“नयाँ बर्ष“

– उदिम किराती

झुण्डिएको छ
घरको भित्ताहरुमा
बुढो ज्यानमा
नयाँ कपडा लगाएर क्यालेन्डरहरु

पल्टाएर हेरे
एक सर्को क्यालेन्डर
भिन्नता खासै पाइन
पाए केबल पोहोरको साल जस्तै
१ गते देखी सुरु भएको नयाँ बर्ष
उही बैशाख देखी चैत सम्मको महिना
उही आईतबार देखी शनिबार सम्मको दिनहरु

घरको भित्तामा झुण्डिएको
नयाँ क्यालेन्डर हेरे पछी
मलाई यस्तो बोद भयो
यहाँ बोतल मात्र फेरेर
सराब पुरानै छोडिन्छ
बुढो ज्यानलाई नयाँ कपडा ओडाएर
बिहेको बेहुला बनाइन्छ
हामी भने यसैमा
हर्ष उल्लास मनाउनमा ब्यास्त हुनछौ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment