‘थिबिया चराको गित’लाई फेरी पुरस्कार

समाचार

नाकारा
काठमाडौं, ७ जेठ । युवा कवि तथा कथाकार चन्द्र रानोहोँछाको कविता संग्रह ‘थिविया चराको गित’ लाई टेम्के तुवाचुङ प्रतिष्ठानले पुरुस्कृत गर्ने भएको छ । युवा साहित्यकार रानोहोँछाको उक्त कृतिलाई किरात राई यायोक्खाले ०७१ सालमा छत्र विष्णु राई कृति सम्मानले समेत सम्मान गरेको थियो ।

आगामी जेठ नौ गतेका दिन खोटाङ सदरमुकाम दिक्तेलमा एक कार्यक्रमका बिच उनलाई प्रतिष्ठानले ११ हजार १ सय ५१ रुपैयाँ नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले जानकारी दिएका छन् ।

कार्यक्रममा साहित्यकार उपेन्द्र सुब्बा तथा गायीका आभा मुकारुङको विशेष उपस्थिती रहने छ भने काठमाडौंबाट अलग अभियानको टोलिले आफ्नो विशेष श्रृंखला समेत प्रस्तुत् गर्ने आयोजकले जनाएको छ ।

प्रतिष्ठानले आगामी दिनमा भाषा, साहित्य, संस्कृति, खेलकुद, कलालाई सम्मान तथा प्रोत्साहान गर्दै लैजाने कार्यक्रम रहेको अध्यक्ष एक्लेको भनाइ छ ।

थिविया चराको गित

दुःखको धागोमा उनेर
सिङ्गो जिन्दगी
कति खन्नु यो आँसु बग्ने कुलो

यो घाम नफुल्ने देश
जहाँ-
निमोठ्दै निमुखा सपना
दगुर्छ निरंकुश समय
कुल्चदै निम्छरो छाती
उफ्रन्छ मृत्युको घोडा
जलेर अभावको रापमा
हीनता ओकल्दै
अधुरा हाँस्छन् मान्छेहरू
पानीका उदास छालहरु पर्खेर
हरेक हरियो साँझ
वियोग उराल्छ थिविया चरा

……

Facebook Comments

Leave a Reply