जारी छ पहिचानको आन्दोलन (फोटो फिचर सहित)

एविसि खबर
काठमाडौं, ९ जेठ । संयुक्त गठबन्दनले सुरु गरेको पहिचानको आन्दोलन निरन्तर चलिरहेको छ । आन्दोलनको कार्यक्रम अनुसार आइतबार काठमाडौंको चाबाहिल चोकमा जुलुस सहित कोण सभा सम्पन्न भएको छ

कार्यक्रममा आन्दोलनरत पक्षको तर्फबाट संघीय गठबन्दनका शिर्ष नेताहरुले सम्बोधन गरेका छन् ।

नेताहरुले नेपालको जातीय, एकता, सदभाव र सहिष्णुतालाई अक्षुण राख्न वर्तमान अन्दोलन अपरिहार्य रहेको बताएका छन् । उनीहरुले पहिचान सहितका आफ्नो मागहरु सरकारले बेवास्ता गरे ठुलो मूल्य चुकाउनु पर्ने बताएका छन् । उनीहरुले वर्तमान सरकारले आन्दोलनलाई केटाकेटी खेलेको जस्तो मात्र सम्झेको भन्दै जनताको माग प्रति सरकार गम्भिर नबनेको आरोप समेत लगाएका छन् ।

जेठ १ देखि सुरुभएको आन्दोलनको कार्यक्रममा आदीवासी जनजाती, मधेसी, मुस्लिम, दलित तथा पिछडियका वर्गको पक्षमा रहेको उनीहरुको दावि रहेको छ । यो भन्दा अगाडि तराई मधेसमा संचालित आन्दोलनलाई सरकारले क्षेत्रियताको मात्र आंकलन गरेको भएपनि वर्तमान आन्दोलन र सहभागितालाई हेर्दा राष्ट्रिय स्वरुपको आन्दोलन भएको बताइएको छ ।

२९ वटा दल तथा जातिय संघ संघठनले संयुक्त रुपमा गठबन्दन बनाएर आन्दोलन चर्काउन थालेका उनीहरुले सिहँदरबार घेराउ, प्रधानमन्त्रीको निवास घेराउ जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएका छन् ।

फोटो फिचर

2

3

4

5

6

7

9

Facebook Comments

सम्बन्धित

Leave a Comment