मापसे गर्ने शिक्षकलाई माफी मगाइयो

एविसि खबर
खोटाङ ११ जेठ । दैनिकजसो मादक पदार्थ सेवन गरेर विद्यालय आउने खोटाङका एक शिक्षकलाई माफी मगाइएको छ । पटक–पटक मादक पदार्थ सेवन गरेर विद्यालय आउने गरेका दिक्तेलस्थित सरस्वति निमावि पोखरीका शिक्षक मीनबहादुर खत्रीलाई आगामी दिनमा सुध्रने शर्तमा माफी मगाइएको हो ।

आगामी दिनमा मादक पदार्थ सेवन गरेर विद्यालय नआउने शर्तमा अन्तिम चेतावनी स्वरुप सुध्रने अवसर दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र बजीमयले जानकारी दिएका छ ।

आगामी दिनमा गल्ती गरे खत्रीले माफी नपाउने अध्यक्ष बजीमयले जानकारी दिनुभयो । अभिभावकले दिएको सूचनाका आधारमा शिक्षक खत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए । विद्यालयका अनुसार शिक्षक खत्री यसअघि पनि मादक पदार्थ सेवन गरेकोबेला विद्यालय आउने गरेका थिए । मापसेले हद नाघेपछि अभिभावकले नै शिक्षक खत्रीलाई पक्राउ गर्न प्रहरीलाई खबर गरेका थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment