निर्वाचन समिति घोषणा

एविसि खबर, काठमाडौं, ४ जेठ ।

गत १२ मे २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको विशेष बैठकले आगामी नयाँ नेतृत्व चयनको लागि डा. कविताराम श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति निर्माण गरेको छ । युकेमा रहेका डा. श्रेष्ठ संयोजक रहेको समितिमा अमेरिकावासी तथा साहित्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा. मधु माधुर्य र नेपालबाट इजरायल शाखाकी पूर्व अध्यक्ष कविता शर्मा सदस्य रहेका छन् । समितिले आगामी १३ जुलाई २०१६ मा आदिकवि भानु जयन्तिको दिन तेस्रो कार्यकालको लागि नेतृत्व घोषणा गर्दै सफथ गराउनेछन् । समितिको कार्यकाल ३ वर्सको रहने ब्यवस्था छ । साहित्यकार विश्वास दीप तिगेला (युके) ले नेतृत्व गर्दै आएको यस महासङ्घको १७ मुलुकमा २४ शाखाहरु निर्माण भएका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment