संघीय गठबन्दनको सिँह दरबार घेराउ सुरु

कडा प्रतिरोध गर्ने तयारी

एविसि खबर
काठमाडौं, २ बैशाख । पहिचान, नामाङकन तथा सिमाङकनको विषयमा विभिन्न मागहरु सहित संघीय गठबन्दनले घोषणा गरेको सिहँदरबार घेराउ कार्यक्रम सुरु भएको छ । गठबन्दनले राखेको कार्यक्रमलाई असफल बनाउन राज्यको तर्फबाट सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आन्दोलनकारीहरुले विभिन्न आर्क निर्माण गरेर आफ्नो प्रदर्शनलाई शसक्त तुल्याउने जनाएका छन् । प्रहरी हस्तक्षेप भएमा प्रतिरोध गर्ने सम्मको तयारी रहेको आन्दोलनरत पक्षले जनाएको छ । अधिकारको माग सहित सुरु गरेको आन्दोलन शान्तिपूर्ण हुने पनि उनीहरुले बताएका छन् । सिहँदरबार घेराउ गर्न आन्दोलनरत पक्षले सिहँदरबार वरिपरि ४ वटा केन्द्रलाई विशेष फोकस गरेको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment