पहिचानवादीहरुले मौलिक संस्कृतिसँग घेरे सिंहदरबार

एविसि खबर
काठमाडौं, ३ जेठ । संघीय गठबन्दनद्वारा सिहँदरबार घेराउ कार्यक्रमको दोस्रो दिनपनि सिहँदरबारको वरिपरि विभिन्न बाजा गाजा सहित आन्दोलनमा सहभागि भएका छन् । सबै किसिमका रंगहरुको समिश्रण जस्तै थरिथरिका बाजा सहित नराजुलुस तथा झाँकीहरुले आन्दलनरत पक्षहरुमा थकान हुन नदिएको जस्तो गरिरहेका थिए ।

गहुँगोरो अनुहार । निधारमा ‘तमुवान’ र ‘लिम्बुवान’ लेखिएका राता पट्टी । ‘सोई ढोले सोई अर्को ढोले खोई’ लवजमा ढोल बजाउँदै नाचिरहेका मस्त युवायुवतीहरू । सिंहदरबारकै नाकअगाडि उभिएर उनीहरुले संस्कृतिकै आवाजलाई बुलन्द प्रवाह गरिरहेका छन् । नेवारहरु आफ्नै पीडा ओकल्ने गीत गाउँदै थिए । गुरुङ र मगरहरु सालैजो र यानिमाया सुनाउँदैथे र तामाङहरू डप्फुको तालमा थिए ।

संघीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेअनुरुप सिंहदरबार घेराउ कार्यक्रममा देखिएको दृष्य हो यो । पहिचानको माग गर्दै आदिवासी तथा जनजातिहरुले नाराजुलुस तथा झाँकी प्रदर्शन गरेका छन् । आ(आफ्नै जातिको भेषभुषा र पहिरनमा सजिएर देशभरीबाट हजारौको संख्यामा आएका महिला, बृद्ध तथा युवा(युवतीहरुको सहभागिता थियो । नाराबाजिसँगै गीतका भाकाहरु मिसिएका थिए । स्तै नारा–जुलुसका आवाज, गीतका भाकाहरू सिंहदरबारभित्र घुस्ला र मान्यवरहरुलाई खतरा होला भनेर प्रहरीले बलियो सुरक्षा घेरा बनाएको छ । त्यो स्वाभाविक थियो ।

तर, अस्वाभाविक पनि थियो । जे होस्, पीडाका पहाडहरू छिचोल्नका लागि बर्षौंदेखि यस्ता प्रयासहरू हुँदै आएका छन् । बिभिन्न समयमा आदिवासी जनजातिहरूसँग गरिएका सहमतिहरुलाई लत्याउँदै नयाँ संविधान घोषणा गरिएका कारण आफूहरुले फेरि आन्दोलन गर्नु परेको आन्दोनकारीहरूको धारणा थियो । ंघीय प्रदेशहरुभित्र ऐतिहासिक थातथलो भएका जातीय समूह, आदिवासी जनजाति, मुस्लिम, शिल्पी समुदाय दलित पिछडा वर्ग, सीमान्तकृत तथा लोपोन्मुख समुदायको पहिचानमा आधारित स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र व्यवस्था गरिनुपर्ने उनीहरुको जोडदार माग छ । संविधान संशोधन गर्ने होइन, पुनर्लेखन गरिनुपर्ने जस्ता कैयौं अफ्ठ्यारा मागहरु समेत उनीहरुसँग छ । केहि तत्काल पुरा गर्न सकिने सजिला माग पनि छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment