सुरु भयो किरात उभौली साकेला (फोटो फिचर सहित)

समाज

एविसि खबर
काठमाडौं, ८ जेठ । किरातीहरुको मुख्य चाड उभौलि पर्व शनिबारबाट सुरु भएको छ । आदिवासी जनजाती किरातीहरुको वसोवास रहेको ठाउँहरुमा भव्यताका साथ यो पर्व मनाउन सुरु गरिएको हो ।3

प्रकृति पुजक किरातीहरुले अब अन्न वालीको राम्रो फसलको अपेक्षा सहित आफ्ना सम्पुर्ण कुल पित्रहरुको स्मरण गर्दै यो पर्वको सुरुवात गरेका छन् । किरात समुदायका राई, लिम्बु, सुनुवार, याक्खाहरुले आ–आफ्नो कुलपीत्रिको पुजा गर्दै सामुहिक नाच साकेला सुरु गरेका हुन् ।

किरात राई समुदायले यो पर्व मनाउने क्रममा काठमाडौंको नख्खिपोट स्थित खेल मैदानमा बृहत साकेला सिलि प्रर्दशन गरेको छ । किरात राई यायोक्खाको जिल्ला कार्यसमिति ललितपुरको आयोजनामा साकेला सिलिको आयोजना गरिएकोहो । सिलि प्रदर्शनी काठमाडौमा रहेका किराता राई तथा सुनुवार समुदायको बृहत सहभागिता रहेको थियो ।

किरात राई यायोक्खा केन्द्रिय समितिका उपाध्याक्ष दिवस राईको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दे उपाध्याक्ष राईले प्रकृति पुजक किरात समुदायको यो ऐतिहासिक पर्व भएकाले दशभर भव्यताका साथ मनाउने गरिएको बताए ।

मुलुकमा पहिचानको आन्दोलन टड्कारो भइरहेको बेला वर्तमान सरकारले नामं विनाको प्रदेश भनेकोमा असन्तुुष्टि राख्दै समग्र किरात प्रदेशको पक्षमा यायोक्खा रहेको बताएका छन् ।

कार्यक्रममा समाजसेवि तथा उद्योगी तेजबहादुर राईको परिवारले ललितपुर स्थित भवन निर्माया सहयोगार्थ ३ लाख ३ हजार ३३ रुपैया प्रदान गरेका छन् । कार्यक्रमम यायोक्खा ललितपुर अध्यक्ष ऋिषीस्वर राईको अध्यक्षतामा भएको ।

फोटो फिचर

DSC02954

2 7

a b c d e

Facebook Comments

Leave a Reply