यौनदुवर््वहारको आरोपमा चार पक्राउ

समाचार

एविसि खबर

खोटाङ, २९ वैशाख । होटलमा काम गर्ने महिला र उनकी नाबालिका छोरीलाई कुटपिट तथा यौन दुव्र्यबहार गरेको आरोपमा होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएकी महिला र उनकी तीन वर्षीया छोरीलाई कुटपिट तथा यौन दुव्र्यबहार गरेको आरोपमा होटल सञ्चालक हरिप्रसाद आचार्य, प्रबन्ध निर्देशक दिनारायण रिजालका छोरा कविराज रिजाल, श्रीमती कोपिलादेवि रिजाल र कामदार तिलक कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका हरिप्रसाद, कविराज र तिलक बिरुद्ध मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । कोपिलादेविलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रनाउ माझीले जानकारी दिनुभएको छ ।

मिलापत्रपछि पीडकबिरुद्ध उजुरी नपर्दा अनुसन्धान थाल्न अप्ठ्यारो भएको प्रहरीले बताएपछि आयोगले घाजाँच केश फारमकै आधारमा कारबाही प्रकृया थाल्न लिखित निर्देशन दिएपछि उनीहरुलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो । दोषीमाथि उजुरी नपरेको भन्दै प्रहरीले कारबाहीको प्रक्रिया अगाडि नबढाएपछि आयोगले सोमबार बेलुका घाजाँच केश फारमलाई फस्ट इन्फमेसन रिपोर्ट (एफआइआर) मानेर दोषी उपर किटानी जाहेरी दर्ता गरेर कारबाही थाल्न प्रहरीलाई भनेको थियो ।

आमाछोरीमाथि भएको दुव्र्यबहारको घटना सार्वजनिक भएको हप्ता दिनपछि वैशाख २३ गते बिहीबार मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको भन्दै आयोगको निर्देशनमा आयोगको टोली र प्रहरीले संयुक्तरुपमा आमाछोरीलाई उद्धार गरेको थियो । होटलमा काम गर्ने कामदार आमाछोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यवहारका घटनालाई मिलापत्रमा टुङ्ग्याउने प्रयास भएपछि राष्ट्रिय मानव अधिकार आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले दोषीउपर कारबाही प्रकृया अघि बढाएको हो ।

मिलापत्र गराएर सोमबार राजधानी काठमाडौं पठाउन लागेको जानकारी पाएपछि प्रहरीलाई उद्धार गर्न आयोगले निर्देशन दिएको थियो । पीडितलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङमा महिला प्ररहीको संरक्षणमा राखिएको छ ।

उद्धारपछि प्रहरी संरक्षणमा पु¥याइएका महिलाले दबाबमा मिलापत्र गराइएको भन्दै आरोपितबिरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ । कुटपिट र यौन दुव्र्यबहारको घटनामा मिलापत्र गरेको तीन दिनपछि आयोगको निर्देशनमा आयोगकै टोली र प्रहरीले पीडितलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालयको संरक्षणमा लगिएको हो ।

घाजाँच केश फारमका लागि पीडित महिलाले वैशाख–२१ गते प्रहरीलाई दिएको निवेदनमा होटलमा काम सुरु गरेको महिना दिनदेखि नै हरिप्रसादले यौन आशयले जिस्क्याउने, सम्बेदनशिल अङ्ग छुन प्रयास गर्ने, घरभित्र बाहिर गर्दा छुन खोज्दै हिँड्ने गरेको उल्लेख गरिएको छ । यस्तै, कविराजले समेत संबेदनशिल अङ्ग छुन प्रयास गर्ने, यौन प्रस्ताव राख्ने गरेको, तीन वर्ष लागेकी नाबालिका छोरीलाई चलकेट दिएर कोठामा लगी नाङ्गो बनाएर यौनाङ्ग सुमसुम्याउने र वैशाख–१४ गते यौनाङ्गमा टोकेर घाउसमेत बनाइ दिएको प्रहरीमा दिइएको निवेदनमा उल्लेख छ ।

होटलमा आएको ग्राहकको मोबाईल चोरेको आरोपमा कोपिलादेविको आदेसमा वैशाख–११ गते राति कोठामा थुनेर कामदार तिलक कार्कीलाई कुटपिट गर्न लगाएर मरणासन्न अवस्था बनाएको पीडित महिलाले बताएकी छिन् । काठमाडौं माइती भएकी पीडित महिला २०६९ साल मङ्सिरमा विवाह गरेर खोटाङ आएकी हुन् ।

श्रीमानले छाडेपछि र परिवारबाट निकालिएपछि उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् । घरबाट विस्थापित भएपछि २०७१ साल वैशाख–६ गतेदेखि बालसेवाको संरक्षणमा रहेकी आमाछोरीलाई गत माघ–२३ गतेदेखि होटल शुभदिनमा ज्यालादारी कामदारकारुपमा लगिएको थियो ।

उनको माइतीतर्फका कोही आफन्त नभएका कारण पनि घरबाट निकालिएपछि संरक्षणमा बस्न बाध्य बनेकी हुन् । आफन्त नभएकै कारण उनी बिचल्लीमा परेकी छन् ।

Facebook Comments

Leave a Reply