो भने उनिहरुले । त्यत्तिखेरै भारतले नेपालप्रति अघोसित नाकाबन्दी गरेको अवस्था थियो । बजारमा बिभिन्न उपभोग्य बस्तुको सर्टेज थियो । पेट्रोलको हाहाकार थियो । पेट्रोल लिटरको पाँचसय रुपैयाँ सम्मले हालेर गाडी चढ्यौ । सधंैभरी त्यसरी पनि सकिएन । ‘भोलि भद्रकालीको सैनिक पेट्रोल पम्पमा पेट्रल दिन्छ अरे ।’– अघिल्लो दिन सुनिका थियौ । त्यहिँ भएर पेट्रोल थाप्न गाडी अघिल्लो दिन साँझ नै लाईनमा छाडेको थिएँ । त्यो रात पनि दुर्योधनसँग सँगै बसियो । रातभरी मोबाइलमा सालो भिनाजु ब्याबसायिक गफ गरिरहन्थे । के–के गफ गर्थे मलाई थाहा हुँदैनथ्यो । धेरै कुरा गरेपछि मलाई ह्याङ् लाग्थ्यो । भोलिपल्ट बिहानै भिनाजुले सातदोबाटो भेट्न बोलाए । हामी सातदोबाटो पुग्यौं । भिनाजुलाई फोन गर्दा थापाथली बैंक पुगेको कुरा बताए । हामी तीनपाङ्ग्रे अटोटेम्पो समाएर हिड्यौं । ट्राफिक जामले एकदमै ढिलो भइरहेथ्यो । भिनाजुलाई भेट्ने एउटा काम थियो । पेट्रोल थाप्नका लागि लाईनमा गाडी सार्न जान पनि हतार थियो । भरतले फोन गरिरहेथ्यो– ‘लाईनमा गाडी अगाडि सार्नु पर्ने भयो । कता छौ ? चाँडो आउ !’ दुर्योधन र म सातदोबाटोबाट टेम्पो चढेर हिडेका थियौ । दुर्योधन थापाथलीमा भिनाजुलाई भेट्न ओर्लियो । म सोही टेम्पोबाट माइतीमण्डला पुगें । सैनिक गेट भन्दा अलि अगाडि ओर्लिएँ । दगुर्दै गाडीको लाईनमा पुगेँ । तातो घामको गर्मीले हफ्हफ हुँदै भरत र म आ–आफ्नो गाडी बिस्तारै सार्न शुरु ग¥यौ । जबजब लाईन अघि बढ्छ । गाडी सार्दै गयौं । यो क्रम चलिरहेथ्यो । दुर्योधन र भिनाजु त्यहिँ आइपुगे । दुर्योधनले भन्यो– ‘भिम तिमी जाउ । माथि शितलमा भिनाजुसँग कतै बसेर फाइनल कुरा गर । चाँडो गर्नू । म तिम्रो गाडीमा पेट्रोल थापीदिन्छु ।’ खोसेर मेरो गाडीको चाभी लियो । म लुखुरलुखुर भिनाजुसँग लागे । गएर भद्रकालीको छहारीमुनि सिटमा बस्यौ ।

मैले भने– ‘भिनाजु म’सँग पैसा छैन । भएपनि यो मेरो अमेरिका जानलाई जम्मागर्न लागेको साहुको पैसा हो ।’

‘हो ऽऽ हाम्रो राईट टायममा भेट भयो । अब जति चाहिन्छ म लगाइदिन्छु । पहिला यो मेरो काम फुकाउन मद्दत गर्नू ।’– भिनाजुले भने ।

भिनाजुको संगत गरेको पनि छुइन । आफुले चिनेजानेको पनि छैन । फेरी सोधें– ‘के यो कुरो सत्य हो त भिनाजु ? तपाईंको कमिसन साँच्चि आउँछ ?’

साह्रा दुनियाँ क्रिरिया कसम, छोराछोरी भाक्तै भने– ‘विश्वास गर, यो सत्य हो ।’ भनेर चित्त बुझाइदिए । म आफु झुटोकुरो कहिल्यै बोल्न चाहान्न । बोल्न नपरोस् पनि । भिनाजुले किरियाकसम नै खाएपछि पुनः सन्तुष्ट भएँ । अब यो काम फत्तेपारेर ठुलै ब्यबसायी बन्नु पाइने भयो । कल्पना गरिरहेँ । ठुल्ठुला सपना देख्दैगएँ । तुरुन्तै दुईचार ठाउँ फोन घुमाएँ । केहि पैसा जम्मा हुने भयो । लिनलाई दुर्योधन र म दुवैजना जाने प¥यौ । साँझसम्म चारलाख रुपैयाँ यताउति जम्मा भयो । कसरी दिउँ की नदिउँ भयो मलाई । भिनाजुलाई भद्रकालीमा नै पर्खन भनेका थियांै । भद्रकालीमा नै पैसा पु¥यायौं । पैसा हातलगाइदिँदा दुर्योधनको हातमा दिएँ । दुर्योधनको मनले मेरोहातबाट पैसा लिन नमानेको प्रष्ट बुझिन्थ्यो । मनले नमानी नमानी त्यो पैसा लियो । भिनाजुलाई एकपटक दियो । फेरी फिर्ता लिदैं भन्यो–

‘नत्रभए भोलि एकसाथ लिनुहोस् भिनाजु ।’

‘आइसकेको कुरो ले न ले ऽऽ यता ले । भिनाजुले राख्नु र सालोले राख्नु एउटै कुरो हो ।’ भन्दै भिनाजुले पैसा तानेर लिएँ । भिनाजुको यो तुच्छ ब्यबहारले मलाई कताकता चित्त बुझेन । मनमनै सोचें– ‘करोडको कुरा छ, के लाखमा ¥याल चुहाएका होलान् । हामीले भोलि एकसाथ पैसा दिँदा के हुन्थ्यो र ?’ पैसा बुझाएर हामी सबै चारैजना बाटो लाग्यौ । दुर्योधन र म सँगै हिड्यौं । अभैm म स्पष्ट थिइनँ । मात्र साथी र साथीको भिनाजु भनेर विश्वासमा काम गर्दैथिएँ । फर्कदा बाटोमा दुर्योधनलाई सोधें– ‘होइन दुर्योधन ! यो यत्रो के को कमिसन हो भिनाजुको ?’

‘दरबार मार्गमा बडेमानको भवन छ । जुन भवनमा भयानक होटल पनि सञ्चालित छ । सोहि भवन होटलसहित एघार अर्बमा बिक्री गराइदिएबापत भिनाजुले पाएको कमिसन हो ।’ – उसले भन्यो । म पुनः ढुक्क भएँ । के भन्नु र, त्यस्तो खुसी कहिल्यै मिलेन होला । त्यतिधेरै खुसी हुन्थ्यो मनमा । साथीले गर्दा सानो लगानीले ठुलै आम्दानी गराउने भयो भन्ने लागिरह्यो । यत्तिखेर सम्ममा भिनाजुले पनि ३८ करोड ३५ लाख रकम मध्येबाट दश करोड दुर्योधनलाई ब्यबसाय गरिखान भनेर दिने वचन दिइसकेका थिए । ‘दश करोडबाट तिमीहरु मेरो सालोहरु हौ । जे–जे गर्छौ गर । बाँटेर मज्जाले ब्यापार सञ्चालन गर्नू’– भिनाजु भोलाले भने । भिनाजुको यो कामको लागि अरु पैसा जम्मा गराउँनु बाँकी छ मैले । कहाँबाट जम्मा गर्ने होला ! कुमार दाइलाई सम्भेmँ । उहाँले बहत्तर घण्टाको लागि भनेर पाँचलाख रुपैयाँ काडखोज गरिदिनु भयो । त्रिलोक दाईले एकमहिनाको भाकाबन्द राखि गोपीकृष्ण पछाडि सरस्वतीनगरमा एउटा सहकारी संस्थामार्फत एकलाख रुपैयाँ काडीदिनु भयो । परदेशमा कार्यरत एकजना साथी जुनिताले दुईलाख रुपैयाँ पठाइदिइन् । अन्य भएभरका आफन्तलाई सम्झेर त्यसको भोलि बिहानसम्म दशलाख रुपैयाँको बन्दोबस्त गरें ।

कार्तिक ११ गते बिहान दशबजेतिर दुर्योधनको फोन आयो– ‘हुन्छ, म पैसा लिएर थापाथली आउँदैछु ।’– भने । थापाथली चोंकमा भेट भयौं । भिनाजु भोला दवाडी शर्मा, दुर्योधन मगर, भरत गुरुङ अनि म । चोंकदेखि उत्तरपूर्वको एउटा भोजनालयमा बस्यौं । चिकनकरी, ड्राइनान, रोटी, राज्मा दालकरी, फ्राइदाल, तातोपानी प्रशस्त परिकार मगायौं । हुनपनि हामी रातारात करोडको कारोबार गर्ने बडा ब्यापारी हुँदैछौ । कमिसन नै यत्रो ठुलो परिमाणको रकम । हृदयबाट केहि हदसम्म कताकता विश्वास लाग्दैनथ्यो । तर देशपरदेश देखिको संगत गरेको साथी । साथीको धनाढ्य भिनाजु सम्झेर आफ्नो मनलाई बिस्वासिलो बनाउनुपथ्र्याे । हर्षले खुट्टा भुँईमा थिएन । बायुपङ्खी घोडा चढेर सवार गरे भैंm हमेसा लागिरह्यो । भिनाजुले थोरै खानेकुरा खाएँ । अनि फेरी फुस्सफुस्स सिग्रेटको धुँवा उडाउन थाले । हामी तीनभाइ पेटभरी खायौं । भिनाजु ढनाड्य मान्छे हुन् तर उनलाई सिग्रेट पनि हामीले किनेर दिनुपथ्र्यो । मलाई लाग्थ्यो, धनीले गरिव प्रतिको शोषण यहिँ होला ।

सिग्रेटको धुँवा उडाउँदै भिनाजुले भने– ‘ल ल्याउ न त पैसो । म नेपाल राष्ट्र बैंकको काम मिलाउछु । राजस्व चुक्ता गर्छु । भोलिको लागि कुराकानी ठ्याक्क मिलाउँछु । आज भरैराति राष्ट्र बैंकको गभर्नरसँगै बस्छु । यत्ति ठुलो रकमको कारोबार हो । आजैदेखि गभर्नरको घरैमा बसेर राम्रो काम नमिलाई हुँदैन । भोलि ११ बजे यहिँनेर पैसा ट्वाक्क !’ भिनाजु बाहुनका छोरा तर चिम्सा आँखा । घुमाउरो नजर चारैतिर घुमाउँछन् । जिब्रो च्वालाक्क–च्वालाक्क पार्न छाड्दैनन् ।

मैले पैसा दिन मन नलागेको उनले महसुस गरे । विश्वास दिलाउँदै भिनाजुले भने– ‘बरु भोलि त्यत्तिधेरै रकम लैजान गाह्रो हुन्छ । यहाँ बैंकमा छिटो काम मिलाएर कार सोरुम जाऔं । एक करोडको ‘सान्टा फे’ ९क्बलतब ँभ, न्ीक् ीयध त्चष्m० कार अस्तिनै बन्दोबस्त गरिसकेको छु । फेरी भोलिको लागि कन्फर्म गराउँछु । भोलि यहाँ बैंकको कारोबार मिलेपछि म कलगर्छु । तुरुन्तै कार बैंक भित्रै ल्याइदिन्छन् । पैसा बोक्ने, हिड्ने ।’

‘भिनाजु, यत्तिखेर मेरो लागि एकलाख रुपैयाँ पनि एक करोड सरह नै हुन्छ । तलमाथि नहोस् है ! बरु काम मिल्दै मिल्दैन भने यो काम गर्दै नगरुँ ।’– मैले सौहादपूर्ण बिन्ति बिसाएँ ।

‘सुन ! दुर्योधन मेरो सालो । तिमी पनि मेरो सालो । तिमीहरुलाई डुबाउने काम म कुनै हालतमा गर्दिनँ । बरु पछि पनि हामी मिलेर ब्याबसाय गर्नुपर्छ ।’– भिनाजु भोलाले विश्वास दिलाए ।

अझ मैले आफ्नो मनको कुरा राखें– ‘हामी मानव, एकदिन मरेर जाने चोला हो भिनाजु । कसैले कसैको जीवन, घरपरिवारमाथि खेलवाड गर्नु अपराध हो । सिधै भन्नुपर्दा म तपाईंलाई चिन्दिनँ । अहिलेसम्म तपाईंको मोवाइल नम्बर पनि स’सँग छैन । मैले यो सबै दुर्योधनको विश्वासले तपाईंसँग काम गर्दैछु ।’

‘दुर्योधनको दिदी मेरी बुहारी हुन्– सबिना । यदि मैले त्यस्तो नाजायज कार्य गरे भने उनै बुहारीले पनि मलाई खकारेर थुक्नेछिन् । लु यस्तो सानो तिनो कुरामा नअल्झौं ।’– भिनाज हरतरहबाट आफ्नो तर्क बलियो बनाई रहें । दुर्योधनले पनि भन्यो– ‘ल ल,, छिटो गरौं । फेरी आजपनि काम नबन्नसक्छ ।’

मैले मेरो सबै विश्वास सुम्पिएँ । गनथन नगरी त्यहिँ भोजनालय भित्र टेवलमाथि पैसा राखें । ‘दुर्याेधन, मेरो हातबाट गएको पैसा फर्किदैनन् । तिम्रै हातले भिनाजुलाई देऊ ।’– भने । उसले पनि दिन हिच्किच्यायो र भन्यो– ‘मेरो पनि हात त्यस्तै छ ।’

पैसाका बिटा धकेलिदिँदै भन्यो– ‘ल भिनाजुले यो टेवल माथिबाट लिनू !’ भिनाजुले पैसा लिए । थापाथलीको नेपाल राष्ट्र बैक भित्र भिनाजु छिरे । पन्ध्रबिस मिनेटमा भिनाजु आफ्नो ओकिले झोला हल्लाउँदै बाहिर आए । हामी सबैले चाखलिएर सोध्यौ– ‘काम भयो त भिनाजु ?’

‘भयो । नहुने कुरै छैन !’

‘लु त्यसो भए कार हेर्न जाऔं ।’

‘हुण्डाई कार सोरुम’ पस्यौ । थापाथलीको ९म्ष्कतचष्दगतयच या ज्थगलमबष् ख्भजष्अभि ायच ल्भउबस् िीबहmष् क्ष्लतभचअयलतष्लभलतब िएखत। ीतम।० भित्र पस्यौ । ‘रिसेप्सनमा के को लागि आउँनु भयो ?’– रिसेप्सन गर्लले सोधिन् । ‘अरु के हुनु नि ऽऽ त्यहिँ त हो । अस्तिको कार पुनः हेर्न र कन्फर्म गर्न आएको । फलानो जी हुनुहुन्न ?’– भिनाजुले सोधे । ‘हुनुहुन्छ । म बोलाईदिन्छु ।’– ती युवतीले भनिन् । हामी एकछिन् पर्खेर बस्यौं । एउटा ह्याण्सम केटो ‘नमस्कार भोला सर’ भन्दै आयो । कार देखाउँन लग्यो भित्र । एक करोड (अंकित मूल्यः ९९,९६,०००।–) को कार ९क्बलतब ँभ, न्ीक् ीयध त्चष्m, द्दज्ञढढअअ, म्ष्भकभ िँगभ०ि हे¥यौ । भिनाजुले मज्जाले घुमिघुमि हेर्नुभो । भिनाजुको लागि भोलि यहिँ कार आउँछ । सोच्यौं । हामी तिनभाइले पनि सामान्यखाले एक÷एक ओटा ब्यवसायिक कार किन्ने मनसाय बनायौं । नजिकै रहेको अर्काे टाटाको सोरुम पस्यौ । ‘घाँटीहेरी हाड निल्नू’– नेपाली उखान । दुर्योधनले सत्रलाखको अल्टो रोज्यो । म यसैबाट चित्त बुझाउँछु भन्यो । मैले उनन्तिस लाखको जेनन् ९त्बतब ह्भ्ल्इल् ऋचभध ऋबद० कार मन पराएँ । भरतले टाटाको बिभिन्न खाले कार हे¥यो । यहिँ किन्छु भनेर आफ्नो रोजाई बताएन ।

‘अब भोलि ११ बजे यहिँ नेपाल राष्ट्र बैंकबाट पैसा ट्वाक्क । आज सबैजना बिदा होऔं’– भिनाजुको जुकाको जस्तो जिब्रो बेलाबेलामा च्वालाक्क–च्वालाक्क पार्दै भने । हामी सबैजना खुसीसाथ बिदा भयौं । त्यो रात भरी दुर्योधनसँग ब्यापार ब्यवसायका कुराले निद्रा परेन । बिभिन्न कल्पना गर्नाले निद्रा परेन । दुर्योधनले यत्तिसम्म भन्यो, भित्ताको घडि छ्याक्–छ्याक् बजेर निद्रा परेन । यसको ब्याट्रि झिकिदिन्छु भनेर कोठाको भित्तेघडिको ब्याट्रि झिकिदियो । तर निद्र नपरेको चाहिँ करोडौं रुपैयाँ लिएर ब्यापार गर्ने भनेर हो । पैसा हातपारेर आफ्नो सपना पूरा गर्ने भनेर नै हो ।

यसरी २०७२ साल कार्तिक ११ गते, बुधबार दिउँसो भोलि १२ गते पैसा लिने भनी छुट्यौ । काँतर करोडपति भिनाजुको सोहिदिन देखि मोवाइल स्विचअफ भयो । अहिलेसम्म लुकेर बसेकाछन् । दुर्योधनप्रतिको मेरो विश्वास लुटिएको छ । यस्तो खेलाडी भिनाजुको खेल अब सधैको लागि बन्द हुनुपर्छ । भिनाजुले शिघ्र सम्पर्कमा आई क्षमा माग्नु उनको लागि उत्तम हुनेछ । उनको सम्पर्क कल आउँने आशामा छौं । तर, सो मितिदेखि यता कहिले सम्पर्कका लागि फोनकल आएन । बरु थापाथली ‘जेनन् कार सोरुम’ को ल्याण्डलाईन टेलिफोन नम्बर ०१–४२४५३८० बाट हिजोआज सम्म कल आउँछ– ‘सर, हजुर भिम राई हो ? थापाथलीस्थित टाटाको जेनन् कार सोरुमबाट मैले कल गरेकी हुँ । अनि यहाँले गाडी हेरेर जानुभाथ्यो । कहिले लिन आउँनु हुन्छ सर ?’

नोटः यो कथा वास्तविक घटनालाई आधार मानेर लेखिएको हो । पात्रहरुको नाम मात्र फरकरुपमा उल्लेखित छन् । कथाकारको आशय– ‘यस कथाबाट धेरै पाठकले पाठ सिक्नुहुनेछ र सम्भावित घटनाबाट बच्नुहुनेछ ।’

कथाकारः अर्जुन दुङमेन
प्रतिक्रियाका लागिःarjun.bantawa@gmail.com, फेसबुकः http://www.facebook.com/ADbantawa
मितिः २०७३÷०१÷१५ गते, बुधबार ।

Facebook Comments

Leave a Reply