‘जो बढी प्रचारको पङ्खा हम्कने वा सत्ताको सारङ्गी रेट्ने गर्छन उ मुर्धन्य मानिन्छ ।’ एम सि सुमित

खोटाङ जिल्लाको नुनथला ५ मा वि.स. २०२६ सालमा जन्मेका मकरचन्द्र राई (एमसी सुमित) खोटाङगे साहित्यको एउटा नक्षत्र हुन् । उनी बेला बेलामा चोटिलो र रापिलो सिर्जनाका साथ फुत्त देखा पर्छन् अनि गहिरो छाप छोड्छन् आम पाठकहरुको मनमा । उनै कवि तथा गीतकार सुमित पछिल्लो समयमा लेखन तथा अध्ययापनमा व्यस्त छन् । मोफसलको साहित्यहरुमा जमेर लागेका सुमितसँग एविसि खबरका सहकर्मी नाकाराले गरेको कुराकानी…

मलाई स्विकार्य छैन
पर सिँह दरबारमा बसेर
जो चलाई रहेकाछन्
सत्ताको बागडोर
र यो पनि मान्य छैन
कथित गोर्खाली झण्डाले
मेरो निर्दोष छाती खोपेर
मेरै विरुद्व लेखिएको
खुनी कानुन्को खेल खोर
….(लखन चौधरी) २०६४

हाल विशेष केमा व्यस्त हुनु हुन्छ ?
व्यस्त हुने विशेष केही योजना छैन । उमेरले डाडा काटिसक्यो, त्यस्तो केही गरिएन छक्क परिरहे जस्तो लाग्छ । पुराना गीति रचना र संस्मरण लेखहरु साफी गरु भन्दैछु ।
तपाइलाई साहित्य के हो जस्तो लाग्छ ?
साहित्य भाषाको सर्वाेत्तम स्वरुप हो र साहित्य लेख्नु र पढनु भाषाको सेवा हो । भाषाको कारण मानव सभ्यताको इतिहास जिवित र प्राप्य रहन्छ । भाषा बाच्नुको लागि  वृहत शब्दभण्डार, योजनावद्ध व्याकरण र परिष्कृत साहित्यको आवश्यक पर्छ । तसर्थ साहित्य लेखन उत्कृष्ट कर्म हो तर जे पायो त्यही लेख्नु साहित्य होइन । गम्भिर भाव गहन विचार र कलात्मक भाषाशैलीको सुगठित अभिव्यक्ति साहित्य हो ।
कसरी सुरु भयो साहित्य लेखन ?
गाउँमा मारुनी नाच हुन्थ्यो र त्याँहा नाटके नाच भनेर रेडियोको अलवा मौलिक गीत बनाउने चलन थियो गीत लेखन त्यहीबाट र स्कुलको साप्ताहिक कार्यक्रमहरुले कविता साहित्य लेखनमा मलजल पु¥यायो ।तपाईको पहिलो रचना याद छ ?
कुन पो हौ ? याद छैन । त्यतिखेर अरुको गीत पनि शब्द तलमाथि पारेर मौलिक भाका हाले पुरस्कार पक्का भइ हाल्ने । आफ्नो गाउँ स्कुल, क्याम्पस, देश, राजा, प्रजातन्त्र, शान्तिक्षेत्रमा कविता लेखेर थुप्रै वाजी मारियो । रचना छपाउने त पत्रिका थिएन नजिकमा ।
कुन कुन विधामा कलम चलाउनु भयो ?
सुरुसुरुमा उपन्यास पनि लेखियो झण्डै प्रकाश कोविद र लीलबहादुर क्षेत्री भइयो । गीति नाटक लेखियो र रायन जस्तै भइयो । आफैले लेखेर मञ्चन गरेका ३ वटा  नाटक  छन् । त्यो पनि अरु कोही जस्तो लाग्छ । पछि  आफै हुन थालेपछि गीत, गजल, कविता, कथाहरु लेख्छु ।
तपाईले कविता र गीत नै बढी किन लेख्नुहुन्छ ?
सायद अझिव्यक्ति सम्प्रेषण सन्तुष्टी  बढी यसमा पाउछु ।
खासमा कविता र गीत के हो ?
कविता संम्भवत साहित्यको उत्कृष्ट विधा हो र गीत साहित्यको जेठो विधा हो । लेखन अभ्यासमा कविता अलि बढी फराक र खस्रो बनाईन्छ र गीत हार्दिक र गेय । भाव र विचारको सम्प्रेशण त दुवैमा उत्तिकै खुल्न सकिन्छ जस्तो लाग्छ ।
त्यसो भए दुवैबिच पारस्पारिक सम्बन्ध छ ?
कवितालाई गीतमा ढाल्न सकिन्छ र गीतलाई कविता बनाउन सकिन्छ  । वस्तु, विचार, भाव शैलीमा तात्विक अन्तर छैन तर बनौट र बुनौटमा स्पष्ट फरक हुन्छ ।
कविता र गीत कस्तो होस जस्तो लाग्छ ?
विधागत संरचनाको कुरा हो भने विधामञ्जना नहोस् ग्रहणको गर्ने चुरोको कुरो हो कविता वा गीत दुबैले एकपटक सोच्नै पर्ने बनाओस् ।
कविता र गीतबाट तपाईले दिने र हामीले लिने सन्देश के हो ?
समाजको यथार्थ उतार्नु, सत्यको वकालत गर्नु र पाठकले त्यहा आफ्नो उपस्थिति भेटन् सकुन् । मेरो सिर्जनाको यहिनै सन्देश काफि हुन्छ जस्तो लाग्छ ।
साहित्य र समाजबिचको सम्बन्ध कस्तो हुनु पर्छ ?
गीत, कविता अर्थात साहित्य समाजमा सबैले पढ्दैनन् र बझ्दैनन् पनि होला तर साहित्यको विषय समाज नै हो । भन्छन नि साहित्य समाजको ऐना हो समाजको वास्तविक अनुहार अनन्तसम्म राख्ने गतिलो साधन त साहित्य नै हो भने पछि साहित्य र समाजको सम्बन्ध कस्तो होला बझिहाल्नु हुन्छ ।
साहित्य र राजनीतिबीच कस्तो सम्बन्ध हुनुपर्छ ?mcsumit
फ्रन्सको राज्यक्रान्ति चम्कन भोल्तेयरको कलम, इटली एकिकरणमा गैरीवाल्डोको तरबारको तिखो पार्न मज्जनीको कलम, रुसको अक्टोबर क्रान्ति सफल हुनमा गोर्कीको कलमको भुमिका नकार्न मिल्दैन । नेपालकै राजनीतिक आन्दोलनमा पनि साहित्यकारहरुको योगदान महत्वपुर्ण मानिन्छ । तर कतिपय अवस्थामा राजनीतिले साहित्यलाई आफ्नो मुख पत्र वा भजन मण्डली मात्र बनाउने गर्छ । या यस्तो किसिमको प्रवृत्ति देखाउँछ । यो दुष्प्रयास दुखत हो ।
राज्यसत्ता र साहित्यबिचको सम्बन्ध कस्तो हुनुपर्छ ?
राज्यसत्ताको पुजाको श्लोक लेख्ने साहित्य पनि थियो र हाल त्यस्तो युग सकिए पनि छिटफुट पाईन्छ । खासमा शक्तिशाली साहित्य त्यो अश्त्र हो जो चनचाहाना अनुरुपको राज्यसत्ता स्थापनाको लागि पनि प्रहार हुन्छ तर उसको वंश वा कावुमा बसेर गुलाम बन्दैन बरु सत्ताको हर क्रियाकलापको रखबारी गर्ने सचेतता राख्दछ ।
प्रसंग मोडौं, तपाई खोटाङको पुराना स्रष्टा तर आजभोलि लेख्नै छाड्नु भो किन?
लेख्दा पनि औसी पुर्णे जस्तो पातलो लेखिन्थ्यो तर वरिष्ठ खोटाङ्गेहरु सामु म फुच्चे नै हो ०६६ साल यता लगभग लेख्न छाडेका जस्तो भो । यसो हुनुमा ०६६ मा मैले सङ्ग्रह निकालेपछि वौद्धिक तरिकाले मेरो कविताहरुलाई वस्तु, परिस्थिति वा घट्नाका सरल वर्णन भनेपछि मेरो कविता लेख्ने अध्ययन पुगेका छैन भन्ने लाग्यो । तर गाउँमा बसेर कविताको आध्यावधिक ट्रेन बझ्न सकिने कुरा पनि भएन  झन  विचार र वादको अध्ययनको त पल्लो फाटको कुरा सायद यसर्थ मेरो लेखन यात्रा कँुजियो । तर अब आफै ट्रेन नछाडँु भन्दैछ ।
खोटाङको साहित्य माथि उठ्न अब के गर्नु पर्छ?
खोटाङको साहित्य माथि उठ्न दुई चार राष्ट्रिय प्रतिभाहरु भएर मात्र पुग्दैन । मुख्य कुरा त गतिविधि हो । स्थापित नवोदित सबै एउटै छातामा उभिएर सामुहिक प्रयत्न गर्न आवश्यक हुन्छ । अलि अगाडि केही गतिविधि भएको हो तर  त्यो अहिले सुस्त छ, यो राम्रो होइन ।
हालसम्ममा केन्द्रले खोटाङको साहित्यलाई के दियो र खोटाङले केन्द्रलाई के दियो ?
लिनु दिनु त थुप्रै भयो होला नेपाली साहित्यको धरहरा उभ्याउन खोटाङले पनि अनेक इटा थपेका छन तर ती इटाहरु कहानेर छन् भनेर केन्दले चिन्छ कि चिन्दैन ? प्रश्न हो यो ।
कवितामा लेखनमा पुरानो र नयाँ पुस्ता बीच पुस्तान्तर फरक होला ?भए सो बारे बताइदिनुस न ।
लेखनमा पुस्तास्तर फरक त्यस्तो लाग्दैन । लेख्नेलाई विषयवस्तुको खाचो छैन पुराना पुस्ताले भन्दा नया उठान बढी गरेको देखिन्छ  । सहर वा गाउँ जहा भए पनि विषय उही हो तर सहरमा अभ्यास र अध्ययन बढी देखिन्छ  भने गाउँ निम्छरो । स्थापित होस् कि नवोदित जो बढी प्रचारको पङ्खा हम्कने वा सत्ताको सारङ्गी रेट्ने गर्छन उ मुर्धन्य मानिन्छ ।
खोटाङको पुराना कवि राजवीर थुलुङ बारे केही बताइदिनुस न ।
श्रृङगारिक धारामा मस्त भएका नेपाली साहित्यको माध्यमिक कालको मध्यपृष्ठमा क्रान्तिकारी चेत बोकेका गुमनाम कवि हुनु राजवीर थुलुङ । माथिल्लो रिब्दुङ क्षेत्रको महेश्वरीमा जन्मिएका राजवीरका कविता खै कसरी हो नुनथला, बुइपा तिरका अघिल्ला पुस्ताका बुढाहरुमा मुखाग्र थियो । ती पुस्ताहरु वितेपछि अहिले हामीले सुनी टिपेका केही अपुर्ण अंशहरु मात्र बाँकी छन् । यस बारे जसराज किरातीको खोज (गोरेटो  वर्ष १ अङ्क १ ÷२०५७ ) उल्लेखनिय मानिए पनि कवि खक्सुङ खम्वुको अनुसार उनका हस्तलिखित ग्रन्थ हराएछ ।
साहित्यकारहरु पनि हाल आएर विभिन्न गुट उपगुट सिर्जना गर्र्न व्यस्त छन् । यसमा तपाइ के  भन्नु हुन्छ ?
जहाँसम्म हल्ला मच्याउने कुरा छ असल कुराले भलो नै गर्ला र हल्ला सुन्नेले असल र खराब छुट्याउन सक्नुपर्छ । गुट उपगुटको कुरामा कुनै विचार समुह वा आफ्नो स्वार्थ पुरा गर्ने संस्थाको स्तुतिगान गर्ने जत्था  भइयो भने त्यो भन्दा घातक केही हुदैन । साहित्यको नया मुल्य र मान्यता स्थापना गर्ने उदे्श्यले कुनै गुट वा आन्दोलनमा आवद्ध भइन्छ भने त्यो चाही राम्रो कुरा हो । अर्थाेक केही नगरे पनि साथी साथी बीच सुन्ने सुनाउने, छलफल, मन्थन र परिमार्जनको अभ्यास  गर्ने समुह बनाइयो भने पनि लेखन कला खारिन्छ ।
कवि र पाठक बिच हाल दुरी सिर्जना भएको हो ?
खासै त्यस्तो छैन तर वौद्धिकताको नाउँँमा मोहन कोइरालाको आवतार पनि भइ रहेकै छ । तपाइको लक्ष्य त्यतातिर होला । आफुले बुझ्ने मात्र कविता लेख्ने वौद्धिकता वा नित्सेको भुत र डेरिडाको मार्ग पछ्याएर विधाको हत्या गर्नु म सानो अध्यक्ष भएको र अन्जानमै साहित्यमा अनुराग राख्ने सोझालाई मन पर्दैन । जहासम्म उत्तर औपनिवेशवादको प्रभावका कारण आफ्नो गुमेका विरासत र लोप पारिएका पहिचानको उजागर गर्न लेखन आएको छ । जसमा देहात गाउँका भर्जिन विम्ब र प्रतीक एवं साँस्कृतिक मिथकका कारण कविता दुर्बाेध्य हुन पुग्छ । त्यसको  सुचि राख्न खोलुवा आवश्यक देखिन्छ ।
तपाईलाई राजधानीले किन आकर्षण गरेन्  ?
लेखन र गीत सङ्गितमा मसंगै अभ्यास गर्ने साथीहरु जो काठमाडौ छिरे , स्थापित पनि भए र अचेल चिनजान पनि हराए जस्तो भो । साहित्य र गीत सङ्गीतको सम्प्रेशण गर्ने थलो हिजो आज पनि राजधानी नै हो सोच्दा गल्ती गरिएछ ः लाग्छ । वाध्यता पनि त्यत्तिकै बाधक भयो भने आट नगरेर पनि पछुतोमा परियो ।
साहित्य सिर्जनामा मोफसलको पीडा के हो ?
थुपै्र पीडा र परिस्थिति होलान । मोफसलमा मुख्यत ः एक अभ्यास निरन्तर र नतिजामुखी बन्दैन आफ्नो सिर्जनाको आफै लेखक आफै पाठक । प्रतिक्रिया रामा्रे दुइ अध्ययनको क्षेत्र  सानो हुन्छ  । बजारमा कस्तो बाजा बजिसक्यो , आफु भने पुरानै तालमा तीन  मिडिया नजिकको सस्तो बजार खोज्छ टाढाको महङगो मोती टिप्ने जोखिम उठाउदैन । चार केन्द्रले मोफसललाई गन्तीमा राख्दैन जसले सहरबाट कल्पनाको दुरविन हेरेर गाउँको कविता लेख्छ उसले पुरस्कार थाप्छ , गाउको हिलो र धुलोले लेखेको साहित्यलाई स्तरीय साहित्य मान्न हिचकिचाउने गरिन्छ ।
तपाईको विचारमा जिन्दगी के होला ?
जिन्दगी समयलाई सबभन्दा उर्वर पार्ने प्रकृतिको सुन्दर उपहार हो ।
तपाईको सिर्जनशिलतालाई शिक्षण पेसाले खायो कि क्या हो के भन्नुहुन्छ ?
खायो नै पनि कसरी भन्ने । शिक्षणतिर नअल्झी अध्ययनको लागि  सहर छिरेको भए सायद जिन्दगीले अर्कै मोड लिन्थ्यो मलिलो जमिनमा जे पनि सजिलै उम्रिन्छ  बाझो र रुखो जमिनमा सपना उमार्न बाधा र अप्ठेरो सामना गरेकै जस्तो भान पर्दाे रैछ दोष कसैप्रति छैन ।
एउटा सङग्रह निकालेपछि चुपचाप बस्नुभयो किन ?
सोचेको थिए सङग्रह  साहित्यको बजारमा पुग्छ , थुप्रै प्रतिक्रिया पा्रप्त हुन्छन् र आफनो कमजोरी सुधार्ने र थप मेहेनत गर्ने सङग्रह त के लेख्नै समेत छाडियो । रहरको एउटा भारी विसाएर सुस्ताएको निदाइयो जस्तो भो । सङग्रह निकाल्न खर्चको कुरा पनि हुदो रहेछ हामी जस्तो फच्चेको कृति  लिन कुनै को आखा पनि कहा फुडछ र ।
प्रकाशन गर्न कुनै कृति त तयारीमा होला ?
पुराना केही कविताहरु छन् । नयाँ लेख्ने जंगार चले कविता को सङग्रह पछि सोचौला पुराना गीति रचनाहरु छन् २ वटा सङग्रह हुने त्यसबाट काटछाट गरेर एक डेट वर्षभित्र गीत सङग्रह  निकाल्ने मनोसाय गर्दैछु ।
सङ्गित भरेर गाइएका गीतहरु बारे बताइदिनुस न ।
०५२÷५३ सम्म गीत गाउने र सङगित भर्ने सुमित सङग्रह थिए गाउँमा वेदना परिवार इसास आदिको प्रभााव थियो तर सानैमा रेडियोको प्रभाव र लर्केर आएको कुरकुरे बेलाका माया प्रीतीको गीतहरु पनि लेखियो जसमध्ये सङगित भएर गाइएको डेढ दर्जन जति र आफैले सङ्गित भरेर डायरीमा चुपचाप लुकाएका तीन दर्जन जति गीगहरु होलान  बाकी २०० का सख्यामा गीतहरु छन ् । तर अधिकाश गीतहरु मुल्यप्रतिष्ठित हुदैन ।
तपाई पा्रय गुमनाम बस्न रुचाउनु भएको हो ? कि तपाईको बाध्यता ?
सायद स्वभाव पनि होला वा बाध्यता पनि होला मलाई अस्वाभाविक लाग्ने सस्तो प्रचारबजीको नौटङकी चाही मन पर्दैन ।
नयाँ पुस्तालाई तपाई के भन्नु हुन्छ ?
बिना अध्ययन लहैलहैमा लेखेर साहित्यको गरिमालाई कमजोर नवनाऔ भन्न चाहान्छु ।
तपाई प्राय ः गुमनाम बस्न रुचाउनु भएको हो ? कि तपाईको बाध्यता ?
सायद स्वभाव पनि होला वा बाध्यता पनि होला मलाई अस्वाभाविक लाग्ने सस्तो प्रचारबजीको नौटङकी चाही मन पर्दैन ।
अन्त्यमा तपाइका केही कुरा भए ।
गाउको नरेन्द्र निर्विकारलाई संझने को ? किसोर के सी लाई संझने को ? एमसी सुमितलाई संझने को ? संझेर आउनुभो कम्ता खुशी लागेन तपाइ र तपाइ आवद्ध मिडिया संस्थालाई धन्यवाद दिन्छु ।

अन्त्यमा उनै सुमितको यो पंक्ती
……
आफ्नो भुँइको ओभानो खोसेर
समय रोप्दै जान्छ जनता
तर उनै हुन्छ इतिहासको अभागी पात्र
बुझ्यौ ? को बन्छ समयको भान्से !
…(जनता) २०५९

Facebook Comments

सम्बन्धित

Leave a Comment