संघीय गठबन्धनले दैनिक जुलुस निकाल्ने

एविसि खबर
काठमाडौं, ५ जेठ । जेठ १ गते देखि निरन्तर आन्दोलनमा होमिएको संघीय गठवन्धनले विभिन्न माग राखी सुरु गरेको आन्दोलनको कार्यक्रमम १७ गते सम्म टुङगो लगाएको छ । काठमाडौं दैनिक नारा जुलुस गर्ने कार्यक्रमको तालिका नै सार्वनजिक गरेर आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको हो ।

गठबन्धन संयुक्त आन्दोलन मूल परिचालन समितिको वैठकले थप जेठ ६ गते देखि १७ गतेसम्मको आन्दोलन कार्यक्रमसमेत तय गरेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बैठक बसेको थियो । वैठकले आफ्ना मुद्दाहरुलाई सम्बोधन नगरुन्जेलसम्म निरन्तर रुपमा आन्दोलन जारी राख्ने निर्णय गरको हो ।

घोषित आन्दोलनमा काठमाडौंका विभिन्न सडकमा जुलुस निकाल्ने कार्यक्रमलाई जोड दिइएको छ । जेठ १६ र १७ गते क्रमशः विरगञ्ज र पोखरामा आमसभा गरिने छ । जुलुस तथा सभाहरुका लागि गठवन्धनभित्र रहेका दलहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।
बैठकको निणर्य अनुसार निम्न अनुसार कार्यक्रम तय भएको जनाइएको छ ।

जेठ ६ गते
कार्यक्रम स्थलः मंगलबजार दरबार, समय ४ बजे ।
जुलूसका निकाल्ने स्थानः लगनखेल ।

जेठ ७ गते
कार्यक्रम स्थलः नयाँ बानेश्वर,
समय ४ बजे

जेठ ८ गते
कार्यक्रम स्थल ः स्वयम्भू, समय ३ बजे ।
जुलूस निकाल्ने स्थानः सीतापाइला चोक

जेठ ९ गते
कार्यक्रम स्थल ः चावहिल चोक, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान जोरपाटी र गौशाला

जेठ १० गते
कार्यक्रम स्थलः कीर्तिपुर(नयाँ बजार, समय ४ बजे
जुलूस निकाल्ने स्थान टियु गेट

जेठ ११ गते
कार्यक्रम स्थल ः भक्तपुर,न्यातपोल, समय ४ बजे ।
जुलूस निकाल्ने स्थान भक्तपुर बसपार्क

जेठ १२ गते
कार्यक्रम स्थलः बालाजु वाइपास, समय ४ बजे ।
जुलूस निकाल्ने स्थानः बालाजु चोक, ३ बजे

जेठ १३ गते
कार्यक्रम स्थल ः कलंकी चोक, समय ४ बजे ।
जुलूस निकाल्ने स्थानः सोल्टी मोड

जेठ १४ गते
कार्यक्रम स्थलः मध्यपुर ठिमी, समय ४ बजे ।
जुलूस निकाल्ने स्थानः शंखधर साख्वाः चोक

जेठ १५ गते
कार्यक्रम स्थलः बसन्तपुर, जुद्ध शालिक, समय ४ बजे ।
जुलूस निकाल्ने स्थलः असन र लगनटोल

जेठ १६ गते
वीरगञ्ज ः ¥याली एवं विरोध सभा
व्यवस्थापनः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा

जेठ १७ गते
पोखरा ः ¥याली एवं विरोध सभा
व्यवस्थापन ः तमुवान संयुक्त संघर्ष समिति

Facebook Comments

सम्बन्धित

Leave a Comment