मे १४ मा दुई कन्र्सटको प्रतिस्पर्धा

सोनाक्षी, मालाइका भर्सेज अमृत गुरुङ

माक्पाली कान्छा

काठमाडौं, २९ बैशाख । राजधानीमा रहेका संगीतप्रेमि दर्शकहरुले आगामी मे १४ अर्थात १ गते जेठमा रोजि रोजि लाइभ कन्र्सट हेर्न पाउने भएका छन् । एकातीर नेपाली चर्चित नेपथ्य ब्याण्डको प्रस्तुती ‘फेरी उठ्ने छ नेपाल’ अभियान अन्र्तगतको भव्य प्रस्तुती रहेको छ भने अर्को तीर बलिउडका चर्चित कलाकार तथा अभिनेत्री द्वय मालाइका र सोनाक्षी सम्मिलित नेपाली अभिनेत्रीहरुको बेजोड प्रस्तुती रहने ‘अमरपंक्षि’ लाइभ कन्सर्ट हुने छ ।

amrit

दुवै कार्यक्रमका आयोजकहरुले भूकम्प पीडितहरुको सहयोगार्थ कार्यक्रमको आयोजना गरेको बताएका छन् । फरक फरक स्थानमा कार्यक्रमको आयोजना भएको छ । नेपाली दर्शकहरुले भने आफ्नो रोजाइको कार्यक्रम हेर्न पाइने भएकामा दंग नै देखिएका छन् । भने आयोजक पक्षमा भने कुन कार्यक्रम सफल हुने भन्ने बारेमा चिन्तित रहेका छन् ।

दुवै कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रमको प्रचार प्रसारलाई व्यापक बनाइरहेका छन् ।

sonakxiनेपथ्य व्याण्डले जाउलाखेल ग्राउण्डमा प्रत्यक्ष प्रस्तुति प्रस्तुत गर्नेछ । यो व्याण्डवागन वाई पोजेटिब भाइव नामक कार्यक्रम व्यवस्थापक कम्पनीद्वारा व्यवस्थापन गरिएको उक्त लाईफ कन्सर्ट, बाल संरक्षण नेपाल, वर्क फर अ कज नेपाल, सानो पाईला, व्हिल, ऐश्वर्या बाल गृह तथा रेजअफ होप नेपाल जस्ता गैर सरकारी संस्थाको समष्ठीगत सहभागिता रहेको छ । आयोजकले नेपालमा अत्यधिक संख्यामा जनधनको क्षति गराउने गरि आएकोे विनासकारी भूकम्पबाट प्रताडित बनेका र सहयोगबाट बञ्चित रहेका जनसमूहलाई सहयोग गर्ने र सन्त्वना दिने उद्देश्यले यस लाईभ कन्सर्टको आयोजना गरिएको जनाएको छ । अघिल्लो वर्ष शुरु भएको कोका–कोला फेरि उठ्ने छ नेपाल अभियान कै निरन्तरताका रुपमा रहेको यस साङ्गीतिक कार्यक्रमले विगत एक वर्ष देखि दुःखमा रहेका जनतालाई खुसी र उत्साहले भरिपूर्ण वातावरण प्रदान गर्ने छ । अन्योलपूर्ण स्थितिमा पनि नेपालीले देखाएको अदम्य साहस र सकारात्मक विचारबाट प्रभावित भएर कोका–कोलाले जनतालाई राष्ट्रको पुनर्निमार्णमा एकजुट हुन हौसला दिने उद्देश्यका साथ यस अभियान र यस संग सम्वन्धित नेमोनिक, गीत र म्युजिक भिडियो लन्च गरेको थियो । कन्सर्टमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका कन्ट्रि च्यानल र मार्केटिङ्ग मेनेजर आनन्द रत्नपार्खी जानकारी दिएका छन् ।

कार्यक्रममा अमृत गुरुङ्ग नेपथ्य व्याण्डको अभिवावक, अगुवा र वर्तमान अवस्थामा लिड भोकलिस्ट रहेका छन् । अहिले सम्म ८ एल्वम निकालि सकेको नेपथ्यले ९० दशकको शुरुवाति छेक्यो छेक्यो देखि ९० को मध्य तिरको जोमसोमै बजार, २००१ को रेशम र २००३ को भेंडाको ऊन जस्तो सम्म आइपुग्दा बजारमा आफ्नो वर्चश्व कायमै गरेको छ ।

कोका–कोलाले फेरि उठ्ने छ नेपाल अभियान र यस संग सम्वन्धित नेमोनिक, गीत र म्युजिक भिडियो लन्च गरेको थियो । रञ्जीत आचार्यद्वारा लिखित र जेम्स प्रधानद्वारा संगीतबद्ध गरिएको फेरि उठ्ने छ नेपाल गीतमा आनि छोइङ डोल्मा, सुगम पोखरेल, जेम्स प्रधान, इन्दिरा जोशी, एड्रिएन प्रधान, निर्णय दा एनएसके, दिपक बज्राचार्यका साथै युवा गायकहरु रोहित जोन क्षेत्री, सोमिआ बराइलि,कमल खत्री, एड्रेका साथै माइती नेपालका ८ जना युवा गायक–गायिका समुहले स्वर दिएका थिए। गीतले भूकम्प पश्चात् नेपाली जनताले देखाएको अदम्य साहस र सहयोगको उदाहरण दिंदै नेपालको पुनर्निर्माणमा सहभागी बन्न नेपाली जनतालाई प्रोत्साहीत गर्ने उद्देश्य लिएको थियो ।

यता अमरपंक्षीका लागि बलिउडका दुई सफल कलाकार तथा नृत्यांगना सोनाक्षाी सिन्हा र मलाइका अरोरा खान आउने पक्का भइसकेको छ । राजधानीको टुडिखेलमा हुने कार्यक्रममा उनीहरुलाई नेपालका चर्चित नायीकाहरुले साथ दिने भएका छन् । ‘अमरपंक्षी’ कार्यक्रमका लागि नेपालका चर्चित नायिका तथा गायिकाले आफ्नो प्रस्तुती दिन लागेका बताउँदै नायिकाहरु रेखा थापा, निशा अधिकारी, सुष्मा कार्की, प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीले आफ्नो धमकेदार नृत्यले दर्शकलाई मनोरञ्जन दिनेछन् । यस्तै, मोडल साहाना बज्रचार्यले कार्यक्रम संचालन गर्नेछिन् भने गायिका इन्दिरा जोशीले सुरुवातको २५ मिनेटसम्म दर्शकलाई नचाउँनेछिन् । इन्दिराले आफ्नो चर्चित गीतबाट दर्शक झुमाउने आयोजक सैनिक श्रीमती संघले जनाएको छ । यस कार्यक्रमको पनि उद्देश्य भूकम्प पीडितहरुको सहयोगार्थ भनिएको छ । जसबाट २÷३ करोड आम्दानी गर्ने र त्यो रकम भूकम्प पीडितका लागि खर्चिने आयोजकको योजना छ ।

नायिका निशा अधिकारीले टुँडिखेल मैदानमा आफ्ना लभ नम्बरमा नृत्य गर्ने बताइन् । सुष्मा कार्कीले भने आइटम नम्बरमा नृत्य गर्ने जानकारी दिइन् । नायिका रेखा थापाले भने आफूले पहिलो पटक स्टेजमा प्रस्तुती दिन लागेको भन्दै महिला सशक्तिकरणको कुरा गर्ने बताइन् । तर, यसका लागि विशेष क्यानभास तयार पारिएको र त्यसअनुसार आफूले प्रस्तुती दिने रेखाको भनाई छ । यसपटक, नेपाली नायिकाहरुसँग ५० जना कोरस डान्सर पनि हुनेछन् । आयोजकले करिब १ करोडको खर्चमा यो कार्यक्रम गर्न लागेको बताएको छ ।

यस्तै, च्यारेटी कार्यक्रम भएपनि नेपाली र भारतीय कलाकारलाई टोकन रकम दिइएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । मलाइका र सोनाक्षी वैशाख ३१ गते शुक्रबार नेपाल आउनेछन् । उनीहरुको १८ जनाको टिम नेपाल आउने बताइएको छ । जेठ १ गते दिउँसो ३ बजे टुँडिखेलको गेट खुल्ला गरिनेछ । करिब ३ घन्टा अवधीसम्म कार्यक्रम चल्ने बताइएको छ । दर्शकले कार्यक्रम हेर्नका लागि ५ सय, १ हजार, २ हजार ५ सय, ५ हजार र ७ हजारसम्मको टिकट खरिद गर्न सक्नेछन् । करिब ६० हजार दर्शकले यो कार्यक्रम हेर्ने अनुमान आयोजकले गरेको छ । नेपाली कलाकारलाई कोरियोग्राफर रेनशा राइले कोरियोग्राफी गरिरहेकी छिन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment