सगरमाथा लगिँदै शान्तिदीप

एविसि खबर
लुम्बिनी, ३ जेठ । लुम्बिनीमा रहेको अखण्ड शान्तिदीप सगरमाथाको आधार शिविर लगिने भएको छ । विश्व शान्तिको मुहान सिद्धार्थ गौतम बुद्धको जन्मस्थलबाट शान्तिदीप लिएर एभरेष्ट म्यारथन विजेता दीपक राईको टोलि आइतबार नै त्यस तर्फ लागि सकेका छन् ।

टोलिमा नेपालका ओलम्पियन धावक बैकुण्ठ मानन्धर, खड्ग रानाभाट, कृष्ण बस्नेत रहेका छन् । लुम्बिनीबाट तिलौराकोट, स्वयम्भू, बौद्धनाथको परिक्रमा गर्दै सोलु पुग्ने कार्यक्रम रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनीको शान्तिदीपबाट यात्रा थालेको उक्त टोली मायादेवी मन्दिर परिक्रमा गरी ज्योति लिएर तिलौराकोट गएका थिए ।

टोलीले सोलु बजारबाट सोलु गुम्बा परिक्रमा गर्दै सगरमाथा आधार शिविरसम्म ज्योति पु¥याउने छ । लुम्बिनी र तिलौराकोटभित्र भने अन्तर्राष्ट्रिय खेलाडी शाहवानु खान, गुलाब खान र पत्रकार समीर खान पनि सहभागी हुनेछन् । गत वर्षको भूकम्प र नाकाबन्दीबाट खस्किएको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक नेपाल पर्यटन प्रतिष्ठान, बुद्धिष्ट सर्किट डट कम र तेन्जिङ हिलारी एभरेस्ट म्याराथनले जनाएका छन् ।

यसैगरी, लुम्बिनी र कपिलवस्तुमा छोपिएर बसेका बुद्ध जीवनकालका धरोहरलाई प्रकाशमा ल्याउने र त्यस्ता स्थललाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक विक्रम पाण्डेले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment