औपचारिक संगीत नसिकेका यूवा गायक ‘राज’

काठमाडौं, २८ बैशाख । भोजपुरको ओख्रे ४ मा जन्मेर कर्म खोज्दै काठमाडौं छिरेका राज किरात (चण्डिहाङ राई) गाउँकै मायामा रमाउन चाहान्छन् । ओख्रेको चेवा गाउँमा जन्मेका उनी बाल्यकालमा निकै चन्चले थिए । उनले आफुलाई त्यही बेला देखि गाउँमा हुने विभिन्न संघ संस्थाको कार्यक्रममा जाने त्यहाँ गीत गाउने तथा मञ्चमा उभिने रहर लाग्ने गरेको उनलाई अहिले पनि सम्झना छ ।

13181043_552359738279092_1655686610_nउनी भन्छन, ‘गीत संगीत भनेपछि मलाई मनको कुन कुनाबाट हो एकदमै जोश पलाएर आउँथ्यो, जुन सम्झि सक्नु छैन ।’ गाउँमा त्यस ताका खुलेका विभिन्न साँस्कृतिक समुहहरुले देउसी भैलोको अवसरमा कार्यक्रमहरु गर्ने, त्यस्तै विभिन्न उत्सवहरुमा स्थानीय प्रतिभाहरुलाई प्रोत्साहीत बनाउने कार्यक्रमहरु हुने गर्थे । त्यसैको मेसोमा विस्तारै राजपनि विस्तारै लहसिएका थिए । उनले भने ‘मेरो त्यो लतले मलाई धेरै कुरा सिकाएको पनि छ ।’

संगीतको कखरा नसिकेका उनले अध्ययनका लागि काठमाडौं छिरेपछि पनि खास सिक्ने अवसर नपाएको बताउँछन् । रुचि छ समय छैन त्यो बेला अझपनि पैसापनि थिएन’ उनले भने । यद्यपी उनी सँगै केही साथीहरु मिलेर ४ वर्ष अगाडि सुरु गरे सुर साधना परिवार नामको संस्था र त्यसै मार्फत विभिन्न कलाकारहरुलाई जमघट गराउन थालेका छन् । गाउँकै जस्तो सांगीतीक समुह बनाएर काठमाडौं जस्तो ठाउँमा काम गर्न निकै कठिन रहेको उनको अनुभव रहेको छ । काठमाडौंको जोरपाटीमा कार्यलय स्थापना गरेर बेलाबेलामा संगीत प्रशिक्षणहरुको आयोजना गर्ने अन्य रचनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने सो सस्थाको उनी भने अध्यक्ष रहेका छन् ।

13153239_552359804945752_538224775_nसंगीतको कुनै कक्षा नलिएको भएपनि उनको बजारमा आधा दर्जन बढी गीतहरु आएका छन् । र बजारमा पनि राम्रै चर्चा कमाएका छन् । गीत गाउनको अलवा उनी नसिकेको भएपनि संगीत समेत सृजना गर्न सक्ने क्षमता राख्ने एक कलाकार हुन । भिडियो निर्माण, निर्देशन तथा संगीत र साहित्यलाई सकेसम्म जोड्ने लक्ष्य रहेको बताउने उनले सुर साधनाको वार्षिक कार्यक्रमहरुमा यसको नमुना देखाउँदै आएको बताए । किरात राई चलचित्रकर्मी संघको केन्द्रिय सदस्य समेत रहेका उनले म्युजिक भिडियोहरुमा समेत काम गरेका छन् । प्राय स्टेज तताउने र दर्शकहरुलाई आनन्द दिलाउने उनको बानी नै रहेको छ । उनी भन्छन, ‘दुइदिनको जिन्दगीमा पिरै पिरमा कति बस्नु रमाउन पनि त प¥यो नि ।’

उनले हालै पनि सुर साधना परिवारको वार्षिक उत्सवको आयोजना गरेको जानकारी दिएका छन् । नेपालका चर्चित कलाकारहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरेको उनले सुनाए । बौधको रामहिटि स्थित साहित्य सदनको हलमा कार्यक्रमको आयोजना गरेर विभिन्न कलाकारहरुलाई सम्मान गरिएको उनले बताए । उनले सुर साधनाको भावि कार्यक्रमका बारेमा जानकारी दिँँदै उनले आगामी दिनमा साहित्य र संगीतको क्षेत्रमा लागेकाहरुलाई जमघट गराएर अन्र्तकृया कार्यत्रम संचालन गर्ने बताए । उनले भने, ‘जो कला र साहित्यमा जोडिन चाहान्छन् उनीहरुलाई प्रारम्भिक प्रशिक्षणहरु दिने काम समेत गरिने छ ।’

 

 

Facebook Comments

सम्बन्धित

Leave a Comment