गुरुङ दम्पतिद्वारा १२ लाख ५० हजारको अक्षय कोष

एविसि खबर
खोटाङ, १० जेठ । जिल्लाको दुबेकोल गाबिसमा जन्मेर हाल काठमाडौं बस्दै आएका यूवराज गुरुङ तथा उनका पत्नि हरिदेवि गुरुङले आफुले पढेका ३ वटा विद्यालयको नाममा अक्षय कोष स्थपना गरेका छन् । ग्रामिण भेगमा पर्ने दुवेकोलमा जन्मेका गुरुङले आफुले पढेका कालिका निमावि चिण्डे भदौरे दुवेकोल (तत्कालिन प्रावि), देउराली उच्च मावि डुम्रे धारापनी (तत्कालिन मावि) र त्रीभुवन उच्चमावि एसेलुखर्क (तात्कालिन मावि)का लागि १२ लाख ५० हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । उक्त विद्यालयमा अध्ययनरत उत्कृष्ट बिध्यार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले अक्षय कोष खडा गरिएको गुररङले जनाएका छन् ।

अकुत सम्पत्ति आर्जन गर्नकोलागी हिंसा ,हत्या ,लुटपाट,कालो बजारी र भ्रष्टाचार गर्न होडबाजी गर्ने हाम्रो समाजमा मिहिनेत र परिश्रम गरि कमाएको सम्पत्तिबाट आफ्नो गाँस काटेर दुर्गम र पिछडिएको गाउँको शैक्षिक गुणस्तर उकास्न यहाँहरुले गर्नुभएको कार्य प्रेरणा दायी र सराहनीय रहेको दुधकोशी पावर कम्पनीका अध्यक्ष प्रेम लामा बताएका छन् । आइतबार एक डुम्रे धारापनीमा एक कार्यक्रमको आयोजना गरेर उक्त अक्षय कोषको बारेमा जानकारी गराइएको हो ।

Facebook Comments

Related posts

Leave a Comment