पानी प¥यो आसा जाग्यो

प्रबिधि

एविसि खबर
काठमाडौं २८ वैशाख । राजधानी लगायत देशको विभिन्न भागमा मंगलबार मध्यान्हबाट पानी पर्न थालेपछि खेति किसान गर्नेहरुमा आसा पलाएको छ । घाम लागि रहेको अवस्थामा मंगलबार दिउँसो एका एक पानी पर्न थालेपछि सर्वसाधरणमा समेत हर्ष छाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले एकाएक उत्पन्न भएको स्थानीय वायुमण्डलीय प्रणाली र पानी पार्ने बादल विकास भएपछि वर्षा भएको जनाएको छ । विभागका अनुसार पानी दिन भर पर्न सक्ने बताएको छ । मौसम विद श्रेष्ठले भने‘रातिदेखि भने मौसम बदलि भइ पानी रोकिने संभावना रहेको छ ।’ उनका अनुसार मध्य र सूदूरपश्चिमका जिल्लामा पनि वर्षा भईरहेको छ । पूर्व्तिर भने वर्षा नहुने उनले बताए । मध्य र सुदुरपश्चिममा भने हिजोदेखि नै मौसमी प्रणालीका कारण वर्षा भइरहेको छ ।

वर्षा भएसँगै जल तथा मौसम विज्ञान विभागले मुलुकका ७१ वटा ठूला नदीमा बाढीको सम्भावित भविष्यवाणी समेत गरेको हाइड्रोलोजिष्ट विनोद पराजुलीले बताए ।

Facebook Comments

Leave a Reply