गाउबाट (कबिता )-करुणा राई

अरुणिमा, कविता

पुर्व आकाशमा शुक्र झुल्कदा
पधेरावाट पानी भरेर
घर ल्याइपुराएको खबर
पश्चिम् डाडामा बाँस बसेपछि घाम
मेलो छाडेर भरिलो डोको
अंगरक्षक बनाएर
घर फर्केको खबर
पठाउछिन मेरी आमा
गाउबाट
म बसेको शहरको एक गल्लिमा

भन्नू हुन्छ
बिहानै जस्केलाबाट
मलाई चिहाउने घाम हेर्छु
तिम्रो अनुहार देख्छु
सधैं भरभराउदो लाग्छ तिम्रो उत्सुकता
ताकि म घाम हेरेर तिमीलाई
कल्पना गर्छु ।
तिमी पनि चाडै फर्कि आउ
यो चौघेराले तिमीलाई नै पर्खेको छ
बाछिटाले छियाछिया बनाएको
घरको चुलिगारोले
तिमीलाई नियालिरहेको छ
खोरिया कुटो कोदालो हलो फ्याउरि भन्ञ्याङ चौतारी
यी सबै सबैले
तिमीलाई नै खोजिरहेको छ।
आँगन आँगन जस्तै नरहेको वर्षौ भयो
सुकुन्धरा नफक्रिएको पनि उति नै वर्ष भयो
बाँसुरी पनि बज्दैन गाउँमा
सारङि पनि गाउदैन आजकल
चार कुना फेरि नबजेको धेरै भयो
यस्तै छ गाउँमा
तिमीले सोइसोइला खृल्ने फुर्केसल्ला
ठूलो भइसक्यो
तिमीले रोपेको पिपीरीकोबोटमा
फिस्टाले घरजम बसाइसक्यो
तिमीलाई जिस्काइ हिड्ने
त्यो कुक्कु चरा पनि
तिमी नहुदा गाउँ आउनै छाड्यो
तिमी हिडेपछि यस्तै छ ।
गाउको खबर
म चाहन्छु यी सबै सबै   सबैहरुले
तिमीलाई खोज्दै खोज्दै
शहरसम्म जान नपरोस
अनि तिमी जसरी नै उतै शहर तिर लिसोमा फस्न नपरोस
किन कि तिर्मी आमा एक्लि हुनेछिन
गाउँमा
Facebook Comments

One thought on “गाउबाट (कबिता )-करुणा राई

Leave a Reply