प्राणीजगतको सुख र मृत आत्माको शान्तिको कामना गर्दै मोन्लाम सम्पन्न

गुन्जन गुर्माछन

जेष्ठ, ३ काठमाडौ । सम्पूर्ण प्राणीजगतको सुख र विनाशकारी भुकम्पमा परी मृत्यू भएकाहरुको आत्माको शान्तिको कामना गर्दै वौद्धभिक्षुहरुको प्रार्थना पूजा सम्पन्न भएको छ । नेपाल महा बौद्ध संघको आयोजनामा ८ औं सागादावा महा प्राणीधान (मोन्लम) बौद्ध स्थित धाप्सङ रिन्पोछोको गुम्बामा दुई दिने पुजा सम्पन्न भएको हो । जेष्ठ २ र ३ गते चार बौद्ध सम्प्रदायका भिक्षु भिक्षुणी यस मोन्लममा उपस्थित थियो । सम्पूर्ण प्राणीहरू आफना अज्ञानताका कारण सांसारिक दुस्ख चक्रमा भ्रमित भई विभिन्न प्रकारका दुःख, पिडाहरू भोग्नु परिरहेको भन्दै त्यसको निवारण तथा मुक्तिका लागि शान्तिका वौद्ध गूरुहरुमार्फत दुई दिने पूजा आयोजना गरिएको आयोजकले जनाएको छ । बुद्ध जयन्ती अवसरमा महासंघले हरेक वर्ष सागा दावा प्रणिाधान (मोन्लम) आयोजना गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment