प्रेस चौतारीको महाधिवेशनमा पत्रकारहरुको भिडन्त

एविसि खबर
काठमाडौं, ५ जेठ । एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालको महाधिवेशनमा पत्रकारहरुको भिडन्त हुँदैछ । एमालेका संस्थापन ओलि पक्षधर पत्रकार र नेपाल पक्षिय पत्रकारहरुले आ–आफ्नो समुह बनाएर चुनाव लड्ने भएपछि भिडन्त कडा हुने भएको हो ।
प्रेस चौतारी नेपालको महाधिवेशनमा ओलि निकट गणेश बस्नेत नेतृत्वको प्यानल र माधव नेपाल निकट माधव नेपालको नेतृत्वको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शान्ति गुरुङ, महिला उपाध्यक्षमा निमा काफ्ले र समावेशी उपाध्यक्षमा सइन्द्र राईलाई अघि सारिएको छ । भने बस्नेत नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा कुशलबाबु बस्नेत, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा निमा काफ्ले र महासचिवमा गणेश पाण्डे उम्मेदवार तय भएका छन् ।

नेपाल पक्षिय उम्मेदवारहरुमा प्रदेश नम्बर १ बाट उपाध्यक्षमा तिर्थ सिग्देल, २ बाट लालबाबु शेख र ३ बाट रामकुमार एलन उम्मेदवार छन् । यस्तै प्रदेश नम्बर ४ बाट हरि बास्तोला, ५ बाट सबिन प्रियासन, ६ बाट बिरबहादुर गिरी र ७ बाट नरेन्द्र साउदलाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ ।

दुई उपमहासचिव पदका लागि शुरोजंग पाण्डे र अमृतनाथ तिमल्सेना नेपाल पक्षको उम्मेदवार बनेका छन् । सचिव पदका लागि खुलातर्फबाट विकास बन्जाडे, नवराज भण्डारी, गगनशिला खड्का र सुरेशसुमन डाँगीलाई उम्मेदवार बनाइएको छ । जनजाति कोटाबाट हिरामान लामा, मधेसीबाट सुभासप्रसाद साह र दलितबाट हेमकर्ण विक प्रतिस्पर्धामा उत्रिएका छन् । यसैगरी कोषाध्यक्ष पदमा इश्वरी काफ्लेको उम्मेदवारी घोषणा गरिएको छ । अनुशान आयोगको प्रमुख केशव अधिकारी र लेखा आयोगमा केसी लामिछानेलाई नेपाल पक्षले अघि सारेको छ ।

यता बस्नेतको प्यानलमा कोषाध्यक्षमा टेकराज थामी, उपमहासचिवमा रामकृष्ण शर्मा र देवीका घर्तिमगर, सचिव खुलामा इन्द्र आचार्य, भरत केसी, द्वारिका काफ्ले र विक्रम लुइँटेल, मधेसी सचिव भउचप्रसाद यादव, दलित जनजाति सचिवमा हिरामान लामा

यसैगरी कोषाध्यक्षमा टेकराज थामी, उपमहासचिवमा रामकृष्ण शर्मा र देवीका घर्तिमगर, सचिव खुलामा इन्द्र आचार्य, भरत केसी, द्वारिका काफ्ले र विक्रम लुइँटेल, मधेसी सचिव भउचप्रसाद यादव, दलित जनजाति सचिवमा हिरामान लामा तय भएका छन् भने दलित सचिवको नाम तय हुन बाँकी छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment